महिलामाथिको हिंसामा संलग्नलाई कारबाही हुन्छः प्रधानमन्त्री :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

महिलामाथिको हिंसामा संलग्नलाई कारबाही हुन्छः प्रधानमन्त्री

२० पुस, काठमाडौं । प्रधानमन्त्री डा बाबुराम भट्टराईले महिलामाथिको हिंसालाई न्यूनीकरण गर्न र घटनामा संलग्न दोषीहरूमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अन्तर पार्टी महिला सञ्जाल र संयुक्त महिला सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री डा. भट्टराईले कानुनको अभावमा महिला हिंसामा संलग्नहरूमाथि कारबाही गर्न अप्ठेरो भएको बताउनुभयो । विद्यमान कानुनअनुसार दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइरहेको जानकारी पनि उहाँले गराउनुभयो । “पछिल्ला दिन महिलासँग जोडिएका कुनै पनि आपराधिक घटनामा संलग्न अपराधीलाई कानुनअनुसार कारबाही गर्न सरकारले कुनै पनि कसर बाँकी राखेको छैन, सुरक्षा निकायलाई मैले आवश्यक निर्देशन दिइसकेको छु”, प्रधानमन्त्री डा भट्टराईले भन्नुभयो ।

बर्दियाको शिवा हासमीको हत्याका सम्बन्धमा परिवारका सदस्यलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको, बाराको बिन्दु ठाकुरको हत्यामा संलग्न ठानिएका उनका बाबुुलाई नियन्त्रणमा लिइएको र अध्यागमनमा विदेशबाट काम गरेर फर्कीएकी भोजपुरकी युवतीलाई दुव्र्यवहार गर्ने सरकारी कर्मचारीलाई निलम्बनमा राखेर कारबाही गरिएको समेत प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

अन्तर पार्टी महिला सञ्जाल र संयुक्त महिला सङ्घर्ष समितिले महिलामाथिको हिंसामा संलग्नलाई आजन्म कैदको व्यवस्था गर्न, अपराधीको सर्वस्वहरण गर्न र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका थिए । विद्यमान ऐन र नियममा आवश्यक संशोधन गर्न समेत दुवै संस्थाले माग गरेका थिए । महिलामाथिको हिंसामा संलग्नलाई कारबाही गर्न फास्ट ट्रयाक कोर्ट गठन गर्नुपर्ने माग उनीहरुको छ । रासस

4 Comments on “महिलामाथिको हिंसामा संलग्नलाई कारबाही हुन्छः प्रधानमन्त्री”
  • om babu thapa wrote on 4 January, 2013, 14:15

    comred baburamle aafno chhori jiskaune lai turuntai jel halnu vo

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • langghali wrote on 4 January, 2013, 14:32

    कानुन नभएको देश भन्दैमा जस्ले जे गर्दा पनि हुने त हैन होला नि मन्त्रि ज्यू ? तपाईहरु देशको ठूलो मान्छे कहलीएको के काम । तपाई आफै सोच्नुहोस् यदि तपाईलाई वा तपाईको परिवारमा यस्तो घतना घत्यो भने के गर्नुहुन्छु ? यी अपराधीहरुलाई यस्तो सजाय हो जुन सजाय देखेर अर्को व्याक्तिले अपराध गर्नु भन्दा अगादि १०० पटक सोचोस् । यदि सजाय दिनको लागी खुत्ता कमाउनुहुन्छ भने छोडिदीनुस कुर्सी हिम्मत वालालाई अबसर दिनुस् ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Basanta Raj wrote on 4 January, 2013, 15:41

    तपाइंहरुको जनयुध्दताका खुल्ला सेक्सले वैधता प्राप्त गरेकै कारण आजको अवस्था आएको सम्झनुहोस् अनि कारवाही र नियन्त्रण वारे सोच्नुहोस् |

    Like or Dislike: Thumb up 0 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Yonjan wrote on 4 January, 2013, 18:15

    yethartha ma chhori cheli bau ama, maiti
    kai ho ni. K thaha ra kursi, kanun, police ra balatkari haru lai. Thok goli. Pachhi herdai jaula.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु