यस्तो भयो स्पेनको पिठो युद्ध (फोटो फिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

यस्तो भयो स्पेनको पिठो युद्ध (फोटो फिचर)

स्पेनको दक्षिण पूर्वी इबी सहरमा यो वर्ष पनि पिठो युद्ध वर्ष सम्पन्न भएको छ । हरेक वर्ष २८ डिसेम्बरमा हुने यो पिठो युद्धमा यो पटक पनि मानिसहरु सैनिक पोषाकमा सजिए र एक अर्कालाई पिठो तथा अण्डाले प्रहार गर्दै सहरभरी पटाका पड्काएर रमाइलो गरे ।

एल्स इन्फारिनाट्स भनिने उक्त पर्व २८ डिसेम्बरको दिनभरी सूर्य नअस्ताउन्जेल सम्म मनाइएको थियो । त्यस क्रममा पिठो युद्धमा होमिएका सहरबासीहरुले सहरलाई कब्जामा लिएको जस्तो अभिनय गर्ने चलन छ । दिनभरीकै पिठो युद्धपछि साँझपखबाट भने सडकभरी पोखिएको पिठो तथा अरु फोहोर उठाउने तथा सफा गर्ने काममा सबै सहरबासी कम्मर कसेर लाग्नेगर्छन् र एक छिनमै सहरलाइ चिरिच्याँट पार्छन् ।

हेरौं झण्डै हाम्रो होलीजस्तो लाग्ने स्पनेको यो पिठो युद्धका दृश्य

 

6 Comments on “यस्तो भयो स्पेनको पिठो युद्ध (फोटो फिचर)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु