पर्यटन विकासका लागि निजी क्षेत्र लगानी अत्यावश्यक : मन्त्री वोगटी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पर्यटन विकासका लागि निजी क्षेत्र लगानी अत्यावश्यक : मन्त्री वोगटी

२० पुस, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले नेपालको पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य अत्यावश्यक रहेको वताउनु भएको छ । सरकारको मात्रै मूख ताकेर पर्यटनको विकास हुन नसक्ने भन्दै मन्त्री बोगटीले पर्यटनको विकासमा लगानी गर्न निजी क्षेत्र तथा व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।

नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्टस् (नाटटा) को ४९ औँ वाषिर्कोत्सवको अवसरमा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा उहाँले पर्यटन प्रवर्द्धनका लागि सरकारले नीतिनियम तर्जुमा गर्दा के गर्न सकिन्छ त्यसबारेमा ठोस सुझाव दिन पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो ।

उहाँले सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विमानस्थलहरुको भौतिक सुधारमा जुटेको वताउनु भएको छ । उहाँले देशका ५४ विमानस्थलमध्ये ३४ वटाको विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको र बाँकी २० वटाको भौतिक सुधारको काम चलिरहेको वताउनुभयो ।

६ वटा चिनियाँ हवाइजहाज ल्याउने बारेमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री बोगटीले ऋणका लागि अर्थ मन्त्रालयले जमानी बस्न छलफल भइरहेको बताउनुभयो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु