ए डिभिजन लिगमा सरस्वतीले मच्छिन्द्रलाई हरायो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

ए डिभिजन लिगमा सरस्वतीले मच्छिन्द्रलाई हरायो

२१ पुस, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सरस्वतीले मछिन्द्र क्लबलाई पराजित गरेको छ । शनिबार भएको खेलमा सरस्वतीले १-० को जित निकाल्दै उपाधी होडमा रहेको मछिन्द्रलाई झड्का दिएको हो ।

हारपछि मच्छिन्द्रले लिग लिडर थ्रीस्टारसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । मच्छिन्द्रको ११ खेलबाट २३ अंक छ भने लिग लिडर थ्रीस्टारको २६ अंक छ । सरस्वती भने १४ अंकका साथ ११ औं स्थानमा छ ।

त्रिपुरश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सरस्वतीका लागि एक मात्र निर्णायक गोल २७ औं मिनेटमा योना इलियासले गरेका हुन् । ३५ औं मिनेटमा कृष्णगोपाल श्रेष्ठको प्रहार मच्छिन्द्रका बलीले गोललाइनबाट बचाए ।

६६ औं मिनेटमा कप्तान दिपक राईको बारको केहीमाथिबाट बाहिरिँदा मच्छिन्द्रले बराबरी गर्ने मौका गुमायो । खेलमा दुबै टोलीबाट थप गोल हुन सकेन र सरस्वतीले १-० ले आफ्नो पक्षमा पार्‍यो । अकोृ खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले संकटालाई २-० ले पराजित गरेको छ ।

एपीएफको जितमा अर्जुन सुब्बा र श्याम नेपालले गोल गरे । जितपछि एपीएफ ११ खेलबाट १२ अंकका साथ रेलिगेशन जोनबाट माथि उिक्लएको छ ।

 

 

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु