२० पुस, काठमाडौं । प्रधानसेनापति गौरव शम्शेर जबरा पुस २२ गते भारत भ्रमणमा जानु हुने भएको छ ।
भारतीय स्थल सेनाध्यक्ष विक्रम सिंहको निम्तोमा सेनापति भारत जान लाग्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भारतका क्रममा राष्ट्रपति प्रवण मुखर्जीले प्रधानसेनापति जबरालाई भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम छ । नेपाल र भारतका सेनापतिलाई एक अर्कोको मानार्थ महारथीको सम्मान दिने परम्परा रहादै आएको छ ।
सेनापति जबराले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना प्रमुख तथा भारत सरकारका उच्चपदस्थ पदाधिकारीहरुसंग भेटघाट गर्नु हुनेछ । सेनापतिको भ्रमण दलमा ९ सदस्य छन् । प्रधानसेनापति जबरा माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।
नेपाल-भारत बीचको सम्बन्ध अद्वितीय छ. एउटालाई निमोठे अर्कोलाई घोच्छ. यस अदभुत सम्बन्धलाई कायम राख्न सेना बीच समझदारी आवश्यक छ.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]