बिटु केसी बराल
क्रिसमस भर्खरै सकिएको थियो, ब्यापार ब्यवसायको मन्दीले ग्वाम्ल्वाङग अँगालो मारेको थियो अमेरिकालाई । त्यसो त गर्मी हुने ठाउँ तर जनवरीको जाडोसँग कामिरहेको थियो टेक्सासको हुस्टन शहर । चाँदिका गहनापसल कुरेर बसिरहेकी थी मन्दिरा । घन्टौं भैसकेको थियो ग्राहक नआएको । हाई, हाई गर्दै बारम्बार घडी हेर्नु बाहेक अर्को बिकल्प थिएन उसँग । समय काट्न मुश्किल परेको बेला एउटा बडो भलादमी ग्राहक पसल भित्र पस्यो ।
उमेरले पैसठ्ठि नागिसकेको होला तर प्रभावशाली देखिन्थ्यो उसको ब्यक्तित्व । अग्लो कद, ठुला ठुला कैला आँखा गोरोपनमा मिसिएको रातो बर्ण, गर्धनसम्म लर्किएका कैला कपाल, समग्रमा गम्भीर तर आकर्षक थियो उ । दार्शनिक जस्तो !
गफ सुन्न, गर्न पाए कै चाहिदैन थियो मन्दिरालाई । झन हेर्दै बुद्धीजिबी लाग्ने भलादमी उसको अगाडि उभिएपछी के चाइयो र ? मन्दिरालाई समय बिताउने यो राम्रो अवसर थियो ग्राहक अनी गफ । सामान्य औपचारिकतापछि ग्रहाकलाई सोधी उसले – हाउ क्यान आइ हेल्प यू ? व्हाट डु यू वान्ट टु सी सर ?
आइ लाइक टु सी सम जेम्स स्टोनश , क्यान यू सो मी ? ( आफूले लगाएको चाँदिका औठीहरू मा जडिएका रत्नहरू देखाउदै ) – ग्राहकले सोध्यो ।
स्टोनहरू देखाउदा ग्राहकको नामदेखि कामसम्म सोधी उसले । ज्याक हेनरिक थियो ग्राहकको नाम । जर्मनको एउटा सामाजिक संगठनमा काम गर्दो रहेछ । दुई महिना सेमिनारमा भाग लिन आएको रहेछ उ अमेरिका । अमेरिका घुमाइको आनन्द उठाइरहेको थियो उ सेमिनार सकेर । ती स्टोनहरू देखाउदै गर्दा जर्मन र अमेरिकी ईतिहास, समाज परिबेशका कुराहरू भयो उनिहरु बिच । व्हाइट हाउसदेखि हिटलरको नुरिनबर्गसम्मका चर्चा पनि भए । मन्दिरा उसका कुराहरु खुब चाख दिएर सुनिरहेकीथी । बिस्तारै र कम बोल्ने त्यो ग्राहक साँच्चै दार्शनिक जस्तो लाग्थ्यो हेर्दा । मन्दिरालाई त्यो दार्शनिक जस्तो देखिने ग्राहकबाट अझ धेरै कुरा जान्ने मन भैरहेको थियो । जीवन दर्शनको कुरा सुन्ने चाँहाना भैरेहेथ्यो । कुरैकुरामा आफू पनि किताबहरू खुब पढ्न रुचाउने बताइ उसले । ग्राहकले आफूले भिरेको झोलाबाट दुइवोटा पुस्तक निकाल्यो र देखायो । दुबै पुराना जर्मनी उपन्यास थिए ।
आधा घन्टाभन्दा बढि नै उनिहरुबीच कुराकानी भैसकेको थियो । उ प्रश्नको गोलमटोल जबाफ दिन्थ्यो र बेप्रसँगको कुराहरु गर्थ्यो । सुरुमा देख्ने बित्तिकै कस्तो उत्त्साह जागेको थियो उसलाइ त्यो ग्राहकप्रति दार्शनिक नै होला भनेर । तर सोचे अनुसारको बौदिकता ग्राहकमा नभएको अनुभव हुनथाल्यो मन्दिरालाई । बुझ्न कठिन लाग्दै गइरहेको थियो उसलाई त्यो ग्राहक । हुन त मानिसलाई सजिलै बुझ्न कहाँ सकिन्छ र ! दार्शनिक त यस्तो हुन नपर्ने मनमनै भन्थी उ । तर उसले साँच्चै दार्शनिकलाई पहिले भेटेकिनै पनि कहाँ थी र ? किताबहरुमा बाहेक । पसलको योदेखि त्यो कुनासम्म सबै थोक हेर्न भ्याइसक्दा पनि त्यो ग्राहकले किन्ने प्रयास नगरेको देख्दा भने दार्शनिकप्रतिको मन्दिराको भ्रम घट्दै जान थाल्यो । एउटै समान दोर्याइ तेर्ह्याइ देखाउ भन्दा संकोच नमान्ने ग्राहकप्रति मन्दिरालाई शँका लाग्न थाल्यो । दार्शनिक वा ठुलै बिद्द्वान मान्छे होला भनेर त्यत्रो सम्मान दिएकी उसले । नरम र मिठो लवजमा कुरा गरेकीथी उसले । के आश्चार्य ! जर्मनी ग्राहक त आँखा छलेर हात लामो पार्ने प्रयत्न पो गर्दै रहेछ । ट्रेमा राखिएको औठीहरू आफ्नो फैलिएको हत्केलाभित्र लुकाउने कोशिश गर्दै थियो उ । अगीदेखी यो हेरुम र त्यो हेरुमको खेल त बल्ल उसले बुझी ! उसलाई रिस उठेर आयो । देखाउदिन भन्न नी नमिल्ने, कति देखाउनु ? नानथरी हेरेर दिक्क पार्नुसम्म पार्यो । ग्राहकसँग उसको गफको सिलसिला अगिनै खतम भैसकेको थियो । अब उसलाई यो मात्र हेर्नु थियो , उसले सज्जन ठानेको ब्यक्ति कुन हदसम्म झर्न सक्ने रहेछ । वाच यन्ड सी को फर्मुला अबलम्बन गरि उसले ।
एउटा फरक अनुभव भैरहेथ्यो उसलाई । चोरले चोर्दैछ भन्ने मन्दिरालाई थाहा थियो र त्यो चोरलाई पनि मन्दिराले थाहा पाइरहेकीछे भन्ने अनुमान थियो । न उसले चोरलाई उसले रोक्न सकी न चोरले चोर्ने प्रयाशलाई छोड्यो । देखाउदा देखाउदै उसले हातै हातबाट दुइवटा चादिका औठी चट पारिसकेछ । चोरले बडो राम्ररी हातको सफाइ गरिसकेको थियो । उसलाई खुब रिस उठ्यो, तत्कालै पुलिसलाई बोलाएर चोरको जिम्मा लगाउन सक्थी तर उसले त्यसो गरिन । किनकी, जानिजानि चोरलाई चोर्न दिएकी उसले हो । उसलाई त हेर्नु थियो, भलादमी चोर हुन्छ की हुदैन ? उसको अनुमान सहि हुन्छ की गलत ? ।
दुबै औठीको मुल्य अमेरिकी डलर पचास गएको भन्दानी उसलाई आफ्नो गलत अनुमानप्रति पश्चाताप भयो । त्यो मान्छेलाई त्यती धेरै आदर गरी गफ गरेर बेकार समय फालिछु भन्नेमा अफसोच लाग्यो ।
उतिनैखेरी पसलमा अर्को ग्राहक आयो, उसको ध्यान नयाँ ग्राहकतर्फ मोडियो । चोर पनि यहि मौकामा उम्केछ त्यहाँबाट ।
मन्दिरालाई खिन्न लागिरह्यो । पसल बन्द नगरुन्जेल त्यहि ग्राहकको अनुहार घुमिरयो उसको आँखामा । त्यस साँझ नमिठो अनुभवसँग पसल बन्द गरि उसले । साँचो ब्याग भित्र राख्न लाग्दा ढोका संगैको झ्यालमा उसको आँखा पर्यो । चोर ग्राहकले देखाएको अगीको ती दुबै किताब थपक्क रखिएको थियो त्यहाँ । आश्चार्य मिस्रित रिस उठ्यो उसलाई । सरस्वती माताको स्वरुप झलक्क भएर मात्रै नत्र टिपेर ट्रयासक्यानमा (रद्दीको टोकरिमा ) हाल्दिउ जस्तो लागेकोथ्यो उसलाई । किताबलाई नदेखे जस्तोगरी उ सरासासर पार्क गरिरहेको आफ्नो गाडीतर्फ लम्किइ ।
हुस्टन, टेक्सास (Bitubaral@yahoo.com)
ramro 6
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
suma shrestha Reply: January 10th, 2013 at 9:56 am
ramro tara…….. aafani kamjor 6 ni…….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
very nice……yestai dherai aanubhav,story padhirahana paiyos….all tha best
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
yasto ni huncha, aafulaai thaha hunda hundai pani kasaile chorna dincha?
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Dherai ramro6
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
भलादमी चोरलाई छोडी दिने घटीया छोरलाई पक्रने मानसिकता नै गलत हो । कृपया आजै देखि यस्तो मानसिकतामा परीबर्तन गर्नुहोस् । किनकी चोर कहिले पनि भलादमी हुन सक्दैन ।
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]