ट्रिपरले ठक्कर दिँदा दुईको मृत्यु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

ट्रिपरले ठक्कर दिँदा दुईको मृत्यु

२० पुस, चितवन । पश्चिम चितवनको पटिहानीमा बालुवा बोकेको ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवाको घटनास्थलमै मृत्यु भएको छ ।

भरतपुरबाट जाँदै गरेको बा २ ख ६१६१ नम्बरको टि्रपरले पटिहानी- ९ धनौजीमा विपरीत दिशाबाट आउँदै गरेको ना ५ प ३१६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पटिहानी-१ का खेमराज महतो र सोही स्थानका विशाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२० बर्षकी ती युवा मनकामना दर्शनका लागि घरबाट हिँडेका थिए । मृतक दुवैजनाको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । ट्रिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु