२० पुस, पोखरा । कास्कीमा रहेको माथिल्लो मादी जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । सिल्दुजुरे गाविसमा रहेको आयोजना निर्माण चाइनाको थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशत र आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत लगानीबाट सुरु गरिएको हो ।
पच्चीस मेगावाट क्षमताको उक्त आयोजना निर्माण गर्न करिब पाँच अर्ब २८ करोड लाग्ने अनुमान गरिएको छ । २८ महिनाभित्र निर्माण कार्य सक्ने गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको पूर्वाधार निर्माण गर्न चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ब्यूरो-१० चेन्डु चाइनालाई इपिसी कन्ट्रयाकको अवधारणअनुसार सम्झौता गरिएको छ ।