२० पुस, बुटबल । नेकपा-माओवादीका अवध राज्य समिति सदस्य शैलेश तिवारीको प्रहरी हिरासतमा भएको मृत्युको विरोधमा आहृवान गरेको बन्दका कारण तराईका तीन जिल्ला रुपन्देही, नवलपरासी र कपिलवस्तुको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण बिहानैदेखि यस क्षेत्रमा लामो तथा छोटो दूरीका कुनै पनि सवारीका साधन चलेका छैनन् । माओवादी कार्यकर्ताहरु बन्द गराउन बिहान ६ बजेदेखि सडकमा निस्केका छन् । उनीहरुले चोकचोकमा भेला भई यातायातका साधन सञ्चालनमा अवरोध पुर्याएका छन् ।
बन्दकर्ताहरुले बिहानै बुटवलमा लु१ख ७५३१ नम्बरको ट्रकमा तोडफोड गरी क्षति पुर्याएका छन् । बुटवल तथा भैरहवा क्षेत्रबाट छुट्ने सवारीसाधनहरु नचल्दा यात्रीहरुले सास्ती बेहोर्नु परेको छ । त्यस्तै बजार, शिक्षणसंस्था, उद्योग, कलकारखाना पनि बन्दको मारमा परेका छन् । बन्दको प्रभाव कपिलवस्तु र नवलपरासीमा पनि परेको छ ।
माओवादीले आफ्ना कार्यकर्ताको मृत्युको विरोधमा हिजो आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । पार्टी महाधिवेशन तयारीको प्रचारप्रसारका क्रममा रुपन्देहीको रोहिणीहवा पुगेका तिवारी प्रहरी हिरासतमा रहेको बेला बेहोस भएपछि अस्पताल पुर्याइएकोमा मेडिकल कलेजले उनलाई मृत घोषणा गरेको थियो ।
रुपन्देही फरेना- २ का ३५ वर्षका तिवारीको उच्च रक्तचापका कारण मृत्यु भएको रुपन्देही प्रहरीले दाबी गरेको छ ।
Mahobadi la aru k nai janako cha ra Banda garnu sibaya ..? janata lai dukha dinu ra deshlai galat dishama dhakalnunai mahobatiko khel ho ?
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
dhurba bhandari Reply: January 4th, 2013 at 8:26 am
tesari jel ma kasailai pani marne right police lai chhaina
party ko karyakarta marepasi ta jun party le pani banda gar6an k garne banda nagari nepalko kunai pani kur ko sunuwai hudaina banda bahek pani aru tarika bat kunai pani smasyo hal gare thik hunithiyoki
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
bhat mara haru lai aaru k chayiyo ra luteka paisa 6an
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Ma O badilai matra kina dosdine sabai party ustai6.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]