सर्लाहीमा भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सर्लाहीमा भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु

२१ पुस, सर्लाही । सर्लाहीको ब्रम्हपुरीमा शुक्रबारसाँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परी ब्रम्हपुरी-४ का नथुनी रायकी ७ बर्षकी छोरी रेन्कु कुमारी रायको मृत्यु भएको हो ।

ब्रम्हपुरी ४ मा पूर्व बाट पश्चिम जाँदै गरेको ज १ त ९१९ नम्बरको ट्याक्टरले ठक्कर दिएपछि रिन्कुको घटना स्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

काली मन्दिर नजिकै भएको दुर्घटनामा परेको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु