२० पुस, काठमाण्डौ । सुनचाँदीको भाउ केही घटेको छ । विहीवार प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोवार भएको छापावाल सुन शुक्रवार प्रतितोला ६ सय रुपैयाँले घटेर ५८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि केही घटेको छ । विहीवार प्रतितोला ५८ हजार ८ सय ५० रुपैयाँमा कारोवार भएको तेजावी सुन शुक्रवार प्रतितोला ६ सय रुपैयाँले नै घटेर ५८ हजार २ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमाशुक्रवार सुनको मूल्य घटेकाले त्यसको प्रभाव नेपालमा पनि परेको संघले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । विहीवार ११ सय २० रुपैयाँमा कारोवार भएको चाँदी शुक्रवार घटेर एक हजार ९० रुपैयाँ कायम भएको छ ।
old is gold
gold aba 4years maa 1 leakhs pugne yek business man ko bhanai vako goold lai sales nagarna business man ko jankari
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]