केएफसीमा म्याद सकिएको खाद्य बस्तु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

केएफसीमा म्याद सकिएको खाद्य बस्तु

२० पुस, काठमाडौं । काठमाडौँको दरबारमार्गस्थित अन्तराष्ट्रिय रेस्टुराँ केएफसीमा उपभोग्य मिति समाप्त भएका वस्तु फेला परेको छ ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट खटिएको बजार अनुगमन टोलीले शुक्रबार अनुगमन गर्दा टोलीले म्याद नाघेको रोगिनी ग्रेभी एक केजीको प्याकेट कच्चापदार्थ गोदाममा फेला पारेको हो । उक्त रोगिनी ग्रेभी नष्ट गर्नाका साथै उपभोग नगर्ने सङ्केत गरिराखिएको भेनेला कुकिज पाँच प्याकेट र चकलेट कज १२ प्याकेट नष्ट गरेको छ ।

विभागले प्रयोग गर्न नहुने अन्य कच्चा खाद्यवस्तुहरु सबै नष्ट गरी सात दिनभित्र विभागलाई जानकारी दिन र अब आइन्दा म्याद नाघेका कच्चा खाद्य वस्तुहरु अलग्गै राखी नष्ट गर्दै जानसमेत निर्देशन दिइएको अनुगमन टोलीका संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस

3 Comments on “केएफसीमा म्याद सकिएको खाद्य बस्तु”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु