लोडसेडिङमा बत्ती र टर्चलाइट खोज्ने घटे :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

लोडसेडिङमा बत्ती र टर्चलाइट खोज्ने घटे

'चार्ज गर्न नपाएपछि बरु अँध्यारो नै ठीक'

१९ पुस, काठमाडौं । भोजपुरका तेजकुमार श्रेष्ठले राजधानीको फुटपाथमा टर्च लाइट लगायत बिजुलीको विकल्पमा प्रयोग हुने बत्ती बेच्न थालेको १५ वर्ष भैसक्यो । तर, अचम्म के छ भने यतिबेला लोडसेडिङ बढे पनि पहिलेजस्तो व्यापारचाँहि हुन छाडेको छ । ‘पोहोर परार त राम्रो व्यापार हुन्थ्यो, तर हिजोआज त्यति हुँदैन’ श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो-’के गर्नु, यही काम थालियो, व्यापार नहुँदा दिक्क लाग्छ ।’

तेजकुमारले बेट्रीबाट बल्ने र चार्ज गर्न मिल्ने १५/२० प्रकारका बत्तिहरु बेच्न राख्नुभएको छ । ‘पहिले टुकीमारा धेरै बिक्री हुन्थ्यो, हिजोआज यो पनि बिक्री हुँदैन’ उहाँले भन्नुभयो-’स्टार लाइट, यशोधा लाइट, इनिम्याप भन्ने चाहिँ केही बढी बिक्री हुन्छ ।’बत्ती बिक्रेता तेजकुमारले आफ्नो कोठामा पनि यस्तै टर्चलाइटको प्रयोग गर्नुहुन्छ । ‘आफूले नै बेच्ने भएपछि घरमा पनि यही नै प्रयोग गर्छु’ उहाँले भन्नुभयो- ‘तर बेट्री धेरैबेर नटिक्ने र चार्च गर्न पनि बत्ति नहुने भएकाले त्यति उपयोगी हुँदैनन् ।’

फुटपाथमा सामान बेच्ने व्यापारीका अनुसार बरु लोडसेडिङको अवधि कम हुँदा यस्ता टर्चलाइट बढी बिक्री हुन्थे । ‘हिजोआज लोडसेडिङ पनि बढ्यो, चार्ज गर्ने ठाउँ पनि हुँदैन’ व्यापारी श्रेष्ठले भन्नुभयो- ‘त्यसैले पिलपिले बत्ति एकछिन बाल्नुभन्दा अँध्यारोमै बस्न ठीक भनेजस्तो भएको छ मान्छेहरुलाई ।’

ठूला पसलको हालत पनि उस्तै

फूटपाथमा बसेर बिजुली र टर्चलाइट बेच्नेहरु त निराश छन् नै, बिजुलीका ठूला पसल सञ्चालन गर्नेहरुको अवस्था पनि यस्तै छ । ‘लोडसेडिङ भएपछि बत्ती र ट्युबलाइटको बिक्री त घटिहाल्यो, इन्र्भटरको बिक्री पनि हुन छाडेको छ’ काठमाडौंमा बिजुली पसल चलाउने प्रदीप श्रेष्ठले भन्नुभयो-’चार्ज गर्न नपाउने भएपछि उपभोक्ताले इन्र्भटर पनि किन्न छाडेका छन् ।’

व्यापारीहरुका अनुसार अहिले बल्ब र ट्युबलाइटको व्यापार झण्डै २५ प्रतिशतले घटेको छ । इन्भर्टर र सीएफएल चिमको व्यापार बढे पनि सन्तोषजनक छैन ।साना र ठूला बिजुली पसलेहरुको कुरा सुन्दा लाग्छ-यसैगरी लोडसेडिङ बढ्दै जाने हो भने बिजुलीका सामान र टर्चलाइट लगायतका अन्य उपकरणको व्यापार अझै घट्ने छ ।

8 Comments on “लोडसेडिङमा बत्ती र टर्चलाइट खोज्ने घटे”
  • buy & sell online wrote on 3 January, 2013, 5:56

    loadsheading yasari nai badi rakhyo bhane sodhne manis pani aauna 6od6an bistarai bistarai..

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shailesh kc dahal wrote on 3 January, 2013, 6:46

    yaha kk hun6 herdai janus aba pani nepali janata chup lagera base bhane deshlai somaliya n afghanistan banayara netaharu bdesh farar hun chhan.akut sampati 6dai6 tesaile .hosiyar hosiyar hosiyar hosiyar hosiyar hosiyar hosiyar hosiyar NEPALI JANATA ABA EK MAHINA LAI KEHI NAKHAYARA BHAYA PANU ANDOLAN KO ADHIBEHARI LYAUNU PAR6. FROM DAMMAM(SAUDI ARABIA)I LOVE MY NEPAL BUT K GARENE SALA HARULE GARDA KATI NEPALI YUBA YUBATI LAI BDESHINA BIBAS PAREKA CHHAN.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • PAWAN KUMAR KARKI wrote on 3 January, 2013, 6:57

    MA ONLINE KHABAR KO NIYAMIT PATHAK HU . YASMA 6APINE GAREKO KHABARHARU PRAYA SABAI SATYA NAI 6APIAKA 6N .

    Like or Dislike: Thumb up 0 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • PAWAN KUMAR KARKI wrote on 3 January, 2013, 6:58

    MA ONLINE KHABAR KO NIYAMIT PATHAK HU . JASLE MALAI DES BIDES KO SABAI KHABAR PRADAN GARIRAHEKO 6 .

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • khagendra wrote on 3 January, 2013, 7:41

    अहिले जमाना प्रचण‍्डको छ त्यसैले चार्ज गर्न लाजिमपाट जानु पर्छ नत्र देश कै चार्ज सकिन लाग्यो । अव पोष्ट कामरेडको बत्ति आउला र खाउला भन्नु वेकार छ । नेतालाइ देश र जनता भन्दा कुर्सी प्यारो भो । जनतालाइ वाच्न गाह्रो भो ।

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhisan wrote on 3 January, 2013, 10:22

    batti na aune bhae pachhi bichara hami nepalilai adhyaroma basne bani parisakyo ni tyei bhaera bikri nabhako

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ramesh Yadav wrote on 3 January, 2013, 11:21

    sab bhanda garho yaha medium class ko lai cha tal jane ki mathi gardai jindagi bitau chana

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • punamkafle wrote on 3 January, 2013, 13:58

    अहिले जमाना प्रचण‍्डको छ त्यसैले चार्ज गर्न लाजिमपाट जानु पर्छ नत्र देश कै चार्ज सकिन लाग्यो । अव पोष्ट कामरेडको बत्ति आउला र खाउला भन्नु वेकार छ । नेतालाइ देश र जनता भन्दा कुर्सी प्यारो भो । जनतालाइ वाच्न गाह्रो भो ।

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु