भारतरुविरुद्धको दोस्रो एकदिवसीयमा पाकिस्तान ८५ रन विजयी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

भारतरुविरुद्धको दोस्रो एकदिवसीयमा पाकिस्तान ८५ रन विजयी

१९ पुस, काठमाडौं । भारतरुविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट पाकिस्तानले ८५ रनले जितेको छ । यससँगै पाकिस्तानले तीन एकदिवसीय श्रृखला २-० ले आफ्नो पक्षमा पारेको छ ।

पहिले व्याटिङ थालेको पाकिस्तान ४८ दशमलव ३ ओभरमा २ सय ५० रन जोड्दा अल आउट भयो । उसका लागि नासिर जम्सिदले १ सय ६ चतम मोहम्मद हफिजले ७६ रन जोडे । नासिर र हफिजले पहिले विकेटका लागि १ सय ४१ रनको साझेदारी गरेका थिए । भारतका इशान्त शर्मा र रविन्द्र जडेजाले समान ३-३ विकेट लिए ।

२ सय ५१ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको भारतले ४८ ओभरमा सबै विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान महेन्द्र सिंह धोनीले ५४ तथा वीरेन्द्र सहवागले ३१ रन बनायनु बाहेक अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतलाई सस्तैमा समेट्ने क्रममा सिद अजमलले १९ रन दिएर ३ विकेट लिए भने तथा उमर गुल र जुनिद खानले समान २-२ विकेट लिए ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु