१९ पुस, काठमाडौं । भारतको बिहार राज्यको २९ सदस्यीय क्याबिनेटमा १५ मन्त्री करोडपति परेका छन्, जसमा मुख्यमन्त्री नीतीशकुमार र उपमुख्यमन्त्री सुशीलकुमार मोदीको नाम पनि छ ।
बिहारमा भ्रष्टाचार रोक्ने प्रयास स्वरुप मुख्यमन्त्री नीतीशले आफ्नो क्याबिनेट मन्त्रीहरुलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिनु भएको थियो । क्याबिनेटमन्त्रीमा नयाँ करोडपतिमा अश्विनीकुमार चौबे, श्याम रजक, भीम सिंह र बिजय चौधरी पनि छन् ।
सबैभन्दा धनीमन्त्रीमा मानब संशोधन विकासमन्त्री पी के शाही छन्, उनको कुल सम्पत्ति भारु ६ करोडभन्दा बढी छ । सबैभन्दा कम सम्पत्ति भएका मन्त्रीमा सुखदा पाण्डे छन्, जसको सम्पत्ति २८ लाख ५५ हजार भारु छ ।
नीतीशकुमारको कुल सम्पत्ति ५९ लाख छ । तर, उनका छोराको सम्पत्तिलाई जोड्दा उनी पनि करोडपति हुन्छन् । नीतीश पुत्र निशान्तसँग १.२६ करोड भारु सम्पत्ति छ ।
chora ko sampati nitishkumar ko hoina ra
Like or Dislike:
3
6
[जवाफ फर्काउनुहोस्]
काठमाण्डूमा १ रोपनी हुने करोड़पति छ, पटनामा त आधा रोपनी भए पछि मानिस करोड़पति हुन्छ. करोड़पति हुनु ठुलो कुरो रहेन.
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]