तामाङ समाज युएईद्वारा साँस्कृतिक कार्यक्रमको आयोजना :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

तामाङ समाज युएईद्वारा साँस्कृतिक कार्यक्रमको आयोजना

अबुधावी । हरेक वर्ष मनाउँदै आएको ल्होसार पर्व तामाङ समाज युएईले यस वर्ष पनि भव्यताका साथ मनाउने भएको छ । समाजका उपाध्यक्ष रबिन थिङ् तामाङले दिनु भएको जानकारी अनुसार आगामी फेब्रुअरी ८ तारिख शुक्रबारका दिन दुबई स्थित अस्टोरिया होटेलमा भब्य संस्कृतिक कार्यक्रमको आयोजना गरि धुमधामका ल्होछार मनाइने छ । कार्यक्रमलाई सफल वनाउन समाजका महासचिब सुप्रिम गोले तामाङको संयोजक मा ११ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।

साथै समाजका अध्यक्ष राम मोक्तान तामाङले दिनु भएको जानकारी अनुसार कार्यक्रमलाई थप मनोरन्जनात्मक र प्रभाबकारी बनाउनाको लागि यस वर्षपनि केहि कलाकारहरुलाई नेपालबाट आमन्त्रित गर्ने निर्णय समेत भएको जनाएको छ । जस अनुसार गायिका जमुना योञ्जन तामाङ र रामला पाख्रिन तामाङका साथै गायक सागर एस वाईबालाई यस वर्ष आमन्त्रण गर्ने जनाएको छ । कार्यक्रममा नेपालबाट आमान्त्रित कलाकारहरुका अलावा युएईमा ख्यती प्राप्त कलाकारहरु गायक ज्ञान लामा युएईका कमेडी किङ बले तामाङ तथा देबी लामा, दिपक गुरुङ लगायतका कलाकार हरुको प्रस्तुतिहरु समेत रहने जनाएको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु