२० पुस, विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता फागुनको पहिलो हप्ता हुने भएको छ।
विराट गोल्डकप फुटबल ट्रष्टले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी फागुन ४ देखि १६ गतेसम्म फुटबल प्रतियोगिता हुने जानकारी दिएको हो ।
प्रतियोगितामा नेपालका ए डिभिजनका टिम हिमालय शेर्पा, थ्री स्टार, एनआरटी, आरसिटी, मच्छिन्द्र, ललितपुर क्लब, नेपाल प्रहरी, त्रिभुवन आर्मी, फ्रेन्ड्स, जाउलाखेल युथ क्लब, सङ्कटा र पूर्वाञ्चल एघारको सहभागिता हुनेछ । यस्तै भारतको मोहन वगान, इष्ट बङ्गाल, इस्टर्न रेल्वे कोलकाता, सिक्किम र भुटानको क्लबको सहभागिता हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख २५ हजार तथा दोस्रोलाई १ लाख ६० हजार पुरस्कार प्रदान गर्ने बताइएको छ ।