२० पुस, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अमेरिकी राजदूत पिटर डब्लू बोडीबीच शुक्रबार भेटवार्ता भएको छ ।
नेपालको निवास कोटेश्वरमा भएको भेटमा राजदूत बोडीले पछिल्लो राजनीतिक अवस्था र सहमतिको प्रयासबारे जिज्ञासा राख्नु भएको थियो ।
जवाफमा नेता नेपालले छिट्टै निर्वाभनमा जाने गरी सहमतिको प्रयास जारी रहेको जानकारी दिनुभयो । राजदूत बोडीले छिट्टै सहमतिमा पुग्न र राजनीतिक संकट समाधान गर्न दलहरु सफल होस भन्ने अमेरिकी चाहना भएको बताउनु भएको नेता नेपालको निजी सचिवालयले जनाएको छ ।