२० पुस, काठमाण्डौ । राष्ट्रिय योजना आयोग र नापी विभागले ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम (जिएनएस)सम्बन्धी नयाँ नीति तयार गर्ने भएको छ । विभागले जग्गाको नाप नक्सामा मात्र प्रयोग गरिराखेको प्रविधिलाई पर्यटन, कृषि, सुरक्षालगायतका अन्य क्षेत्रमा कसरी प्रयोग गर्ने भन्ने वारे नीति तयार पार्न लागिएको हो ।
प्रविधिका बारेमा जानकारी दिन नापी विभागले राजधानीमा शुक्रवार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले नेपाल भूकम्पीय लगायतका प्रकोपको जोखिम क्षेत्रमा रहकोले जोखिमका बारेमा पूर्व जानकारी दिन जिएनएस प्रविधि उपयोगी हुने बताउनुभयो ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालका सचिव सुशील घिमिरले नापनक्सामा बढी प्रयोग भइराखेको जिएनएस प्रविधि अन्य क्षेत्रमा पनि आवश्यक रहेकाले यससम्बन्धी छुट्टै नीतिको आवश्यकता पर्ने वताउनुभयो । नापी विभागका महानिर्देशक नगेन्द्र झाले जिएनएस प्रविधिबारेमा नीति निर्मातालाई जानकारी गराउन विभागले पहिलोपटक कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।
विभागले पहिलोपटक सन् १९९१ देखि यो प्रविधि प्रयोगमा ल्याई नापनक्सामा गर्दै आइरहेको छ ।