देवराजका परिवारलाई मलेसियावाट डेढ लाख रुपैयाँ सहयोग :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

देवराजका परिवारलाई मलेसियावाट डेढ लाख रुपैयाँ सहयोग

क्वालालम्पुर । रोजगारीको सिलसिलामा मलेसियामा ज्यान गुमाएका सिन्धुली खनिया खर्क गाविसका देवराज श्रेष्ठको परिवारलाई मलेसियामा रहेको एक सेक्युरिटी कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले करीव डेढ लाख रुपैया सहयोग रकम पठाएका छन् ।

निको सेक्युरिटी सिस्टममा कार्यरत नेपाली श्रमिकहरुले उक्त सहयोग पठाएका हुन । मिलन श्रेष्ठ, गणेश लामा, धनबहादुर तामाङ, दिलबहादुर राना, ज्ञान सिञ्जाली,रामध्वज गुरुङ,सुमन विक,घनश्याम थापा तिलक योन्जनको सकृयतामा सहयोग रकम जुटेको हो । मलेसियावाट पठाईएको रकम मध्ये मृतकको छोरीको नाममा ७० हजार मुद्दती खातामा राख्ने गरी, मृतक श्रेष्ठको आमालाई १० हजार र बाँकी रकम मृतककी श्रीमती देवी ढुंगेललाई पठाइएको धनबहादुर तामाङले अनलाइनखबरलाई बताउनु भयो ।

जाहोरवारुको कोतातिङीमा रहेको फेल्डा कम्पनीमा कार्यरत रहेका देवराजको गत सेक्टेम्वर २५ तारिखका दिन सुतेकै अवस्थामा ज्यान गएको थियो । श्रेष्ठको शवलाई पोसमार्टम पश्चात डिसेम्वर १२ तारिखका दिन नेपाल पठाइसकिएको छ ।

One Comment on “देवराजका परिवारलाई मलेसियावाट डेढ लाख रुपैयाँ सहयोग”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु