नेपाल ‘अर्ध-औपनिवेशिक’ रहेन- मोहन वैद्य :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नेपाल ‘अर्ध-औपनिवेशिक’ रहेन- मोहन वैद्य

२० पुस, काठमाडौं । नेकपा-माओवादीको सातौं महाधिवेशनको कार्यक्रम सार्वजनिक गरेको छ । पुस २५ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनको उद्घाटन खुलामञ्चमा दिउँसो १ बजे सुरु हुने र बन्दसत्र प्रज्ञा-प्रतिष्ठानमा हुने भएको छ ।

अर्धऔपनिवेशिक रहेन, विस्तारवाद यथावत्

आफ्नो पार्टीले यसअघि नेपाल अर्धऔपनिवेशिक अवस्थामा रहेको विश्लेषण गर्दै आएकोमा अहिले देश नवऔपनिवेशिक अवस्थामा पुगेको माओवादी अध्यक्ष वैद्यले बताउनुभएको छ । “अहिले साम्राज्यवाद र विस्तारवादले प्रत्यक्ष रुपमा हस्तक्षेप नगरेर आफ्ना दलालमार्फत आफूअनुकूलको निर्णय गराउने प्रक्रिया नै नवऔपनिवेशिक अवस्था भएको छ ।”-वैद्यले भन्नुभयो । तर, नेपाललाई अर्धऔपनिवेशक भन्न छाडे पनि पार्टीले भारतलाई ‘विस्तारवादी’ भन्न छाडेको छैन ।

२१ प्रतिनिधि सहभागी हुने

महाधिवेशनमा महाधिवेशनमा देशभरबाट आठ सय प्रतिनिधि, आठ सय पर्यवेक्षक र पाँच सय स्वयंसेवक गरी २१ सयको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । देशभित्र र बाहिरबाट गरी २० वटा राज्य समितिका प्रतिनिधि र पर्यवेक्षकहरु महाधिवेशनमा सहभागी हुने सम्मेलनमा बताइएको छ ।

देशभित्रबाट १३ राज्यसमिति, प्रवास राज्य समिति (भारत) र अन्तर्राष्ट्रिय राज्य समिति (युरोप) गरी १५ राज्य समितिका प्रतिनिधि र केन्द्रीय समिति, सल्लाहकार समिति, प्रचार राज्य समिति, सांस्कृतिक राज्य समितिलगायत पाँच विशेष राज्यसमितिबाट गरी २० क्षेत्रबाट महाधिवेशनमा सहभागी बताइएको छ ।

एमाओवादी र माओवादीको भिन्नता

अध्यक्ष वैद्यले एमाओवादी र माओवादीबीचको भिन्नता छुट्याउँदै भन्नुभयो -’हामी नयाँ जनवादी क्रान्ति भन्छौं उहाँहरुले संसदीय व्यवस्था स्वीकारिसक्नुभयो, हामी राष्ट्रिय स्वाधीनताको कुरा गर्छौं, उहाँहरुले साम्राज्यवाद र विस्तारवादसँग आत्मसमर्पण गरिसक्नुभयो, हाम्रो पार्टी सर्वहारावर्गको पार्टी हो, उहाँहरुको पार्टी अभिजातवर्गमा रुपान्तरण भइसक्यो, हामीले दलित, जनजाति, महिला र किसानको समस्या समाधानको मुद्दा उठाइरहेका छौँ, उहाँहरुले त्यो छाडिसक्नुभयो ।

चन्दा स्वेच्छिक

महाधिवेशनका लागि स्वेच्छिक रुपमा सहयोग र चन्दा मागिएको भन्दै वैद्यले आफूहरूले डर, धम्की दिएर चन्दा नउठाएको दाबी गर्नुभयो ।

4 Comments on “नेपाल ‘अर्ध-औपनिवेशिक’ रहेन- मोहन वैद्य”
  • sushanta sharma wrote on 4 January, 2013, 15:49

    लाल आतंककारिहरुले स्वेच्छिक चन्दा मागेको भन्नु दुधको साक्षी विरालो राखेको भने जस्तै हो । बरु सिधै भनिदिए हुन्छ नी हामी जंगल गए पछिको पहिलो निसाना को हुन्छ भनी प्रश्न मात्र राखेको उहाहरु स्वेच्छीक रुपमा चन्दा दिन तयार भईहाल्नु भयो । कहीपनि हामीले बलजफ्ती गर्नुपरेन …………

    Like or Dislike: Thumb up 13 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    जंगली Reply:

    सुशान्त नामधारी व्यक्ति स्वेतआतङ्ककारी हो । जुन पार्टी र नेताहरुले आमनेपाली जनताको जीवनशैलीमा परिवर्तन हुनुपर्दछ, उत्पीडित वर्ग, क्षेत्रको मुक्ति हुनुपर्दछ भनिरहेको छ तिनीहरुलाई लाल आतङ्ककारी देख्ने ? सुशान्त नामधारी स्वेत आतङ्ककारीलाई प्रश्न यो छ ः ग्रामीण जीवन जीउनेहरु सबै जंगली हुन ? गाउँका जनता सबै जंगली हुन स्वेत आतङ्ककारी ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • सुदर्शन बहादुर प्रधान wrote on 4 January, 2013, 17:29

    नेपाल-भारत-तिब्बत बीच अन्योनाश्रित सम्बन्ध छ, यी देश अनेक कुराको लागी एक अर्का माथी निर्भर छन जसको मूल कारण भोगौलिक अवस्थिती नै हो. यस भूगोललाई परिवर्तन गर्न सकिन्दैन, कोशीस गर्नु हुँदैन. बरु हामीले आपसी सहयोग र विश्वास बढाउन प्रयत्न गर्नु पर्छ. तर मोहन वैद्यले सम्पूर्ण तिब्बतको भूभाग माथी अनाधिकृत कब्जा गर्ने चीनलाई विस्तारवादी नभनने तर भारत माथी निरंतर थरी-थरीले आक्रमण गरी रहने. यस कुराले यो सिद्ध गर्छ की मोहन वैद्य आफु पनी प्रकारांतरले कुनै शक्ति केंद्र कै लागी काम गरी रहेको हुनु पर्छ. अतिवादी दृष्टिकोण देश हितमा छैन. मध्यम मार्ग नै उचित मार्ग हो.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • hark chand wrote on 5 January, 2013, 7:46

    China le Tibet ko voovag kabja sanga hamro kunai linu dinu chhaina, yaha kura ho Nepalko Voovag kina kabja garyo. China le Nepal ko kunai pani simana micheko chhaina tara India le Hajarun Hecter Nepalko Jagga kabja garisakeko chha, simana ma sthambha chhainan, simanama Nepali Naagarik Balatkrit vaka chhan, tyasaile India Nepalko lagi Ghatak Bistrabadi ho, India le Nepal ma political instability banayera Nepalko simana ma aafulai bistar garchha its bitter truth.!!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु