स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार अस्वीकार्यः एमाले :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार अस्वीकार्यः एमाले

महिला हिंसाविरुद्ध २५ गते देशब्यापी प्रदर्शन गर्ने निर्णय

२० पुस, काठमाडौं । नेकपा एमालेले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउने एमाओवादीको प्रस्ताव अस्वीकार गरेको छ ।

एमाले स्थायी समितिको शुक्रबार बसेको बैठकले पार्टीले कांग्रेस सभापति सुशीलको नेतृत्वमा चुनावी सरकार बनाउने पुरानो निर्णयमा कायमै रहने निर्णय गरेको हो । ‘राजनीतिक दलहरुकै नेतृत्वमा सरकार बन्नुपर्छ’ एमाले नेता भरतमोहन अधिकारीले भन्नुभयो-’कांग्रेस सभापतिको नेतृत्वमा चुनावी सरकार बनाउने निर्णयलाई दृढतापूर्वक अघि बढाउने र सबै पार्टीसँग कुरा गर्ने निर्णय भएको छ ।’

एमाओवादीका अध्यक्ष प्रचण्डले बिहीबार एमाले नेताहरुलाई भेटी स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव गर्नु भएको थियो ।

बैठकले मुलुकको विद्यामान राजनीतिक तथा जनजीविकासँग सम्वन्धित समस्या लगायतका लिएर देशमा जनजागरण अभियान चलाउने निर्णय गरेको छ । केन्द्रीय सचिवालयले अभियानको कार्यक्रम बनाएर २५ गते बस्ने केन्द्रीय समितिको बैठकमा पेश गर्ने एमालेले जनाएको छ ।

एमाले स्थायी समितिको बैठकले महिला हिंसा डरलाग्दो रुपमा बढेको ठहर गर्दै २५ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

2 Comments on “स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार अस्वीकार्यः एमाले”
  • sristie wrote on 4 January, 2013, 10:01

    All the politicians go to HELL !!!! You all are driving the country into DARK. You pour our money into your own family. I hope you rot in hell forever

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Olate Magar wrote on 4 January, 2013, 12:24

    सहमति भन्ने कुरा सबै पार्टीको स्विकारोक्तिमा हुने हो / एकीकृत माओबादीले सुसील लाई हुदैन भन्यो र स्वतन्त्र ब्यक्ति लाई परस्ताब गर्यो / अनि एमाले ले स्वतन्त्र ब्यक्ति हुदैन दलबाट हुनु पर्छ भन्यो तर एमाले ले कुन दलबाट कुन ब्यक्ति भन्ने कुरा प्रस्ट रूपमा प्रस्ताब गर्न किन नसकेको नि ? अरुद्वारा पस्ताबित प्रस्ताबको बिरोध मात्र जनाउने की बिकल्प पनी दिने ?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु