स्वदेशी पर्यटक आउँदा छक्क परे घुन्साबासी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

स्वदेशी पर्यटक आउँदा छक्क परे घुन्साबासी

२१ पुस, ताप्लेजुङ । विदेशी पर्यटकमात्र आउने कञ्चनजंघा क्षेत्रमा यो बर्ष आन्तरिक पर्यटक पनि आउँदा घुन्साका बासिन्दा अचम्मित छन् । स्वदेशीले पनि भ्रमण गर्छन भन्ने जानकारी नभएका घुन्साबासी कस्तो व्यवहार गर्ने भन्ने कुरामा समेत अन्योल भएको भएका छन् ।

घुन्साकी पेमा फुटीले भन्नुभयो ‘विदेशीको तुलनामा नेपाली पर्यटक आउँदा राम्रो फाइदा हुँदोरहेछ ।’ उहाँहरुले आड्ने आछ्याउने, खाने केही पनि नबोकी आएको र घरमै बस्दा राम्रै पैसा साट्न पाएको फुटीले बताउनुभयो ।

फुटीले भन्नुभयो ‘धेरैले तुङ्वा पनि खाए, दालभात तरकारी खाए र चिसोमा चियाको बिक्री धेरै भयो ।’ पहिला कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाले आफुले चिनेजानेको र शिक्षकहरु मात्रै आउने ठाउँमा नेपालीहरु कञ्चनजंघा घुम्न आएपछि कसैले एकसय ५० रुपैया त कसैले दुईसय रुपैयाँ छाक खाना खुवाएका थिए । विदेशीलाई भने उनीहरुले तीनसय रुपैयाँ लिँदै आएका छन् । आधार शिविर जाने मार्गमा पर्ने घुन्सा, खम्बाछेन, रोनाकसम्म झापा, मोरङ, काठमाण्डौं र ताप्लेजुङका पर्यटक पुगेको खबर गोरखापत्र दैनिकले छापेको छ ।

2 Comments on “स्वदेशी पर्यटक आउँदा छक्क परे घुन्साबासी”
  • Sandip Grg wrote on 5 January, 2013, 2:51

    Khas ma swadeshi paryatakle nai ho badi paisa kharcha garne.Bidesh paryatak 10 jana aayeko ra swadeshi paryatak 2 jana aako yeutai ho, tara pani swadeshi bhane pachi ali hela nai garchan dherai thau ma. Mero dherai experience chha testo. Bideshi bhane pachi sir sir bhanera khutta nai chatna khojchan, Nepali harulai chahi bewasta. Tara compare garne ho bhane, kharcha dherai garne nepali nai hunchan.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Raju Reply:

    ekdamai right. ahile ka Yuva pusta, Naya sooch bayaka nepali haru chuttai budget liyar pani ghumnna janchhan, Me too like that.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु