बारामा ६ वर्षीया बालिका बलात्कृत :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बारामा ६ वर्षीया बालिका बलात्कृत

२० पुस, काठमाडौं । महिला हिंसा रोक्न माग गर्दै अधिकारकर्मीहरु आन्दोलित भइरहँदा बारामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलिरामपुर-२ घोघडरीया टोलकी बालिकालाई स्थानीय २४ वषिर्य वकिल पडित कुम्हालले बलात्कार गरेका हुन् । गाँउसंगै जोडिएको कलैया नगरपालिका वडा नम्बर १४ मा भइरहेको अष्टयाम पुजा हेर्न गएका बेला बालिकालाई कुम्हालले बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् ।

घर पुर्‍याइदिने बहानामा कुम्हालले बालिकालाई अष्ट्रयाम पूजा स्थल भन्दा एक सय ५० मिटरको दुरीमा रहेको शीशौघारीमा लगेर बलात्कार गरेका हुन । बालिका यौनीबाट रगत बगेको देखेपछि मात्र अभिभावकले घटनाबारे थाहा पाएका थिए । घटना लगत्तै स्थानीयवासीले कुम्हाललाई नियन्त्रणमा पलएर निर्घात कुटपिट गरि प्रहरीमा बुझाएका छन ।

पीडित बालिकाको कलैया अस्पतालमा उपचार र स्वास्थ्य परिक्षण गरिएको छ । कुम्हाललाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण प्रतिवेदन आएपछि मात्रै बलत्कार भए नभएको पुष्टी हुने प्रहरी निरिक्षक रामनाथ घिमिरेले बताउनु भयो ।

13 Comments on “बारामा ६ वर्षीया बालिका बलात्कृत”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु