सिड्नी । सिड्नीमा रहेका तमु (गुरुङ) हरुले दुई भिन्ना भिन्नै कार्यक्रम गरेर ल्होछार पर्व मनाएका छन् । देव गुरुङ अध्यक्ष रहेको तमु समाज सिड्नीले नेपालका ख्याति प्राप्त कालकारहरु राजेश पायल राई र अन्जना गुरुङको प्रस्तुतिमा क्याम्सिको ओरिएन फङसन सेन्टरमा डिसेम्र २९ शनिवार ल्होछार कर्यक्रम गरेको थियो ।
राजेश पायल राईले दर्शन नमस्ते भन्दा हलमा उपस्थित दर्शकाले उठेर साथ दिएका थिए । लामाबाट पुजा तथा प्रसाद वितरण समेत भएको उक्त कर्यक्रममा गुरुङकला संस्कृति झल्कने विभिन्न नाच प्रस्तुत गरिएको थियो । कर्यक्रममा समुदायका अगुवाहरु डा नारायण प्रधान, इन्द्रा वन, गणेश तामाङ लगाएतकाको उपस्थिति रहेको थियो ।
यस्तै इन्द्र बहादुर गुरुङ अध्यक्ष रहेको तमु समाज सिड्नीको आयोजनामा डिसेम्वर ३० आइतवार ल्होछार पर्वकै दिज सिड्नीको क्याक्सीमा रहेको ओरियन फङ्सन सेन्टरमा ल्होछार सम्मपन्न भएको छ । बौद्ध परम्परा अनुसार पुजा आजा सम्मपन्न उक्त कार्यक्रममा अवतारी लामाबाट प्रसाद वितरण गरिएको थियो । गिद्ध वर्षलाई विदा गरेर सर्प वर्षलाई स्वागत गरिएको उक्त कार्यक्रममा सिड्नीमा रहेका नेपली कलाकारहरुले विभिन्न गीत संगित र नाच प्रस्तुत गरेका थिए । कार्यक्रममा सिड्नीका डिजेहरुले विभिन्न गीत संगितको तालमा सहभागिहरुलाई नचाएका थिए । तमु भेशभुसामा सजिएका युवा युवतिको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।
फोटो सौजन्यः दिपेश पुन (नेपाली टच)