२० पुस, काठमाडौं । दक्षिण अफ्रिकी माउण्टेन बाइकर बरी स्ट्याण्डरको सडक दुर्घटनामा मृत्यु भएको छ ।
स्थानीय क्वाजुलु शहरमा तालिममा गइरहेका ३५ वर्षीय स्ट्याण्डरको ट्याक्सीमा टोक्किएका थिए । सन् २००८ मा भएको बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका उनी लण्डन आलेम्पिकमा भने पाँचौं भएका थिए ।
उनी अण्डर १९ र अण्डर २३ का विश्व च्याम्पियन समेत हुन् भने २०१० को विश्व च्याम्पियनसीपमा तेस्रो स्थानमा थिए ।