१९ पुस, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी क्यूपीआरसँग पराजित भएको छ । गएराति भएको खेलमा अंक तालिकाको पुछारमा रहेको क्यूपीआरले चेल्सीलाई १–० ले पराजित गरेको हो ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा क्यूपीआरका लागि ७८ औं मिनेटमा राइट फिलिप्सले गोल गरे । हारसँगै चेल्सीले अंक तालिकाको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चेल्सी २० खेलबाट ३८ अंकका साथ चौथो स्थानमा छ ।
अर्को खेलमा इभर्टनले न्यूक्यासललाई २–१ ले पराजित गरेको छ । भिक्टर अन्जिबाले बैकल्किप खेलाडीका रुपमा मैदान प्रवेश गरेको ९० सेकेण्डमा नै गोल गर्दै इभर्टनलाई जित दिलाएका हुन् । सिसीले खेलको दोस्रो मिनेटमा नै गरेको गोलबाट न्यूक्यासले अग्रता लिएपनि पहिलो हापको अन्त्यमा इभर्टनका लागि बानिसले बराबरी गोल फर्काएका थिए ।
लिभरपुलले भने सण्डरल्याण्डलाई ३–० ले पाखा लगाएको छ । १९ औं मिनेटमा रहीम स्टर्लिंगको गोलबाट लिभरपुलका लागि २६ र ५२ औं मिनेटमा लुइस स्वरेजले गोल गरे । प्रिमियर लिगको यो सिजनमा स्वरेजको यो १५ औं गोल हो ।
जितपछि इभर्टन २१ खेलबाट ३६ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ भने लिभरपुल समान खेलबाट ३१ अंकका सात आठौं स्थानमा आइपुगेको छ ।
CONGRATULATION TO LIVERPOOL & MAN UNITED ….. KEEP IT UP………
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]