मधेसी मोर्चाको दबावमा राष्ट्रपतिलाई अर्को अध्यादेश पठाइँदै :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मधेसी मोर्चाको दबावमा राष्ट्रपतिलाई अर्को अध्यादेश पठाइँदै

एउटै तीरले धेरै शिकार गर्ने मधेसी नेताहरुको दाऊ

२० पुस, काठमाडौं । सरकारले मधेसी दलहरुको विशेष आग्रहमा राष्ट्रपतिलाई दबाब दिनका लागि समावेशी विधेयकलाई अध्यादेशका रुपमा राष्ट्रपतिसमक्ष पठाउने भएको छ । सत्तामा रहेका मधेसी नेताहरुले मधेसको पक्षमा केही नगरेको आरोप लाग्न थालेपछि सत्तारुढ मधेसी नेताले समावेसी अध्यादेशको कार्ड खेल्ने निर्णय गरेका हुन् ।

‘समावेशी विधेयकबारे शुक्रबार दिउँसो बस्ने बैठकमा छलफल हुन्छ र यसलाई राष्ट्रपति समक्ष पठाइन्छ ।’- स्वास्थ्यमन्त्री राजेन्द्र महतोको कथन छ । त्यसैगरी सरकारका प्रवक्तासमेत रहनुभएका सुूचना तथा सञ्चारमन्त्री भन्नुहुन्छ- ‘उपेन्द्र यादवहरुले पनि सरकारमा गएर मधेसका लागि केही गरेनन् भनेर हामीलाई आरोप लगाइरहेका छन्, यो विधेयकलाई संसद् हुँदै पारित गरिसक्नुपर्ने थियो, त्यसैले ढीलै भए पनि राष्ट्रपतिसमक्ष पठाउन लागेका हौं ।’

मन्त्रिपरिषद्ले पठाएका अध्यादेशहरु राष्ट्रपतिले स्वीकृत नगरी रोकेर राखेकै अवस्थामा मधेसी मोर्चासम्बद्ध मन्त्रीहरुको जोडमा समावेशी अध्यादेश शीतलनिवास पठाउन लागिएको हो । ‘यसबाट राष्ट्रपतिलाई पनि मधेसका लागि केही गर्न दबाव सिर्जना हुनेछ भने कांग्रेस एमालेहरुले मधेस मुद्दालाई कसरी हेर्छन् भन्ने जाँच्न पाइन्छ ।’-एक मधेसी नेताले अनलाइनखबरसँग भने- ‘सत्तामा गएर मधेसी नेताले केही गरेनन् भन्ने भ्रमबाट पनि जोगिन सकिने हाम्रो विश्वास छ ।

सार्वजनिक सेवालाई समावेशी बनाउने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०६५ ले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र निजामति सेवामा नयाँ नियुक्ति एवं बढुवा आदिमा आदिवासी जनजाति, मधेसी दलित र पछिडिएको समुदायलाई निश्चित कोटा प्रदान गरेको थियो । सो कोटाको प्रतिशत वृद्धि गरिनुपर्ने माग मधेसी मोर्चाले यसअघि गर्दै आएका थिए । सो माग बमोजिम एमाओवादी र मधेसी गठबन्धन सरकार बन्नुअघि भएको सम्झौतामा समावेशी विधेयकलाई परिमार्जन गरी ऐन बनाइने सहमति भएको थियो । तर, वीचैमा संविधानसभा विघटन भएपछि यसले ऐनको रुप लिन सकेको छैन ।

8 Comments on “मधेसी मोर्चाको दबावमा राष्ट्रपतिलाई अर्को अध्यादेश पठाइँदै”
  • Bhim lamichhane wrote on 4 January, 2013, 6:36

    Rastrapati le pani sabai adhyades rokera rakhera afai karyakari hune at gardai 6.

    Like or Dislike: Thumb up 7 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

    loken Reply:

    A Madise lai Des lutna ajhai puge ko chhaina re? Tyaha ka garib ra ni mukha ka lagia hoina Elite group ko lagi arachhyan ajhai badhaunu parne. Baki Nepali chain k garne .Madhesi itar ka Nepali prati chain Rajya ko kunai daitwo chhain? Satta tikauna Baburam le j pani garne……..Lajjjjjjjjjjjaspad

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    ritesh Reply:

    Loke Bhai Madise haina Madheshi vanna siknu paryo paila,dosro kura Madheshi lai Adhikar dida tarsinu pardaina Bhaiharu,teshro kura Madhesh sang aadhi population chha so laderai adhikar lina sakya chha dherai chinta linai pardaina.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    ritesh Reply:

    Ho sathi tei bhayera t aaj Supreme Court le tyo roknu ko karan dekhau aadesh jari garechha ni,aba jabab dinu paryo ni rastrapati le

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rakesh wrote on 4 January, 2013, 7:34

    ok

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • KAJI wrote on 4 January, 2013, 7:56

    nepalko nagarik sabai saman ho ra sabaiko hak, adhikar ra kartabya pani saman chha. kunai jati ya samudayeko lagi chhuttai kota kunai pani halatma arulai manya hudaina.

    kunai samudaye pachhadi chha bhane khana, basna, siksha ra medicineko lagi rajyale rahat dina sakchha. tara yogya manchhelai pachhadi parera yedi jatko namma ayogya manchhelai jagir dine kam garinchha bhane tyo rastra, rastriyeta, samaj ra so paune sohi manchhelai samet hanikarak hunchha.

    aja doctorkoma jachauna jane belama pani tyo samawesi kotama padheko ho ya samawesi kotama jagir payeko ho ki bhanera 12 patak sochera matra check up garaune ra ausadhi khanu parne awastha ta ai sakeko chha.

    ghantiko upacharko lagi gayeka manchheko petko operation garne tinai manchhe hun.

    khabardar!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sushanta sharma wrote on 4 January, 2013, 16:00

    यो विधेयकका केही प्रावधान न्यायिक मान्यताका प्रतिकुल रहेको हुदा राष्ट्रपतिले उक्त अध्यादेश पारीत नगरी रोकी राख्नु नै तत्कालको लागि उत्तम विकल्प हो ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • SHANT wrote on 5 January, 2013, 3:24

    ha ha ha ha….good conversation.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु