२० पुस, काठमाण्डौं । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपति रामवरण यादवले पछिल्लो पटक पुस १५ गते अन्तरिम संविधानको धारा ३८ को १ अनुसार ५ दिनभित्र सहमतिको प्रधानमन्त्री सिफारिस गर्न दलहरुलाई आहृवान गर्नु भएको थियो ।
पटक पटक गरेर डेढ महिना समय थप हुँदा समेत दलहरुबीच सहमति हुन सकेको छैन । एकीकृत नेकपा माओवादीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव गरेपनि विपक्षी कांग्रेस-एमालेले अस्वीकार गरेका छन् ।
विपक्षी दलहरु कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्नु पर्ने अडानमा छन् । सहमतिको प्रयासमा दलहरुबीच आज पनि छलफल हुने बताइएको छ ।
सम्माननीय राष्ट्रपतिज्यूले पटक पटक गरेर म्याद थप्नु भन्दा एकै पटक अनिश्चितकालिन (सहमति नहुन्जेलसम्मको लागि) भनेर म्याद थपिदिनु भयो भने ठिक हुन्छ कि ।
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
यी दलहरुलाई पाँच दिन होइन पाँच दसकको समय दिएपनी अन्तिम दिन सम्म आजको स्थिति जे छ त्यहि नै रहनेछ म्याद थपेर समय खेर फाल्नु बेकार छ बरु अन्य कुनै बिकल्प छन भने त्यतातिर लाग्नु बेश हुनेछ
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]