तत्काल उखुको मूल्य तोक्न माग गर्दै किसानहरु आन्दोलित :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

तत्काल उखुको मूल्य तोक्न माग गर्दै किसानहरु आन्दोलित

१९ पुस, परासी । उखुको मूल्य तोकी लागू गरी किसानहरुलाई भुक्तानी गर्नुपर्ने भन्दै नवलपरासीका उखु किसानहरू पुनः आन्दोलित भएका छन् । आन्दोलित किसानहरूले विहीवार नै इन्दिरा सुगर मिल बन्द गरेका छन् । उखु उत्पादक किसान सङ्घ नवलपरासीले उखु किसानलाई मारमा पार्ने गरी उखुको मूल्य निर्धारणमा निर्णायक भूमिका खेल्न नसेकेको भन्दै किसानहरुले समितिको आलोचना गरेका छन् ।

एक साताअघि हेटौँडामा उखु किसान महासङ्घ र चिनी मिल संञ्चालकबीच भएको वार्तामा समितिका तर्फबाट निर्णायक मूल्य निर्धारण नगरी अलमल पूर्ण मूल्य निर्धारण गरेका कारण किसान मारमा परेको भन्दै किसान आन्दोलित भएका हुन् । हेटौंडाको छलफलमा भारतको विहार राज्यमा उखुको मूल्य निर्धारण भए नेपालमा पनि त्यही मूल्य निर्धारण गर्ने सहमति भएको थियो ।

त्यसैगरी स्थानीय किसानहरूले इन्दिरा सुगर मिलले फालेको प्रदूषणले दुर्गन्ध फैलिएको र सिँचाइ गर्ने पानीसमेत दूषित भएको भन्दै सुगर मिल बन्द गरेका छन् ।

One Comment on “तत्काल उखुको मूल्य तोक्न माग गर्दै किसानहरु आन्दोलित”
  • Deepak wrote on 3 January, 2013, 12:45

    YO udhogpati Harule K Khojeko ho kunni…. kisan ra sarkar dubai ko aakha ma charo hali halne ..dunia kura ko mulay birdi bayera kaha dekhi kaha pugi sakyo eni haru sanga barta ma basyo ki kahile vat chhut de kahile bansar chut de tara yo sarkar ko mantri harulai k thaha ki udyogpati kati batha chann baner malai jaha samma thha baye 1 quintel ukhu ko mulya 400 rs ho tara eni haru le 10 dekhi 15 kg chini nikalchhan 1 quintel ukhu bata tas pachhi rab jun raksi banauna utpadan garchah 800 dekhi 1200 rs per Quentel uthauchha taspachhdi press mal bechne kura garchha ani bhush 500 rs le bech chha ani sochnus ta hamro ukhu 400 dekhi 600 Quentel liyera pani ghata dekhaune e udogpati sanga ko sakchha tapai haru nai sochnus ra jasle yo connent padnu hunchha udhog mantri sachib patrakar samma e vitrikura pugai dina anurodh garda chhu

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु