१७ बर्ष पछि शिक्षा आयोग खुल्यो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

१७ बर्ष पछि शिक्षा आयोग खुल्यो

२० पुस, काठमाण्डौं । विद्यालयहरुमा रिक्त रहेको शिक्षक दरवन्दीमा पदपुर्तिकालागि सरकारले सूचना जारी गरेको छ । १७ बर्षपछि रिक्त शिक्षकको दरवन्दी मध्ये १२ हजार ८ सय ९० पदका लागि आवेदन खुलाइएको हो ।

जारी सूचनामा २०६३ बैशाख १० गते सम्म अस्थायी शिक्षकहरु कार्यरत पदमा भने बिज्ञापन नगरिएको शिक्षा सेवा आयोगले जनाएको छ । खुलाएका विज्ञापन अन्र्तगत माध्यामिक तहमा २ हजार २ सय ४६, निम्न माध्यामिक तहमा २ हजार ७ सय ६७ र प्राथमिक तहमा ७ हजार ८ सय ७७ पदका लागि बिज्ञापन गरेको छ ।

२०५२ सालयता खुल्ला प्रतिष्पर्धाबाट शिक्षकको पदपुर्ती भएको थिएन् । शिक्षक आवेदनका लागि शिक्षाशास्त्रमा अध्यापन गरेको वा १० महिने तालिम लिएको र आयोगले दिएको स्थायी अध्यापन अनुमतिपत्र अनिवार्य हुनेछ ।

यसबारे थप जानकारी www.tsc.gov.np बाट लिन सकिने छ । आयोगका अनुसार एक लाख ८ हजार शिक्षक दरबन्दी रहेको छ ।

39 Comments on “१७ बर्ष पछि शिक्षा आयोग खुल्यो”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु