शनिबार काठमाडौंमा यसवर्षकै सबैभन्दा चिसो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

शनिबार काठमाडौंमा यसवर्षकै सबैभन्दा चिसो

तापक्रम अझै घट्न सक्छः मौसमविद्

२१ पुस, काठमाडौं । काठमाडौंमा शनिबार यसवर्षकै सबैभन्दा चिसो भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंमा न्यूनतम तापक्रम शुन्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

‘आजको तापक्रम यो सिजनकै सबैभन्दा कम तापक्रम हो’ बरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो-’जाडोयाम अझै बाँकी रहेकाले तापक्रम घट्न सक्छ ।’ विहानको समयमा तापक्रम न्युन रहेपनि तराई बाहेकका क्षेत्रमा घाम लागेका कारण दिउँसोको तापक्रम भने घटेको छैन । शनिबार काठमाडौंमा अधिकतम तापक्रम १८ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

‘डिसेम्बरका सुरुका दिनमा पूर्वी पहाडी जिल्लामा पानी परेको थियो । तर, अन्य भागमा जाडोयाममा पानी परेको छैन’ श्रेष्ठले भन्नुभयो-’यसले गर्दा दिउँसोको तापक्रम घटेको छैन ।’ श्रेष्ठका अनुसार आगामी दिनमा तापक्रम अझै घट्न सक्छ । ‘अझै २/३ दिन दिन पानी पर्ने सम्भावना छैन । तर, तापक्रम अझै घट्न सक्छ’ उहाँले भन्नुभयो-’पानी नै पर्दैन भन्ने हैन । पानी पर्ने समय बाँकी नै छ ।’

बरिष्ठ मौसमविद् श्रेष्ठका अनुसार यस वर्षको तापक्रम माइनसमा समेत पुग्न सक्छ । पछिल्लो ५ वर्षदेखि काठमाडौंको तापक्रम माइनसमा झरेको छैन । गत वर्ष न्यूनतम तापक्रम जनवरी १४ मा शुन्य डिग्री सेल्सियस थियो ।

3 Comments on “शनिबार काठमाडौंमा यसवर्षकै सबैभन्दा चिसो”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु