स्वार्थले गर्दा हाम्रो गठबन्धन बनेको हो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

स्वार्थले गर्दा हाम्रो गठबन्धन बनेको हो

राजकिशोर यादव, सूचना तथा सञ्चारमन्त्री

जेलबाट आएको जेपी (जयप्रकाश गुप्ता) जीको पत्र पढें । राजनीतिकरुपमा जेपीजी प्रति मेरो कुनै आग्रह, पूर्वाग्रह छैन । उहाँ पक्राउ परिसकेपछि पार्टीलाई अघि बढाउन जरुरी थियो । तर, केही साथीहरुचाँहि यसलाई तुहाउने र डिस्टर्ब गर्ने काममा लाग्नुभएको छर्लङ्गै छ र यसमा कुनै न कुनै रुपमा जेपीजीको पनि भूमिका र सहयोग देखियो ।

अन्ततोगत्वा हामीले महाधिवेशन गर्‍यौं । बहुतमत साथीहरु यता आउनुभयो । जेपीजीले ढीलै भए पनि यथार्थतालाई स्वीकार गर्नुभयो । हाम्रो पक्षमा निर्वाचन आयोगको निर्णय आइसकेपछि उहाँले ढीलै भए पनि यसलाई समेत स्वीकार्नुभयो । यो उहाँको राम्रो पक्ष हो । उहाँले पहिल्यै यस्तो गर्नुपर्ने थियो । यो विषयमा उहाँले हामीसँग बसेरै छलफल गरेको भए राम्रो हुन्थ्यो । तर, यसबारे मैले उहाँलाई धेरै भन्नु केही छैन, मैले यसलाई सकारात्मक रुपमै लिएको छु ।

मिथ्या आरोप

उहाँले ममाथि जुन आरोपहरु लगाउनुभएको छ, त्यो विल्कुल मिथ्या र निराधार छ । म माओवादीको नजिक र टाढा भएको भन्दा पनि माओवादी र मधेसवादीको यो गठबन्धन उहाँले नै बनाउनुभएको हो । वहाँको अडान के थियो भने हामी मुद्दाको आधारमा माओवादीसँग मिल्नुपर्छ । आफू सत्तामा हुँदा माओवादीलाई मित्र देख्ने तर, आफू कुनै कारणवस सत्ताबाट बाहिरिनुपर्दा हिजो आफूले मित्र मानेको माओवादीले केकति कारणले शत्रु देख्नुभयो ? तर, हामी अहिले पनि मुद्दाकै आधारमा माओवादीसँग सहकार्य गरिरहेका छौं । यसमा पुच्छर वा सिङ भनिराख्न आवश्यक छैन ।

गठबन्धन हाम्रो आवश्यकता

माओवादीसँगको सहकार्य अहिलेको समयको आवश्यकता हो । मधेसी जनतामा संघीयताको प्रवल इच्छा छ । हामी देशलाई गणतन्त्रसहित संघीयताको ढाँचामा लान चाहँदैछौं । यसमा कांग्रेस र एमाले भन्दा माओवादी बढी उदार छ । त्यसैले माओवादीसँग सहकार्य गर्दा हाम्रा मुद्दाहरु सहज ढंगले हल हुन सक्छन् भन्ने हाम्रो बुझाइ छ ।

माओवादीलाई पनि लोकतान्त्रिक विधि र प्रक्रियामा ल्याउनका लागि मोर्चाको साथ चाहिएको छ भने मोर्चालाई पनि अहिलेका परिवर्तनका मुद्दाहरुलाई संस्थागत गर्नका लागि एउटा दरिलो र कसिलो शक्तिको आवश्यकता छ र त्यो माओवादी हो । त्यसैले दुईवटाको स्वार्थले गर्दा हाम्रो गठबन्धन बनेको हो ।

जेपीजीको कुण्ठा

जेपीजीले जे भनिरहनुभएको छ, त्यो वहाँको कुण्ठामात्रै हो । यसमा कुनै सैद्धान्तिक र नीतिगत कुरो छैन । त्यसैले म जेपीजीका बारेमा धेरै बोल्न चाहन्न । म के मात्रै गर्छु भने म कसरी जनताको वीचमा स्थापित हुने ? पार्टीलाई जनताको वीचमा कसरी स्थापित गर्ने ? र, परिवर्तनका मुद्दाहरुलाई कसरी संस्थागत गराउने ? यो कामको प्रक्रियामा अगाडि बढ्दा कति साथीहरु खुशी होलान्, कतिलाई लाभ भएन भने असन्तुष्ट होलान् । यो स्वाभाविक प्रक्रिया हो । तर, हामी माओवादीलाई साथ लिएर जाने आवश्यकता बोध गरिरहेका छौं ।

(कुराकानीमा आधारित)

2 Comments on “स्वार्थले गर्दा हाम्रो गठबन्धन बनेको हो”
  • s d ojha wrote on 5 January, 2013, 6:10

    ramro soch cha tara madhesh ka shahid haru ko chati purti rakam tatha madhesh andolan ko ghaeete ko chatipurti hal samma garna nasakne ra 4 bunde sarkar bat karwanyan garaun na sakne le aru dherai mudda ko kura garda ke madhesi janta ra karya karta kehi bujhe ko chaina samaya ko entajar garnu janta le sabai herdai chan .

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shree wrote on 6 January, 2013, 5:35

    chhe aba pani satha mai basni ra afno wite afi ghatudi6u nata ho afno sortha choda teme haru lai aba janta la gana 6ena janta ko nam bachara afnu fortha pura garni temero kam ho janata tati lata 6enan bechar gara

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु