नजन्मिदै बच्चाले डाक्टरको हात समाएपछि…. :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नजन्मिदै बच्चाले डाक्टरको हात समाएपछि….

अमेरिकाको एरिजोनाका रेन्डी एटकिंसले आफ्नो छोरी ‘नेवह’ जन्मदाको एक तस्वीर क्रिसमसको दिन फेसबुकमा राखेको केहिबेरमा नै संसारभर फैलियो ।

नफैलियोस पनि किन, प्रसवको क्रममा नेवेहले आफ्नो नाजुक हातले डाक्टरको औला समाएकी थिइन । जतिबेला नेवेह गर्भमै थिइन र उनको हात मात्र बाहिर आएको थियो । सानी नानीको यस्तो कामले डाक्टरहरु समेत चकित भएका थिए ।

नेवेह अक्टोबर ९ मा जन्मिकी थिइन् । रेन्डी र उनकी श्रीमती एलिसियाले यो अश्यर्चजनक तस्वीर क्रिसमसको दिन फेसबुकमा राखेका थिए । डेलिमेलका अनुसार यो तस्वीर नेवेहका बाबु रेन्डीले आफ्नो क्यामरामा कैद गरेका हुन् । रेन्डीले भनेका छन्- डाक्टरले मलाई भने, बच्चाले मेरो हात समात्यो । त्यसपछि म दौडिएर गएँ, अनि तस्वीर लिएँ ।’ रेन्डीका श्रीमती एलिसिया व्यवसायीक फोटोग्राफर हुन् र उनीहरुको आफ्नो फोटो स्टुडियो समेत छ ।

यो समाचार तयार पर्दासम्म उक्त तस्वीर १३ हजार ७ सय ४० ले मनपराइसकेका छन् भने ८ हजार ३ सय ५० ले सेयर गरेका छन् । यसमा कमेन्ट गर्नेले पनि तस्वीर आश्चर्यजनक भएको बताएका छन् ।

11 Comments on “नजन्मिदै बच्चाले डाक्टरको हात समाएपछि….”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु