हिंसाबाट बच्न महिलाहरुलाई ‘टिप्स’ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

हिंसाबाट बच्न महिलाहरुलाई ‘टिप्स’

'केटा साथीसँग घुम्न जाँदा पनि थाहा दिनुस्'

२१ पुस, काठमाडौं । ‘थुक्क पापी बजिया, त्यति सानी बालिकालाई पनि……..’, ‘फेरि पनि बलात्कार भयो रे उफ्…….’, ‘हैन हाम्रो समाज के हुन लाग्यो, सबै दानव छन् कि क्या हो……’, ‘पहिले पनि हुन्थ्यो, अहिले चर्चा बढेको मात्रै हो….’……..। हिजोआज दुईजना भेट हुनेबित्तिकै यस्तै चर्चा र बहस हुन थालेको छ ।

हुन पनि केही दिनदेखि महिलामाथि हिंसाका घटना हृवात्तै बढेका छन् । हिंसाका घटना बढ्न थालेपछि अधिकारकर्मी र नागरिक समाजले राजधानीसहित देशभरका शहरमा धर्ना र प्रदर्शन गरिरहेका छन् । तर, हिंसा नियन्त्रण हुनुको सट्टा झन् बढिरहेको छ । हालका केही दिनमा मात्रै भएका महिला हिंसाका घटना यस्ता छन् ः

· बिहीबार राति बारामा ६ वर्षीया बालिकामाथि बलात्कार ।

· बुधबार साँझ झापामा १९ वर्षीया एक युवतीमाथि सामुहिक बलात्कार ।

· बुधबार मोरङको उर्लाबारीमा झारफुक गर्ने भन्दै एक झाँक्रीले एक युवतीमाथि दुव्र्यवहार ।

· बुधबार नै मोरङको पथरीमा पाँच वर्षीया बालिकामाथि यौन दुव्र्यवहार ।

· बुधबार गोरखा छोप्राकमा एक महिलामाथि बलात्कारको प्रयास ।

· बुधबार साँझ काठमाडौं थानकोटमा आठ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार ।

· बुधबार नुवाकोट घर भै काठमाडौं नक्साल बस्ने १३ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार ।

· एक हप्ताअघि दैलेखका कमारो सार्कीले आफ्नी श्रीमतीले यौनसम्पर्क राख्न नदिएको निहुँमा गुप्तांगमा अगुल्टो झोसेर घाइते ।

· भोजपुरकी एक महिलालाई अध्यागमनका कर्मचारीद्वारा बलात्कार ।

· दुई हप्ताअघि बारा प्रस्कोटा गाउँकी १८ वर्षीया बिन्दू ठाकुरलाई उनकै बाबुले हत्या गरेको पुष्टि । छोरीले आफूभन्दा गरिब र तल्लो जातसँग प्रेम गर्न थालेको थाहा पाएका बाबुले हत्या गरेका ।

· बर्दिया गुलरियाकी १९ वषर्ीया शिवा हासमीलाई पनि प्रेम गरेकै निहुँमा परिवारले हत्या गरेको खुलासा ।

· मंसिर ३० गते काठमाडौंको अनामनगरस्थित कृष्ण प्रसाईंको घरमा घरेलु कामदारका रुपमा कार्यरत ३१ वर्षीया एकल महिला सरस्वती सुवेदी घरको माथ्लो तलामा मृत अवस्थामा फेला । घटनामा घर मालिककै संलग्नता रहेको आशंका ।

माथिका यी घटना हालसालैका ताजा हुन् । महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलेको अवधिमा समेत देशका धेरै ठाउँमा यस्तैखाले दर्जनौं घटना भएका महिला अधिकारकर्मीहरुको भनाई छ । महिलामाथि हुने हिंसामध्ये बलात्कार र यौन दुव्र्यवहारका घटना धेरै छन् । तथ्याँक अनुसार पाँच वर्षअघि देशभरमा दुईसयजति बलात्कारका घटना सार्वजनिक भएका थिए । यो वर्ष ५ सय ७५ पुगेको छ । सार्वजनिक नभएका घटना योभन्दा दोब्बर हुन सक्ने अनुमान छ ।

घटना बढेको कि चर्चा बढेको ?

हिजोआज दिनहुँजसो सञ्चारमाध्यममा महिलामाथि हिंसा भएका खबर सार्वजनिक भैरहेका छन् । खबर सुन्दा, हेर्दा र पढ्दा लाग्छ-पहिलेभन्दा हिंसा बढ्यो । तर अधिकारकर्मीहरुको भनाई समाजमा पहिलेदेखि नै हिंसाका घटना हुँदै आएका छन्, अहिले सार्वजनिक हुने क्रम मात्र बढेको हो । ‘पहिले पनि यस्ता घटना हुन्थे र भैरहेका छन्, अहिले सचेतना र सञ्चारमाध्यमका कारण बढी चर्चा हुने गरेको हो’ अधिकारकर्मी लक्ष्मी पोखरेलले अनलाइनखबरसँग भन्नुभयो । तर, जतिसुकै सचेतना र जागरण भए पनि हिंसाका घटना भने कम हुन नसकेको उहाँको भनाइ छ ।

सामाजिक संरचना र त्यसले निर्माण गरेको मनोविज्ञानका कारण हिंसाका घटना बढिरहेको अधिकारर्मीहरु बताउँछन् । घटनाका दोषीलाई कार्वाही हुन नसक्नु पनि घटना बढ्नुको मुख्य कारण हो । यस्तै पीडितले उचित न्याय र क्षतिपूर्ति नपाउँदा पनि अवस्था गम्भीर बन्दै गएको छ । ‘हिंसा पीडित महिलाको सुरक्षा र पुनस्र्थापनामा विषयमा विद्यमान ऐन मौन छ’ राष्ट्रिय महिला आयोगकी प्रवक्ता मोहना अन्सारीले भन्नुभयो । पीडितका लागि बनाइएका सरकारी पुनःस्थापना केन्द्रहरु व्यवस्थित नभएको र सामान्य सुविधा भएका केन्द्रमा वास्तविक पीडितको पहुँच पुग्न नसकेको उहाँले बताउनुभयो ।

हिंसा नियन्त्रणमा सरकारी निकायको उदासिनताले घटना बढाउन त मद्दत गरेको छ नै । मानिसको मानसिक समस्याले पनि यस्ता घटना निम्ताइरहेका छन् । ‘पछिल्लोपटक मान्छेको दिमागमा नकारात्मक सोच र क्रियाकलापले प्रश्रय पाउन थालेको छ’ मनोविज्ञ गंगा पाठकले भन्नुभयो-’यसबाट पारिवारिक तथा सामाजिक हिंसा बढाएको छ ।’

नकारात्मक सोचलाई समयमै नियन्त्रण गर्न नसक्दा हिंसात्मक घटना हुने गरेको उहाँले बताउनुभयो । ‘मान्छेमा नैतिक र चारित्रिक शिक्षाको पनि कमी छ’ पाठकले भन्नुभयो-’समाजमा नैतिकहीन र चरित्रहीन मान्छेको संख्या बढिरहेकाले आपराधिक क्रियाकलाप पनि मौलाइरहेको छ ।’

महिला आफैं कसरी सचेत हुने ?

महिला हिंसाका घटना बढ्नुमा पुरुषप्रधान सामाजिक संरचना र केही पुरुषको विकृत मानसिकता त दोषी छँदैछ । त्यसमाथि राज्य र प्रहरी प्रशासनले पनि प्रभावकारी काम गर्न सकेका छैनन । सरकारी निकायबाटै महिलामाथि हिंसा र दुव्र्यवहार भएको घटना सार्वजनिक भैरहेका छन् । परिवारका सदस्यलाई पनि विश्वास गर्न सक्ने अवस्था छैन । अधिकारकर्मीहरुका अनुसार ८० प्रतिशत घटना परिवारका सदस्यबाट नै हुने गरेका छन् । यस्तोबेला महिला आफैंले आफूलाई सुरक्षित बनाउन विशेष सावधानी अपनाउनुपर्छ ।

अधिकारकर्मी लक्ष्मी पोखरेलको सुझाव यस्तो छ :

· जोकोहीलाई पनि तुरुन्तै विश्वास नगर्ने ।

· स्वनिर्णय गर्ने क्षमता बढाउने ।

· कतै जाँदा घरपरिवारका सदस्य, आफन्त र मिल्ने साथीलाई भन्ने । सकभर एक्लै नहिँड्ने ।

· आफूले मन पराउने केटा साथीसँग हिँड्दा पनि एकान्त ठाउँमा नजाने । केटा साथीसँग जाँदा घरका सदस्यलाई भन्न नसकेपनि आफूलाई मिल्ने साथीलाई कहाँ, कोसँग जाँदैछु भन्ने ।

12 Comments on “हिंसाबाट बच्न महिलाहरुलाई ‘टिप्स’”
  • Keshab Ghimire wrote on 5 January, 2013, 5:27

    कतै जाँदा घरपरिवारका सदस्य, आफन्त र मिल्ने साथीलाई भन्ने । सकभर एक्लै नहिँड्ने ।
    के गर्नु घर परिवारकै सदस्य बाट पनि आक्रमण र हत्या हुन थालेको छ, अब मान्छेले कोहि कसैलाई पनि बिश्वाश गर्ने आधार नै नरहने भएको छ | को आफन्त को पराइ

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • devd wrote on 5 January, 2013, 7:25

    जुन नेपालमा यो सबै घटना भएको छ बलात्कार यसको दोषी पहिले त नेपाली चलचित्र र हाम्रा देशको कानूनबित हरुको छ किनकी नेपालमा बनिरहएको चलचित्र हरुमा बिकृति आउनु हो जनता सन्देश दिनु पर्ने ठाउमा नराम्रो सन्देश दिने खाल को चलचित्र ए।टी।एम अहिले बन्दै गरेको फिल्म हरु यसको मुख्य दोषी हुन कानून बीत हरुले कानून बलियो नबनाउनु पनि अनि महिलाहरु अंग प्रदशन गर्नाले यस्ता अपराध बढेको हो के यो सही होकि हैन त ?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • anand magar wrote on 5 January, 2013, 7:47

    yo chai thik cha hai

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • चन्द्र तुम्बा wrote on 5 January, 2013, 8:41

    महिलाहरूले डराएर होइन स्वतान्त्ररुपमा हिड डुल र कामगर्न पाउनु पर्छ . त्यसैले महिलाहरुलाई सामाजिक दुराचारी पुरुष संग बच्ने तरीका होइन जनतालाई स्वच्छ समाज र नैतिक चरित्र निर्माण गर्ने उपाय प्रकासित गर्नु पर्यो

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    indira thapa Reply:

    yes i accept that

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhagawati pradhan wrote on 5 January, 2013, 15:20

    mahilaharu mathi bhaeeraheko himsabiruddha sashkta rupma lagnuka sathai kada kanuni karbahi garnu par6.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • prakash thapa wrote on 5 January, 2013, 16:52

    सबै भन्दा पहिले त समाज को सोच बदल्नु पर्छ| समाज खुला गर्नु पर्छ | जस्तो उमेर पुगेको केटा केटि यौन सम्पर्क गर्छन भने स्वतन्त्र छाड्नु पर्छ | यौन एउटा प्राकृतिक आबस्यकता हो | हाम्रो समाज खुला हुनै पर्छा | पश्चिमी मुलुक मा किन हुदैन भन्दा त्यहाँ यौनलाइ तेती महत्वो दिदैनन र मन मिल्यो भने कुनै रोकतोक छैन | दोश्रो कुरा हाम्रो प्रशासन | हेनुस न होटेल मा दुइ जना सुत्यो भनेर लगेर थुन्ने | हैन पुलिसलाइ किन होटेल होटेल चाहर्दै हिन्नु पर्ने? दुइ जना को मन मिले उनीहरुलाई किन प्रहरीले लगेर थुन्नु पर्ने?
    जब सम्म हाम्रो समाज परिबर्तन हुदैन तपाई जत्ति सुकै कारबाही गर्नुस यो अपराध दोहारिन्छ दोहारिन्छ | तपाई हरु लाइ यो नराम्रो लाग्ला तर बास्तबिकता येही हो

    आदरणीय महिला मित्र हरुलाई अनुरोध खुला हुनुहोस एदी तपाई को प्रेमी छ र बिश्वास छ भने आफुलाई समाज ले के भन्ला अथवा अरु केहि होला कि भनेर आफुलाई गुम्स्याएर राख्नु भयो भने त्यो पनि एउटा अपराध को कारण बन्न सक्छ | एदी तपाइँ को कुनै साथी एक्लै छ भने र अर्को महिला साथी पनि एक्लै छन् भने उनीहरु लाइ चिना परचि गरिदिएउ साएद उनीहरुको कुनै कुरा मिल्छा कि ?

    मेरो एउटा अनुरोध फेरी पनि कृपया हाम्रो समाज लाइ खुला गरौ प्रेम गर्न सुरु गरौ
    एसको अर्थ मैले पश्चिमा को नक्कल गर्न खोजेको हैन तर अपराध नियेंत्रण को लागि यो राम्रो सोच हुन सक्दछ

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    kiran Reply:

    ya is right

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • चैन्पुर बेसिको गणेश wrote on 5 January, 2013, 19:31

    कडा कानुन नहुँदा एस्तो भएको हो। बलत्कारी र अपहरण्कारी लाई अती कडा सजाय हुनुपर्दछ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Anupam wrote on 6 January, 2013, 7:06

    कानुन भनेको साउदीको हो जबसम्म हाम्रो देश नेपालमा त्यस्तो कानुन बनाई दैन तब सम्म नेपालमा यस्ता घटना त कति हुन्छ कति!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sell my car for free wrote on 6 January, 2013, 7:41

    महिलाहरु माथि भएको दुर्बेह्बर लै हामी सबले बुझेर एस्त बलात्कारी पुरुस हरु लै सिधा फासी को सजाई दिन पाए डराएर की हुन्थियो ki

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Easy Nepali Typing wrote on 6 January, 2013, 7:49

    Nice thinking and interpretation about the incident.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु