कर्णेल पक्राउ गरेकोमा बेलायतलाई नेपालको विरोध–पत्र :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कर्णेल पक्राउ गरेकोमा बेलायतलाई नेपालको विरोध–पत्र

तत्काल रिहा गर्न आग्रह

२० पुस, काठमाडौं । द्वन्द्वकालमा पक्राउ परेका व्यक्तिलाई यातना दिएको आरोपमा नेपाली सेनाका महासेनानी (कर्णेल) कुमार लामालाई पक्राउ गरेर बेलायत सरकारले नेपालको सार्वभौम क्षेत्रधिकार हनन गरेको भन्दै नेपालले बेलायत सरकारलाई ‘प्रोटेष्ट नोट’ (विरोध–पत्र) बुझाएको छ । साथै लामालाई तत्काल रिहा गर्न समेत आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार नेपालका लागि बेलायती राजदूत जोन टक्नटलाई बोलाएर शान्ति स्थापनार्थ सुडान मिसनमा खटिएका कर्णेल लामाको पक्राउप्रति गम्भीर असहमति जनाएको हो । ‘राजदूतलाई बोलाएर हाम्रो गम्भीर आपत्ति र असहमति राख्दै प्रोटेष्ट नोट दिएका छौं’-मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले भन्नुभयो- ‘यो सार्वभौम मुलुकको क्षेत्राधिकारको सिद्धान्त विपरीत कुरा हो । यसमा हाम्रो गम्भीर आपत्ति छ ।’

नेपाल सरकारको जवाफमा राजदूत टक्नटले भने बेलायतको कानूनअनुसार लामालाई पक्राउ गरिएको भन्दै नेपाल सरकारको पत्रबारे आफ्नो सरकारलाई जानकारी गराउने बताउनुभएको छ ।

परराष्ट्रमन्त्री प्रकाशले बेलायतको विदेश मन्त्रालयमा समेत प्रोटेष्ट नोट बुझाउन बेलायतस्थित नेपाली दूताबासलाई निर्देशन दिनुभएको छ ।

कुनै जानकारी नै नदिई विना आधार महासेनानी लामालाई पक्राउ गर्दा मन्त्रालय दुखित र आश्चार्य चकित भएको मन्त्री प्रकाशले बताउनुभयो । बेलायत सरकारको कदमले तार्किक निष्कर्षमा पुग्न लागेको शान्ति प्रक्रियामा गम्भीर असर गर्न सक्ने उहाँको भनाइ थियो । ‘शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्न लागेको बेला भएको यो घटनाले शान्ति पक्षधरलाई आधात पुर्‍याएको छ’ मन्त्री प्रकाशले भन्नुभयो- ‘यसले शान्ति प्रक्रियामा नकारात्मक असर पर्ने खतरा छ ।’ उहाँले महासेनानी लामाविरुद्ध ‘सन् २००५ को घटनामा’ भन्नेबाहेक कुन मुद्दा परेको भन्नेसमेत बेलायतले जानकारी नगराएको बताउनुभयो ।

यातना, हिंसा लगायतका मानवअधिकार हननका घटनाको स्वतन्त्र र न्यायीक जाँचबुझ गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिवद्ध रहेको भन्दै परराष्ट्र मन्त्रालयले द्वन्द्वकालीन मानवअधिकार हनन्का घटनामा छानविन गरी पीडितलाई न्याय र उत्पिडकलाई कारबाही गर्न संक्रमणकालिन न्यायका लागि संयन्त्र निर्माणको पहल भइरहेको प्रष्ट पारेको छ ।

द्वन्द्वकालमा पक्राउ परेका व्यक्तिलाई यातना दिएको भन्दै एड्भोकेसी फोरम नेपालको सक्रियतामा पीडितले हालेको उजुरीका आधारमा बेलायत प्रहरीले महासेनानी लामालाई बिहीबार पक्राउ गरेको थियो । सुडान मिसनका प्रमुख महासेनानी लामा आफ्नी श्रीमती र बच्चालाई भेट्न आएको समयमा पक्राउ गर्नु भएको थियो ।

यो पनि पढ्नुस् 

24 Comments on “कर्णेल पक्राउ गरेकोमा बेलायतलाई नेपालको विरोध–पत्र”
  • ashwin wrote on 4 January, 2013, 11:31

    k ho mantree ju….aafno pani palo aaucha bhanera darr lagyo k k ho….hamro desh ma navaya pani bidesh ma ta kanuni rajya cha hai…beware of this thing…

    Well-loved. Like or Dislike: Thumb up 48 Thumb down 16

    [जवाफ फर्काउनुहोस्]

    Daulat Samba Reply:

    सबै भन्दा पाहिले प्रचण्डलाई ठुन्नु पर्यो।

    Like or Dislike: Thumb up 22 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • purna man sakya wrote on 4 January, 2013, 11:39

    good decission .UK has no authority to arrest Nepal Army Officer on the matter related to nepali soil.

    Like or Dislike: Thumb up 17 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • vikas wrote on 4 January, 2013, 11:44

    hoina yasto lai pakrida pani kesko aapatti ho ganthe nepali le papi nachine pani aru le ta chinchhan ni yasta lai jelma rahana dinu parchha

    Like or Dislike: Thumb up 5 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

    samjhana Reply:

    timro gharma babu aamako jhagada bhyo bhane chhimeki aayara timro babulai thunda hunchha teso vaya??? wa …timi nai milauna khojchhau tyo kura,…..dollar kamaune mandira sharmako kam matra ho yo ta…mandiralai UN ma jagir khayara tanna dollar kamauna man chha , tyasaile kam dekhauna khojeki ho telle

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • People wrote on 4 January, 2013, 11:46

    अब नेपालमा मुद्दाहरू बाबुरामले सबै फिर्ता लिए पनि फौजदारी अभियोग लागेकाहरू बेलायत जानबाट डराउछन …..अब फर्किने बाटो बन्द भए जस्तो छ लामा जी को …..!!!!!!!!!!

    Like or Dislike: Thumb up 10 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • Rajan Sharma wrote on 4 January, 2013, 12:03

    Good Job !!! I like it…

    Like or Dislike: Thumb up 9 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • resham sapkota wrote on 4 January, 2013, 12:42

    ho ho.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Krishna wrote on 4 January, 2013, 12:56

    Yo nepal mathiko hasta chhep ho,lamalai uk le haina nepal le karbahi garni ho

    Like or Dislike: Thumb up 6 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Alekh wrote on 4 January, 2013, 13:23

    Mao haru ko saato Gaye justo6. Aba timiharuko pani palo aau6

    Like or Dislike: Thumb up 4 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • sUMESH wrote on 4 January, 2013, 13:27

    hamroo deshka netahrulai samatoosh ani ani nay sahi ho bhnne chu/

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • श्याम wrote on 4 January, 2013, 13:27

    माओबादीको नेता च्याप च्याप समाउदै जेल हाल्दै गर न किन लामा लाई समाको ??

    Like or Dislike: Thumb up 16 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

    ashok] Reply:

    kina maobadi nai timi chahi a ma le ra kangres ko languti ho ra?

    Like or Dislike: Thumb up 2 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • turman limbut wrote on 4 January, 2013, 13:30

    hamro desh ma ta fataha tantra xa ra dosro muluk pani mantry va ko nata Le tya samjhera hola but europe ma ta wrong & right pakkai 6utyau xan //

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • dk wrote on 4 January, 2013, 14:12

    yo lafada ke ho ? bujna sakiyena .

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rohit Rai wrote on 4 January, 2013, 15:42

    Now it is time for UK to return Falklands to Argentina….why teach a simple Nepali citizen what international laws and orders are….the British Govt is no more but a naked figure!!

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • kuber wrote on 4 January, 2013, 15:48

    wow UK well done!!!!!!!!!! hats off.

    Like or Dislike: Thumb up 3 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • रविन wrote on 4 January, 2013, 15:49

    पहिलो कुरो ब्रिटेन भन्ने यो देश नै एकदम फटाहा र अमेरिकिको पीछ लग्गू देश हो तर अमेरीका यसको तुलनामा न्यायिक हिसावले धेरै राम्रो देश हो। यो ब्रिटेनले त बिस्वका गरीव देशका जनताको शिक्षाको नाममा धेरै गरीव मानवको पैसा लुट्यो र धेरैलाई बिचल्ली बनायो। यदि तेस्को देस्को कलेज मान्यता प्राप्त थियन भने किन गरीव मान्छेका पैसा ली भिसा दियो ?
    यस्तै हो यो मानवताको कुरो लियर कर्नेललाई गिरफ्तार गरेको कुरो पनि। गोइको आंसू जस्तै। अव कुरो रह्यो यो कर्नेल भन्ने जन्तुको यो नेपालीको नाममा कलंक थियो यस प्रति सहानुभूति प्रकट गर्नु पर्ने केही छैन। यो त नेपाली सुख सुबिधा भोगेर यही ब्रिटेन को गुलाम हुन जाने नै थियो उसको त साखा सन्तान ब्रिटेन कै थिय यो पछि उतै जान्थ्यो नै।

    Like or Dislike: Thumb up 11 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Sura Sundari wrote on 4 January, 2013, 16:35

    पहिलो कुरो, लामाको गल्ति छ कि छैन??
    केहि कुरो नभनि खाली विरोध गर्ने त्यो पनि आफ्नै कार्यकर्तालाई यातना दिने मान्छेलाई, लहरो तान्दा पहरो गर्जिएला भनेर कि, क्युँ भाईसाब?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bibek wrote on 4 January, 2013, 19:40

    बेलायत कनून भएको देश हो । हाम्रो जस्तो कनून नभएको देश हैन ।उस्ले जे गर्‍यो ठीक गर्‍यो

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Bibas Reply:

    Yakdam 100% sahi kura ho…….ajhai aru Daman kari ani Hatyara harulai 6ani 6ani jel ma kochareko ani sadai deko news suni rahana pau…….Jay Nepal…..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • prabesh wrote on 4 January, 2013, 23:29

    अमेरिका ले नेपाली माओबादी लाई आतंगा बादी को सूची बाट हटाको छैन देश को जनताहरुले बिस्व!स गरेपनि ….

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bibas wrote on 5 January, 2013, 6:48

    Well Done UK……..yasta chor fataha harulai Nepali Chor Fataha Leader harule ta ultai support garne matra hun…….yasta harulai 6ani 6ani lagera thok de hun6 ani balla Nepal ma kei kami hola yasta Chor Fataha Hatyara haruko…….Tooo much Happy to hear this news……keep it on……..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Deven Lama wrote on 5 January, 2013, 6:59

    the news is Corruption charges against MS. Mandira, The petition was filed demanding proper investigation into the excessive abuse of funds being received from foreign sources.
    Ms. Sharma, according to reports has appointed her relative Mr. Ram Prasad Sharma as the President, her husband Ram Lal Pokharel as vice chairman, sister Sita as Treasurer and nephew Dinesh Pokharel as Accountant of the Forum.
    The complaint also refers to nepotism being practiced in the forum.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु