बेलायत प्रहरीले नेपाली सेनाका कर्णेल कुमार लामालाई यातनासम्बन्धी अपराध गरेको भन्दै ‘युनभिर्सल जुरिसडिक्सन’ (विश्वव्यापी क्षेत्राधिकार) का आधारमा बिहीबार पक्राउ गरेपछि यसले केही कानूनी एवं कूटनीतिक प्रशनहरु उठाएको छ ।
यसरी नेपाली नागरिकलाई विदेशमा पक्राऊ गर्न नमिल्ने तर्क नेपाल सरकारले गरेको छ भने लामालाई पक्रन भूमिका खेलेका वकीलहरुले लामाको गिरफ्तारीलाई उचित र सही कार्य भएको तर्क गरेका छन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको तर्क छ- ‘नेपाल सरकारलाई जानकारी नदिइकनै पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुन र सार्वभौम मुलुकको क्षेत्राधिकारको सामान्य सिद्धान्त विपरीत हो ।’ कानुनविद् हरि फुयाँलको तर्क छ- ‘मन्त्रीले अन्तरराष्ट्रिय कानुनबारे कुनै अनुसन्धान र अध्ययन नगरी विरोध गर्नु दुर्भाग्यपूर्ण छ, नेपाल सरकारले बेलायतको विरोध होइन, अनुसन्धानमा सहयोग गर्नुपर्छ ।’
लामाको गिरफ्तारी
नेपाली सेनाको सुडान शान्ति मिसनमा कार्यरत् कर्णेल कुमार लामा विदामा श्रीमती र परिवारका सदस्यलाई भेट्न सुडानबाट बेलायतस्थित आफ्नो निजी घरमा पुगेका बेला लण्डन मेट्रो प्रहरीको प्रतिआतंकवाद कमाण्डले बिहीबार बिहान पक्राउ गरेको हो ।
लामाले बेलायतको कुनै कानुन मिचेका होइनन् । नेपालमा गरेको कामबारे नेपालीले बेलायतमै दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनीमाथिको आरोप पुष्टि भैसकेको वा उनी दोषी सावित भैसकेको अवस्था छैन ।
लामालाई नेपालमा यातनासम्बन्धी अपराध गरेको अभियोगमा बेलायतमा पक्राउ गरिएको छ । नेपालमा चाहिँ यातना दिनेमाथि कारवाही गर्ने कुनै कानुन छैन । यातना पाउने व्यक्तिले निवेदन दिएमा क्षतिपूर्ति पाउन सक्ने नेपालमा कानूनी प्रावधान त छ तर, आफूले यातना पाएको पुष्टि पीडितहरुले आफैं गर्नुपर्छ, राज्यले यसमा कुनै सहयोग गर्दैन ।
कर्णेल लामालाई बेलायती कानून ‘क्रिमिनल जस्टिस एक्ट’ (फौजदारी न्याय ऐन) १९८८ अनुसार पक्राउ गरिएको हो । नेपाली नागरिकलाई यसरी पक्रने र मुद्दा चलाउने अधिकार बेलायतले ‘युनभिर्सल जुरिसडिक्सन’ को सिद्धान्तका आधारमा प्रयोग गरेको हो ।
के हो ‘युनभिर्सल जुरिसडिक्सन’ ?
विधिशास्त्रमा कानूनको क्षेत्राधिकारलाई महत्वपूर्ण मानिन्छ । कुनै पनि देशको कानून आफ्नो राज्यको भूगोलभित्र लागू हुन्छ । देशबाहिर मात्रै होइन, देशभित्रै पनि एउटा जिल्लाको अपराधी अर्को जिल्लामा गएर बसेमा उसलाई पक्रन सम्बन्धित जिल्लाको प्रहरीको सहयोग लिनुपर्ने हुन्छ । एकात्मक राज्यबाहेक संघीय व्यवस्था भएको मुलुकमा आन्तरिक क्षेत्राधिकारको प्रश्न महत्वपूर्ण मानिन्छ । संघीय राज्यमा एउटा प्रान्तको अपराधी अर्को प्रान्तमा गएमा उसलाई कुन प्रान्तीय कानूनअनुसार कारवाही गर्ने भन्ने प्रश्न उठेपछि क्षेत्राधिकारसम्बन्धी अवधारणाको विकास भएको हो ।
एउटा देशको व्यक्तिले आफ्नो देशमा गम्भीर प्रकृतिको अपराध गरेर आफ्नो देशमा बसेको अवस्थामा उसलाई स्वदेशी कानुन अन्तरगत नै मुद्दा चलाउने र कारवाही गर्न पाइने सिद्धान्तलाई ‘युनिभर्सल जुरिस्डिक्शन’ को सिद्धान्त भनिन्छ । विश्वमा मानिसहरुको आवत जावत बढ्दै गए पनि मानिसहरु एउटा देशमा गम्भीर प्रकारको यद्ध अपराध वा फौजदारी अपराध गरेर आफ्नो देशमा लुक्न थालेपछि विकसित देशहरुले यस्तो सिद्धान्त अलवम्बन गर्न थालेका हुन् । यस्तो सिद्धान्त लागू गर्ने देश बेलायतमात्रै एक्लो होइन ।
विदेशी नागरिकलाई स्वदेशी कानुन अनसार कारवाही गर्ने व्यवस्था अष्ट्रेलियाले १९९१ मा र बेल्जियमले १९९३ मा राष्ट्रिय कानूनमार्फत् लागू गरेका हुन् । त्यस्तै क्यानडा, फ्रान्स, जर्मनी, आयरल्याण्ड, इजरायल, अमेरिका, स्पेन र मलेसियाले समेत कानुनको विश्वव्यापी क्षेत्राधिकारलाई मान्यता दिएका छन् ।
‘युनभिर्सल जुरिसडिक्सन’को सिद्धान्तको मूल मर्म यो हो कि कुनै पनि देशमा अपराध गरेका व्यक्तिहरु आफ्नो देशमा बसेर दण्डबाट नजोगिउन् ।
‘युनभिर्सल जुरिसडिक्सन’ को आलोचना
जुनसुकै देशको नागरिकलाई समातेर आफ्नो देशको कानून अनुसार कारवाही चलाउन पाउने यो अधिकार विवादरहित भने होइन । यस्तो अधिकारले अर्को देशको सार्वभौमिकता माथि हस्तक्षेप गर्ने तर्क कानूनविद्हरुले गर्दै आएका छन् । आफ्नो मुलुकको घटनासँग सम्बन्ध नै नराख्ने देशको आन्तरिक विषयलाई लिएर मुद्दा चलाइनुले राज्यको सार्वभौमिकता माथि आक्रमण गर्ने भन्दै ‘युनभिर्सल जुरिसडिक्सन’को सिद्धान्तलाई आलोचना गरिँदै आएको छ । अन्तरराष्ट्रिय फौजदारी न्यायालय, अन्तरराष्ट्रिय अपराध वा अन्तरदेशीय अपराधमा मात्रै नभई यो ‘युनभिर्सल जुरिसडिक्सन’को सिद्धान्तले असम्बन्धित देशको बारेमा चासो राख्छ ।
उदाहरणका लागि सन् २००६ जनवरीमा तिब्बतमा मानवहत्या गरेको भन्दै स्पेनिस उच्च अदालतले पूर्वचिनियाँ राष्ट्रपति झियाङ जेमिन र पूर्वप्रधानमन्त्री लि पिङसमेत ७ चिनियाँ अधिकारीमाथि अनुसन्धान गर्ने मुद्दा स्वीकार गरेको थियो । यसलाई चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरिएको भन्दै चर्काे विरोध गरेको थियो । पछि, २००९ मा पारित कानून अनुसार स्पेनिस अदालतले पीडक वा पीडितमध्ये कुनै एउटा पक्षको स्पेनसँग सम्बन्ध भएमात्रै यस्तो मुद्दाले आफ्नो देशमा प्रवेश पाउने निर्णय लियो ।
नेपाल ‘युनभिर्सल जुरिसडिक्सन’को विपक्षमा ?
नेपाल सरकारले लामाको गिरफ्तारीको विरोध गरेर आफूलाई युनभिर्सल जुरिसडिक्सन’को विपक्षमा प्रस्तुत गरेको छ ।
बेलायतमा पक्राउ परेका कर्णेल लामा नेपाली सेनाका सुडानमा कार्यरत् अधिकारी भएकाले उनी बेलायती नागरिक नभई नेपाली नागरिक नै हुन् भनेर विश्वास गर्नुपर्ने हुन्छ । तर, श्रीमती र परिवारका सदस्यहरु बेलायतको स्थायी बासिन्दा रहेको अवस्थामा लामाको सम्बन्ध बेलायतसँग जोडिएको त्यहाँको प्रहरीले अनुमान लगाएको हुन सक्छ ।
कर्णेल लामाले त्यस्तो गम्भीर प्रकारको मानव अधिकार उल्लंघन गरेकै हुन् त ? यो चाँहि छानविनपछि मात्रै प्रष्ट हुने कुरा हो । तर, अर्को देशको नागरिकलाई पक्रेर असम्बिन्धत देशले मुद्दा चलाउन पाउँछ या पाउँदै न भन्ने विवाद चाँहि विश्वको न्याय क्षेत्रमा दशकौं पुरानो विवाद हो । यो विवादमा हामी नेपालीहरु शुक्रबारबाट मात्र सहभागी भएका छौं ।
एकदम संगठितरुपमा पूर्ण लेख लेख्नु भो अरुण सर. अति जानकारीमुलक र ब्यबस्थित लेख.
Like or Dislike:
13
3
[जवाफ फर्काउनुहोस्]
सरकारमा रहेकाहरुले बिरोध गरेको अर्थ बुझ्न कठीन छैन तर लोकतन्त्रबादी मानवअधिकारबादी भनिने काग्रेसजनले बिरोध गरेको अर्थ बुझिएन।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
This is an fresh interfare on a sovereign nation.UK government has proven that a they are almighty in this universe who can do anything as they intends.Its shame as being a popular democratic country.
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
Nepalma Bykti hatayama sanglagna sabailai yasaigari jaknuparchha. Khyal gare hun6a, aphno hat pani ragatle latpatiyakaharule yasko sabaibhanda badhi birodh gareka 6an.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
बास्तबमा दोसिमाथि कार्वाही हुन जरुरी हुन्छ नै तर पनि यक देशमा गरेको गल्तिको सजाय अर्को देशले दिन खोज्नु नेपालको राष्तियतामाथिको हमला हो|कमसेकम पनि पक्राउ गर्ने समयमा सुचना गरेको भय पनि हुन्थ्यो|
Like or Dislike:
0
4
[जवाफ फर्काउनुहोस्]
Not bad.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कुरा युनिवेर्सल होस् वा डोमेस्टिक मनबता बिरुद्दको आपराध को परिभासा एकै हो तेसैले लामा जहाँ गिरफ्तार भए पनि मानवता बादी को लागि खुसीको कुरा हो
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]