प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा : पोख्रेल :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा : पोख्रेल

२१ पुस, दाङ । नेकपा एमालेका सचिव शंकर पोख्रेलले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू प्रधानमन्त्री हुने दाउमा रहेको वताउनु भएको छ । उहाँले डा बाबुराम भट्टराई नेतृत्वको सरकार छोडनु परे आफु प्रधानमन्त्री हुनका लागि प्रचण्डले खेल खेलिरहेको आरोप लगाउनु भयो ।
रिपोटर्स क्लब नेपालको दाङ शाखाले शनिवार तुलसीपुरमा गरेको कार्यक्रममा पोख्रेलले भन्नुभयो,’ कि बावुराम कि प्रचण्ड अरु त सबै प्रचण्डले खेलाउने पात्र मात्र हुन ।’ उहाँले एमाओबादी सत्ता कब्जाको रणनीतिमा लागेको आरोप लगाउनु भयो ।  उहाँले एमाओबादीले सत्ता कव्जाकै लागि जानी जानी मुलुकमा यो अवस्था ल्याएको बताउनु भयो ।सचिव पोख्रेलले एमाओबादीले निर्वाचनको कुरा गरेर जनतालाई झुक्याईरहेको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो,’ उसले निर्वाचन चाहेको होईन निर्वाचनको कुरा गरेर सत्ता लम्बाउन चाहेको हो ‘ ।
उहाँले एमाओबादीले सत्तामा टिकिरहेर सत्ता कव्जा गर्न चाहेको समेत दावी गर्नु भयो । पोख्रेलले प्रचण्डको बोलीमा कुनै बिश्वास नभएको आरोप लगाउनु भयो । उहाले भन्नु भयो ‘यदि प्रचण्डको बोलिमा बिश्वास भएको भए सुशिलजी प्रधानमन्त्रि भै सक्नु हुन्थ्यो’ । उहाँले पछिल्लो पटक एमाओबादीले स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार गठन गर्न गरेको प्रस्ताव अरुलाई अल्मलाउने चाल मात्र भएको आरोप लगाउनु भयो ।  अव मुख्य चार दलको सहमतिमा सरकार गठन हुन नसक्ने भन्दै पोख्रेलले अव राष्ट्रपतिले सवै दलको सहमतिमा चुनावी सरकार गठन गर्नुपर्ने समेत बताउनु भयो ।
12 Comments on “प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा : पोख्रेल”
  • narayan wrote on 5 January, 2013, 6:18

    Comrade…प्रचण्डको बोलीमा कहिल्यै नफस्नु… बरबाद हुन्छ….

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Jangbu Sherpa Reply:

    का प्रचण्ड युगपुरुष हुन। जसले समय समयमा सन्धर्भिक र देशले निकास पाओस भनेर थुप्रै विकल्पहरु अगाडि सार्नु हुन्छ । यो कुनै पनि हालतमा बोली फेरेको भन्न मिल्दैन । बरु एमाले र कांग्रेसको न कुनै एजेन्डा छ, खाली हरुवाहरुलाई कसरी प्रधानमन्त्री बनाउन सकिन्छ भन्ने ध्याउन्न मात्रा छ । सबैले यिनिहरुको खराब नियत थाहा पईसकेका छन र अझ का बाबुरामले नबुझ्ने कुरै भएन, किन दीइहाल्छन र रजिनामा ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Raj wrote on 5 January, 2013, 7:30

    boli ko bishwaas ta kunai neta ko pani 6ain….tyasmaa pani prachand ta number 1 maa aau6….!!!!!!!!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 5 January, 2013, 8:57

    Kangresi haru ko puch6r vayara po amale le des bigaryo ta. Eniharulai chahiyako sahamati ki sarkar ? Jantaka lagi kunai ajenda navayaka party lai baburam le sarkar dinu k abasyak 6 ?arulai arop pratyarop lagauna bahek kehi janeko 6aina eniharule.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Basanta Raj wrote on 5 January, 2013, 9:20

    सत्य र चुरो कुरा वल्ल थाहा पाउनुभए जस्तो छ, अब त्यही अनुसार काम गर्नु पर्‍यो नि त ! कलासहितको नाटक गर्दैछन, तपाईंहरु केवल प्रतिकृया दिनुहुन्छ केही गर्न सक्नुहुन्न, जनताले के गर्ने ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sattya wrote on 5 January, 2013, 9:47

    Yaddi yemale parti chunaw garna chahanchha bhane kina sahamatima na aayeko ta? timi Yemaleharu haruwa janatabat bishwash gumayeka netaharulai dhamadham pradhan mantri banaune chakkarma chhau. hoina bhane kina yahi sarkarma sahamati janau ra chunaw garan ta ! kina dherai khokchhau shankar ji !

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • डा. कृष्ण अर्याल wrote on 5 January, 2013, 11:46

    शंकर पोखरेल जी,
    तपाईंको भाषणमा कैयौ पटक ‘एकिक्रित नेकपा माओवादीले सत्ताकब्जा गरेको’ भन्ने शब्दहरु साह्रै खल्ला र स्तरहिन सुनिए । सत्तामा जान नपाएर नै अर्थात तपाईंकै शब्द सापत लिएर भन्दा ‘सत्ताकब्जा’ गर्न नै हैन र तपाईंको आफ्नै पार्टी एमाले, काङ्रेस लगायत अन्य केही साना प्रतिपक्ष दलहरुले सेरेमोनिएलको भूमिकामा रहेका राष्ट्रपतिलाई उक्साएर संबिधानको धारा ३७(१) को हवाला दिदै बाबुराम भट्टराईको सरकारलाई बिस्थापित गरी अर्को सरकार निर्माण गर्न आह्वान गरेको? सहमतिको गति र परिणाम त देखिहाल्नुभयो। छैठौ पटकसम्म आह्वान गर्दा पनि सबै पार्टीहरुको सहमति बटुल्न राष्ट्रपति असमर्थ रहेको कुरा जग जाहेर छ । सहमतिको पुर्वाधार बिना नै पौष २५ गतेसम्म बहाल हुने गरी पुन: सातौ पटक राष्ट्रपतिले, अदालतले मुद्धाको म्याद थपे जस्तो गरी, सहमतिको सरकार निर्माण गर्न भनी सार्वजनिक सुचना प्रकाशित गर्नु आफ्नै उचाइ घटाउने काम भएको छ । सहमतिको सम्भावना न्युन हुँदै गएको अवस्थामा यसरी एकोहोरो रुपमा म्याद थपगर्नुको कुनै अर्थ छैन भन्ने कुरा राष्ट्रपति, एमाले-काङ्रेसका नेताहरुले समयमै बुझ्नुपर्छ । बर्तवान राजनैतीक गतिरोध लम्ब्याउनु भनेको जनतालाई अझ बढी सास्ती दिनु, देशलाई अन्धकारमा धकेल्नु हो । सहमतिको चुनावी सरकार बनाउन वर्तमान सरकारलाई बिस्थापित गर्ने काङ्रेस-एमालेको सोचमा परिवर्तन हुन आवश्यक छ ।
    सहमतिको अभावमा सेरेमुनिएलको भूमिकामा रहेका राष्ट्रपतिले अन्तरिम संबिधानको आधारमा सहमति अर्थात चुनावी सरकारको गठन गर्न सक्दैनन । कसैले पनि पार्टीगत स्वार्थमा देशलाई बन्धक र जनतालाई झुक्काउनु हुँदैन । निकास निस्कने गरी जनतालाई स्प्रष्ट भाषामा भन्न सक्नुहुन्छ । सहमतिको चुनावी सरकार बनाउन वर्तवान सरकारलाई बिस्थापित गर्ने काङ्रेस-एमालेको सोचमा परिवर्तन हुन आवश्यक छ । काङ्रेस नेता शुशिल कोइरालाको पक्षमा न त राष्ट्रिय सहमति हुनसक्छ न त संबैधानिक आधार नै बलियो छ । जनसमुदायले देखेको सबैभन्दा उत्तम बिकल्प र बलियो संबैधानिक आधार हो, सबै पार्टीहरु सम्मिलित भएर डा. बाबुराम भट्टराईको नेत्रित्वमा चुनावी सरकार बनाउन पहल गर्नु र चाडो भन्दा चाडो सहमतिको सरकार निर्माण गरी बैशाखमा चुवाव गर्ने बलियो आधार निर्माण गर्नु ।
    डा. कृष्ण अर्याल

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Sattya Reply:

    you are absolutely right Dr Krishna.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    MANI Reply:

    100% correct

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane arughat, manbu wrote on 5 January, 2013, 15:05

    Dr krishna aryal ji ko kura nikai jayaj ho.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • गोठाले wrote on 5 January, 2013, 18:44

    कसैले पनि पार्टीगत स्वार्थमा देशलाई बन्धक र जनतालाई झुक्काउनु हुँदैन । निकास निस्कने गरी जनतालाई स्प्रष्ट भाषामा भन्न सक्नुहुन्छ । सहमतिको चुनावी सरकार बनाउन वर्तवान सरकारलाई बिस्थापित गर्ने काङ्रेस-एमालेको सोचमा परिवर्तन हुन आवश्यक छ । काङ्रेस नेता शुशिल कोइरालाको पक्षमा न त राष्ट्रिय सहमति हुनसक्छ न त संबैधानिक आधार नै बलियो छ । जनसमुदायले देखेको सबैभन्दा उत्तम बिकल्प र बलियो संबैधानिक आधार हो, सबै पार्टीहरु सम्मिलित भएर डा. बाबुराम भट्टराईको नेत्रित्वमा चुनावी सरकार बनाउन पहल गर्नु र चाडो भन्दा चाडो सहमतिको सरकार निर्माण गरी बैशाखमा चुवाव गर्ने बलियो आधार निर्माण गर्नु ।
    you are absolute right Dr Krishna

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • surendra dhimal wrote on 6 January, 2013, 2:02

    Dr krishan aryal i apperciate you sir this is time you have to say for nation pls keep it.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु