२१ पुस, काठमाण्डौं । काठमाडौंको अनामनगरमा गत मङ्सिर ३० गते शंस्कापद मृत्यु भएकी सरस्वती सुवेदीको शव तीन हप्ता वित्दा पनि उठ्न सकेको छैन ।
प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनपछि सुवेदीको शव पुनः परीक्षण गरिएपनि पोष्ट मार्टम रिपोर्ट नआएपछि परिवारका सदस्यले शव बुझ्न अस्वीकार गरेका हुन् । ‘शव बझ्नुस भने तर, हामीले रिपोर्ट नआइ बुझ्न मानेनौं’ मृतक सरस्वतीकी बहिनी सुमित्राले अनलाइनखबरसँग भनिन् ।
शिक्षण अस्पताल महाराजगंजमा शनिबार गरिएको शव पुनः परिक्षणमा महिला अधिकारकर्मीहरू रेणुराज भण्डारी, सपना मल्ल प्रधान र महिला आयोगका सदस्य मोहना अन्सारी लगायतको उपस्थिति थियो ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शव परीक्षण गरिएको भएपनि राजनीतिक दबाबका कारण चित्त बुझ्दो प्रतिवेदन नआएको भन्दै सुवेदीका आफन्तले पुनः परीक्षण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
यसअघि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषखदको कार्यालयका सचिव राजुमान सिंह मल्लको संयोजकत्वमा रहेको महिला हिंसाविरुद्धको अनुगमन समितिले घटनास्थलको निरीक्षण समेत गरेको थियो ।
yo case ma ni rajnite gareyeko x hatyara patta lagae turunta fasi dinu parx mahila hinsa roknu parx
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nepal ma 6ada tantra Aaya pa6i doctor / nyayadhis police / CDO /DSP Sabai lai press up per6an karan 1 na 1 party ko pu6ar samatera agadi badi rakhe ka 6an tya sai Le yaha swatxa satya ta thya aauna saki rakhe ko xaina Low level ko din chahi aba gayo jasto xa //
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
if killed her owner .he should get death penalty
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
मोल भाऊ गर्न नौटंकी गरेको हो. जाने गई सकी. अनुसंधान गतिलो होस. लेन-देन न होस.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यदि हत्या हो र राजनीतिको आडमा बच्न र घटनालाई दवाउन खोजिन्छ भने मुलुकको लागि योभन्दा ठूलो दुर्भाग्य अरु के होला ।अनि महिलाको अस्तित्व छैन भने पनि हुन्छ ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
केहि हुनेवाला छैन है नेपाली जनता, जबसम्म नेताहरु सबैलाई नमारे सम्म I
भोलि यो भन्दापनि विभत्स दृश्य हामी नेपालीहरुले भोग्नु पर्नेछ I
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]