नेपाली जनप्रगतिशील मञ्चको पोल्याण्ड शाखा गठन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नेपाली जनप्रगतिशील मञ्चको पोल्याण्ड शाखा गठन

 दधिराज घिमिरे

लुभेन । नेपाली जनप्रगतिशील मञ्चले यूरोप भरी छरिएर रहेका नेपालीहरुलाई सगंठित गर्ने अभियान अन्तर्गत पोल्यण्डमा संगठन बिस्तार गरेको छ । संयूक्त नेपाली मोर्चा, यूरोपका अध्यक्ष सुरेन्द्र भुषालको उपस्थितीमा कार्यक्रम सपन्न भएको थियो । कार्यक्रमले धुब्र मित्र न्यौपानेलाई संयोजक तोकेको छ । जनवरी २०१३ भित्र बृहत भेला गरी नेपाली जनप्रगतिशील मंच, पोल्याण्डको कार्य बिभाजन गर्ने निर्णय गरेको छ ।

नेपाली जनप्रगतिशील मंच, पोल्याण्डका संयोजक न्यौपानेले पोल्याण्डमा संगठन निर्माणमा पर्ने कठिनाई तथा पोल्याण्मा नेपालीहरुको अवस्थाको बारेमा बताउनु भयो । साथै वाहांले प्रगतिशील नेपालीहरुलाई गोलबन्द गर्दै नेपालमा हुने संघर्षमा सहयोग गर्ने दाईत्व आफुमा थपिएको बताउनु भयो । पोल्याण्ड भरी छरीएर रहनु भएका प्रगतिशील नेपालीहरुलाई यहि मोर्चा गोलबन्द हुन आब्हान गर्नु भयो ।

 कार्यक्रमलाई संयूक्त नेपाली मोर्चा, यूरोपका सचिव दधिराज घिमिरेले प्रगतिशील संगठनको अवधाराणामा ब्यख्या गर्दै पोल्याण्डमा संगठन निर्माणले यूरोपमा संगठनले लिएको पुर्व तर्फको बिस्तार अभियानले गति प्रदान गरेको बताउनु भयो । साथै अव छिट्टै रसियामा मोर्चा निर्माणको तयारीमा जुटेको जानकारी दिनु भयो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु