दर्शन रौनियार
२४ बर्ष पहिले काठमाण्डौबाट सपनाको खोजीमा अमेरिका पुगेका दर्शन रौनियार अहिले अमेरिकाको नेपाली समुदायका ‘आइकन’ बनेका छन् ।
डेमोक्रेटिक पार्टीका तर्फबाट त्यहाँको तल्लो सदनमा उम्मेदवार बन्ने प्रतिस्पर्धामा जुटेपछि उनी संसारभरका नेपालीमाझ सेलिबि्रटी नै बने । तर, उनको त्यो प्रयास सफल हुन भने सकेन । उनी पार्टीको आन्तरिक चुनावमै हारे । त्यसपछि खासै चर्चामा नरहेका दर्शन विगत डेढ महिनादेखि नेपालका गाउँगाउँ घुमिरहेका छन्, शहरमा नेताहरुलाई भेटिरहेका छन र बिभिन्न दबाव समूहहरुसँग अन्तरक्रिया गरिरहेका छन् ।
खास मिसनका लागि हाल नेपालमा रहेका दर्शनसँग अनलाइनखवरले उनको चुनावी हार, राजनीतिक भविष्य र उनको मिसनबारे गरेको कुराकानी :
यसपटक त लामै समय नेपाल बस्नुभयो, के सन्दर्भमा आउनुभएको हो ?
हो, म नेपाल आएकै डेढ महिना भइसक्यो । नोभेम्बरमा चुनाव सकेर, ओबामालाई जिताएर नेपाल आएको हुँ । नेपालको अवस्थाबारे अलिक विस्तृतमा बुझौं र गाउँसम्मै पुगेर यो देश कसरी चलेको रहेछ भन्ने बुझौं भनेर आएको हुँ ।
कहाँ-कहाँ जानुभयो ?
म हेलम्बु पुगेँ, बीरगंज, चितवन, पोखरा, बाग्लुङ, पर्वत लगायतका ठाउँहरुमा पुगेर स्थानीय वासिन्दासँग अन्तरक्रिया गरेँ । उहाँहरुको जीवनशैली कसरी चलिरहेको रहेछ, के के समस्या रहेछ भनेर जानकारी लिएँ । आफ्नै आँखाले गाउँको आर्थिक, सामाजिक र राजनीतिक अवस्था देख्न पाएँ ।
गाउँको स्थिति कस्तो पाउनुभयो ?
निकै दुःखपूर्ण अवस्था पाएँ । गाउँमा युवापुस्ता नै छैन । बुढाबुढी र केटाकेटीमात्र छन् । अलिकति पढेलेखेका र हैसियत भएकाहरु गाउँमा छैनन, काठमाण्डौ र विदेशतिर छन् । जागिरको खोजीमा युवाहरु अरब कतारतिर गइरहेका छन् । खेती किसानी गर्ने जनशक्ति छैन, उब्जनी हुने खेतबारी बाँझो छन् । शिक्षा र स्वास्थ्य र खानेपानीको अबस्था एकदमै नाजुक छ । मलाई गजव लाग्यो- यसरी पनि गाउँ कसरी चलिरहेको छ ? प्राकृतिक सम्पदा पनि धमाधम नास भइरहेको छ । सवैभन्दा दुःखको कुरा, जनताले सरकारसँग आश गर्न छाडेका छन् । सरकारको भरोसा छैन, राज्यमाथि विश्वास पनि छैन । आफ्नै पौरखले साना जलबिद्युतबाट बिजुली निकालेर काम चलाइरहेका छन् । बाटो, स्वास्थ्य चौकी आफै बनाइरहेका छन् । आफै गर्नु राम्रो हो । तर, राज्यमाथिको भरोसा टुट्नु आफैमा नराम्रो पनि हो । नेपाली जनताले आफ्नो अधिकारबारे सुसुचित भएर राज्यसँग माग गर्न जानेका रहेनछन् भन्ने देखेँ । किनकि सरकारको काम सरकारले गर्ने हो । मलाई त लाग्यो, नेपाली जनता पृथ्वीकै सबैभन्दा धैर्यवान मानिस हुन् ।
यसमध्ये कुन कुराले तपाईलाई सबैभन्दा चिन्तित बनायो ?
सबैभन्दा ठूलो कुरा, देशको राजनीतिक अवस्था खराव छ र जनता निराश छन् । हरेक दिन १७ सयदेखि दैनिक २ हजार युवा रोजगारीका लागि बिदेशिइरहेका छन् । हाम्रो पहिचान नै लेबर क्लासको हुन लाग्यो । मानव बेचबिखन पनि निकै दर्दनाक रहेछ । म हेलम्बु पुग्दा स्कुलमा बिद्यार्थीले अभिभावक नै ल्याउन सकेनन् । किन भन्दा त उनीहरुका अभिभावक सबै बिदेशमा रहेछन् रोजगारीका लागि । यो त हद भयो । मैले यो दर्द शब्दमा ब्याख्या गर्न सक्दिँन । अर्को कुरा, नेपालमा बिदेशी शक्तिहरुको स्वार्थ र प्रभाव पनि बढ्दै गएको देखेँ । भारत, पाकिस्तान, चीन र युरोपेली मुलुकहरुले गाउँगाउँसम्म प्रभाव विस्तार गरेका रहेछन् । खासगरी युरोपेली मुलुक र कोरियनहरुले पैसाको लोभमा हिन्दु र बौद्ध धर्मालम्बीलाई क्रिश्चियन बनाइरहेको देखेको छु । यो त अपराधै हो, यस्तो चिजलाई नेपाल सरकारले रोक्नुपर्छ ।
शहरमा उच्च तहका नेताहरु पनि भेट्नुभयो होला । शहरका नेताहरु गाउँको अवस्थाबारे कत्ति जानकार र चिन्तित छन् ?
चिन्तित त देखेँ तर के गर्ने भन्ने उनीहरुलाई नै थाहा छैन । यो देशमा भिजनसहितको नेता नै देखिँन । मैले राष्ट्रपति, शीर्ष नेता र युवा नेताहरुलाई भेटेँ । केही सुझाव पनि दिएको छु । मुख्य कुरा त नेपालमा भ्रष्टाचार यति बढेको देखेँ कि अब सरकारी अड्डामात्र हैन, निजी क्षेत्र र समाजको हरेक अंग भ्रष्ट भैसकेको छ । समाज पुरै प्यारालाइज होला भन्ने डर भयो ।
गाउँ र शहरका नेपालीहरुलाई भेटेपछि तपाईले के निचोड निकाल्नुभयो ?
यहाँ पार्टी पोलिटिक्समात्र देखियो, देश विकाशको पोलिटिक्स भएन । व्यक्तिको विकाश भइरहेको छ, देशको विकाश हुन सकेको छैन । कुर्सीका लागि मात्र झगडा भइरहेको छ । यहाँ भिजनरी लिडरको सबैभन्दा ठूलो खाँचो देखेँ, जसले मुलुकको विकाश गर्न सकोस् ।
नेपालमा एकएक कालखण्डमा खासखास नेताहरु ‘हिरो’ भएर उदाउँछन् र कुर्सीमा पुगेपछि तत्कालै भिलेनमा बदलिन्छन् र बिश्वास गुमाउँदै जान्छन् । किन यस्तो भएको होला ?
भिजन नभएकै कारण यस्तो भएको हो । शक्तिमा पुगेपछि कसरी मुलुक बिकाश गर्ने, कसरी पावर ब्यालेसन्स गरेर सवैलाई समेटेर लैजाने भन्ने भिजन नभएर त्यस्तो भएको हो । त्यागी बन्न सकेको देखिन्न नेताहरु । नेपालमा युवा पुस्ता राजनीतिप्रति त्यति आकषिर्त छैन । तरल बिदेशमा काम गरिरहेका पेशेवरहरुलाई राजनीतिमा ल्याउन सकिन्छ, केवल यहाँ वातावरणमात्र बनाइदिनुपर्यो । दोस्रो विश्वयुद्धपछि जापानले पनि त्यसै गरेको थियो ।
देशमा १२ घण्टा अँध्यारो छ, पानी छैन, यस्तो विषयमा उहाँहरुलाई लाज लाग्नुपर्ने हो नी । जनताले प्रश्न गर्नुपर्यो अब राष्ट्रपति/ प्रधानमन्त्रीको निवासमा कति घण्टा बत्ति जान्छ ? उहाँहरुको घरमा १८ घण्टा बत्ति जानुपर्ने हो । आफुसँग भिजन नभएर बिदेशमा बसेर सिष्टम बुझेका र ज्ञान भएका मानिसहरुलाई आफ्नो टीममा समावेश गरेर जानुपर्यो । हामी संक्रमणकालमा छौं भन्ने नेताहरुको कुरा चाहिं बेकार हो ।
तपाईको विचारमा अब नेपालमा कस्तो राजनीतिक कदम चाल्न आवश्यक छ ?
अब नेपाल तत्कालै चुनावमा जानुपर्छ, मैले राष्ट्रपतिलाई पनि चुनाव सुनिश्चित हुने गरी मिति तोकेर अघि बढ्नुस् भनेको छु । सबै कुरा स्थगन गरेर चुनाव घोषणा गर्नुस् र नेपाल बाहिर भएका बुद्धिजीवीलाई ल्याएर स्वतन्त्र सरकार बनाउनुस् र स्वतन्त्र चुनाव गराउनुस् । शासकीय स्वरुप कस्तो बनाउने भन्ने कुरा नेताले हैन, जनताले चुन्ने हो, त्यसैले यसमा जनमत संग्रह हुनुपर्छ । यो संयुक्त सरकारको मोडल पनि नेपालमा फेल भइसक्यो ।
नेपाललाई संयुक्त सरकार फापेन ?
त्यो त गएका वर्षहरुका अभ्यासले देखिइसक्यो नि । संयुक्त सरकार भन्ने खाली आफ्नो खल्ती भर्नेमात्र काम भइरहेको छ । त्यतिमात्र हैन, नेपालको पोलिटिकल सिष्टममा पनि परिवर्तन गर्नुपर्छ । युवालाई नेतृत्वको अवसर दिनुपर्छ र निश्चित अवधिपछि रिटायर्ड हुनुपर्छ । एउटै पार्टीमा ४० बर्षसम्म कार्यकर्ता भएर कुर्सीमा पुगेपछि कहाँ छाड्छ त कुर्सी नेताले ? ४० बर्षको उमेरमा प्रधानमन्त्री र राष्ट्रपति हुने सिष्टम बनाउनुपर्यो ।
तपाईले यो सब अध्ययन गर्नुको प्रयोजनचाहिँ के हो ?
मैले नेपालीको कुरा सुन्न, नेपालबारे बुझ्न चाहान्छु । नेपाललाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे बुझ्न चाहान्छु । यो अध्ययनको निचोडलाई मैले प्रतिबेदन बनाएर अमेरिकी कँग्रेस म्यानहरुलाई बुझाउँछु । त्यसपछि नेपालमा सिनेटर र कँग्रेसम्यानहरुको एउटा डेलिगेसन ल्याउने योजना पनि छ । उहाँहरुले हुन्छ भन्नुभएको छ, समय मिलाउने प्रयास गर्दै छु । उहाँहरुलाई यहाँ ल्याएर नेपालको अवस्थाबारे जानकारी गराउने छु । नेपालमा बाहिरी दुनियाँको दबाव जरुरी छ । खास गरी अमेरिकाको प्रभाव बढाउन जरुरी छ ।
अहिलेचाहिँ नेपालमा अमेरिकाको प्रभाव छैन ?
अहिले भएजस्तो मलाई लाग्दैन, प्रभाव रहेको भए त नेपालमा किन कम्युनिष्ट यसरी बढ्थे र ? राजाको शासनकालमा चाहिँ अलिअलि थियो । प्रजातन्त्र आएपछि पछिल्लो २० बर्षमा अमेरिकी प्रभाव घटिरहेको छ । उनीहरुले भारतीय आँखाबाट नेपाललाई हेर्ने भनेका छन् । त्यसलाई सच्चाउनुपर्छ । त्यसो हुनुको कारण हाम्रा लिडरहरुको अमेरिकी लिडरसँग सिधा सम्र्पक र संगत छैन, हाम्रो आवाज उनीहरुसम्म पुगेकै छैन । त्यसैले मैले राजनीतिक तहमा सम्बन्ध स्थापित गर्न खोजेको हुँ । अर्को कुरा अमेरिकाले नेपालमा परिवर्तनका लागि दबाद दिनुपर्छ र भूमिका खेल्नुपर्छ । इजिप्ट, लिबिया, ट्युनिसिया र सिरियामा परिवर्तन आयो, अमेरिकाको अग्रसरतामा क्रान्ति भयो भने नेपालमा किन हुन सक्दैन ? नेपालमा पनि अमेरिकाले प्रभाव र दबाब बढाएर परिवर्तनका लागि भूमिका खेल्नुपर्छ । एसियामा चीनको प्रभावलाई रोक्न अहिले राष्ट्रपति ओबामाले एशियालाई प्राथमिकता दिनुभएको छ । यस्तो अबस्थामा हाम्रो नेपालले त्यसका लागि रणनीतिक भूमिका खेल्न सक्छ ।
नेपाल यसै त बिदेशी शक्तिको क्रिडास्थल बनिरहेको छ, तपाईंले अझै यसमाथि अमेरिकी प्रभाव बढाउन भूमिका खेल्ने हो ?
अमेरिकाले भूमिका खेल्ने भनेको मानवअधिकार, प्रजातन्त्र र स्वतन्त्रताको प्रचार प्रसार गर्नु हो । नेपालमा कम्युनिज्म बढ्नु भनेको अमेरिकाले नेपालमा चासो नदिएरै हो । नेपालमा कुनै पनि देशको प्रभाव बढ्नु राम्रो हैन । त्यसलाई रोक्ने दायित्व त यहाँका नेताहरुको हो नि । तर, हाम्रा नेताहरुमा त्यो भिजन देखिन्न । अमेरिकाले दिने सहयोग पनि पछिल्लो दिनमा कम भइरहेको छ र उसको प्रभाव पनि कम भइरहेको छ । मेरो चाहना नेपालको आर्थिक, सामाजिक र राजनीतिक तहमा अमेरिकाको प्रभाव बढोस् भन्ने हो । यहाँको आर्थिक विकाशमा अमेरिका साझेदार होस् भन्ने मात्र हो ।
अहिले पनि अमेरिकीहरु शरणार्थीका बिषयमा नेपालमा खेलिरहेका छन, क्रिस्चियन धर्म प्रचारमा गाउँगाउँसम्म पैसा सिँचाइ गरिरहेका छन् भन्ने तपाईको बुझाइ छ, अब कस्तो प्रभाव बढाउने हो अमेरिकाको ?
मैले पनि गाउँमा जाँदा पैसा दिएर धर्म परिवर्तन गराइरहेको देखेँ । तर, यो काम अमेरिकीहरुले हैन, युरोपेली मुलुकले गरिरहेको देखेको छु । नर्वे, डेनमार्क र कोरियाबाट पनि मिसनरी ग्रुपहरु आएको देखेको छु । त्यो सरासर अपराध हो, पैसा दिएर, गरिवीलाई माध्यम बनाएर धर्म परिवर्तन गराउन पाइन्न । नेपाल सरकारले नीति बनाएर त्यसलाई तत्काल रोक्नुपर्छ । त्यस्तो कार्यमा संलग्नहरुलाई पक्राउ गरेर सम्बन्धित मुलुक फर्काइदिनुपर्छ । गाउँगाउँमा निकै ठूलो तहमा पैसा लगाएर धर्म परिवर्तन भइरहेको छ, यसप्रति समयमै सचेत हुनुपर्छ ।
अब अमेरिकी चुनावको सन्दर्भमा कुरा गरौँ , डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने अभियानमा लाग्नुभएको थियो । तर, पार्टीको आन्तरिक चुनावमै हार्नुभयो । हार्नुपर्ने अवस्था किन आयो ?
पहिलो कुरा त पैसा नभएकै कारण मैले हारेँ । मेरो चुनावी अभियानका लागि १५ लाख अमेरिकी डलर आवश्यक थियो । तर, मैले दुई लाख २५ हजार डलरमात्र जम्मा गर्न सकेँ । रिस्टोर अमेरिकन डि्रम भन्ने मेरो जुन एजेण्डा थियो, त्यो एजेण्डा मतदातासम्म पुर्याउन मलाई पैसा चाहिन्थ्यो । मेरो क्षेत्रमा साढे चारलाख मतदाता थिए, उनीहरुलाई एउटा-एउटा पोष्ट कार्ड पुर्याउन पनि लाखौं लाख डलर चाहिन्थ्यो । टीभीमा विज्ञापन गर्नुपर्यो, पत्रिकामा मेरो एजेण्डा यो हो भनेर छाप्नुपर्यो । त्यसका लागि पैसा चाहिने हो, पैसा कम भएकै कारण धेरै मतदाताले म उम्मेदवार छु भन्ने नै थाहा पाउन सकेनन् । म मात्रै हैन, गर्भनरदेखि ओबामासम्म सवै आफैं पैसा उठाउन कुदिरहनुभएको थियो । त्यसैले मैले हार्नुको मुख्य कारण म गरिब हुनु नै हो, पैसा भएको भए मैले जरुर जित्थेँ । दोस्रो कारण म पहिलोचोटि उम्मेदवार बनेको थिएँ । यसअघि मेरो कुनै पोलिटिकल करियर थिएन, कुनै पदमा थिइन् । त्यसैले पनि मतदातालाई मेरोबारे जानकारी हुन सकेन ।
नेपालमा झैं त्यहाँ पनि पैसा हुनेले मात्र चुनाव जित्ने अवस्था रहेछ हैन ?
पैसा मुख्य माध्यम हो । ओबामाले एक करोड डलर जम्मा गर्नुभयो र चुनावी अभियानका लागि खर्च गर्नुभयो । मेरो बिपक्षी उम्मेदवार धनी थिइन, उनले आफ्नै ३० लाख डलर खर्च गरिन् र जितिन् । एजेण्डाका हिसावले मेरो उम्मेदवारी सवैभन्दा राम्रो पोजिसनमा थियो । म गरिव मुलुकबाट अमेरिका पुगेर दिनमा २० घण्टासम्म काम गरेर स्थापित भएको मान्छे । अमेरिकनहरुलाई नै मैले रोजगारी दिएको छु । ‘रिस्टोर अमेरिकन डि्रम’ भन्ने मेरो नारा थियो । रोजगारी सिर्जना र स्वास्थ्य सेवालाई मैले प्राथमिक एजेण्डा बनाएको थिएँ । पैसा बाहेक मैले हार्नुपर्ने अरु कुनै कारण थिएन ।
तपाईले २ लाख २५ हजार अमेरिकी डलर चन्दा संकलन गर्नुभएछ, सहयोग गर्नेहरु को थिए ?
अत्यधिक नेपालीहरु नै हुनुुहुन्थ्यो । करिव २ हजार ५ सय जना चन्दादातामध्ये २ हजार २ सय नेपालीहरु नै हुनुहुन्थ्यो । त्यसबाहेक फिलिपिनो, भियतनामी समुदायले पनि सहयोग गर्नुभयो । तर, मेरो उम्मेदवारीको मुख्य आधार र खर्चको स्रोत नै नेपाली समुदाय थियो । यसका लागि मा उहाँहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । नेपाली समुदायकै कारण मेरो उम्मेदवारी ‘क्रेडिवल’ र सम्भव भएको हो । मिडियाले पनि दर्शनका पछाडि नेपाली समुदायका २ हजार मानिस छन् भनेर समाचार छापेका थिए । मलाई त्यहाँको समुदायले पनि सबैभन्दा प्रभावशाली उम्मेदवार भनेका थिए ।
नेपाली समुदायको खासै ठूलो आकार र भूमिका नभएर हार्नुभएको हो कि ?
मेरो क्षेत्रमा निकै कम नेपाली हुुनुहुन्थ्यो । एक डेढसय मात्र । तर, अमेरिकामा करिव ५९ हजार नेपालीहरुले अमेरिकी नागरिकता र ग्रिनकार्ड पाउनुभएको छ । उहाँहरुले दश-दश डलर दिए पनि पैसा जम्मा हुनसक्छ ।
तपाईलाई पैसा हालिदिने नेपाली भए पनि उम्मेदवार त स्थानीय अमेरिकी धेरै थिए । उनीहरुले खासै साथ नदिएर हार्नुभएको पो हो कि ?
हैन, उहाँहरुले पनि मलाई निकै साथ दिनुभयो । एजेण्डाका हिसावले म निकै बलियो थिएँ । मलाई १० हजार मतदाताले पत्याउनुभयो नि । डेमोक्रेटिकबाट हामी पाँचजना थियौं, डेमोक्रेटिकको भोट करिव ७० हजारमात्र हो । म चुनाव प्रचारका लागि ४-५ हजार घरमा आफैं पुगेको छु । मेरी वृद्धा आमा, ६ वर्षको छोरा र प्रचारमा खटिएका स्टाफहरु पनि घरघरमा पुग्नुभयो । उहाँहरुसँग मेरो एजेण्डा बताउनुभयो र भोट माग्नुभयो । मैले हारे पनि मेरो पोजिसन बनेको छ ।
नेपालमा त मतदाताले पानी, बिजुली, जागिर माग्छन् । त्यहाँका मतदाताले तपाईसँग के मागे ?
त्यहाँ माग्नु भन्दा पनि म कसरी उत्तम उम्मेदवार हुँ भनेर सावित गर्नुपर्छ । जस्तो मैले रोजगारीमा फोकस गरेको थिएँ । मैले भनेको थिएँ- अब फि्र ट्रेड हैन, फेयर ट्रेड हुनुपर्यो भन्ने मेरो एजेण्डा थियो । अमेरिकाले सवैलाई यहाँ आएर बिजनेस गर भनेर खुला गरिदिएको छ, तर विश्वका अन्य देशले अमेरिकी उत्पादन आफ्नो मुलुकमा बेच्न दिएका छैनन् । जसले अमेरिकी उत्पादन बेच्न दिन्न ती देशका उत्पादन अमेरिका बेच्न दिनुहुन्न भन्ने मेरो कुरा थियो । वृद्धावृद्धाहरुका लागि सामाजिक सुरक्षा, स्वास्थ्य सुविधाको पनि मैले वकालत गरेँ । सबैभन्दा ठूलो कुरा, म संर्घष गरेर स्थापित भएको हुँ भनेर आफ्नो औचित्य पुष्टि गर्थें । हरेक घरमा मैले अक्सर तीन मिनेटभित्रै आफ्नो एजेण्डा बताइसक्थेँ ।
तपाईले जितेको भए नेपाल र नेपालीका लागि के फाइदा हुन्थ्यो ?
पाँचवटा कुरा हुन सक्थ्यो । पहिलो, नेपाल र नेपाली समुदायको पहिचान विश्वव्यापी रुपमा राम्रो हुने थियो । दोस्रो, अमेरिकामा रहेका नेपाली समुदायको प्रतिनिधिका रुपमा उनीहरुका समस्या समाधानका लागि पहल गर्ने थिएँ । तेस्रो, अमेरिका र नेपालवीच म पुल बनेर काम गर्ने थिएँ । अमेरिकाले अहिले नेपाललाई भारतीय आँखाबाट हेर्ने जुन नीति लिएको छ, त्यसलाई बदल्न लबिङ गर्थेँ । नेपाललाई एउटा सामरिक केन्द्रका रुपमा विकाश गर्न र पूरै दक्षिण एशियाली समुदायको प्रतिनिधित्व गरेर नीति निर्माणमा सघाउने थिएँ । चौथो, अमेरिकामा नेपाली समुदाय एउटा ठूलो भोटिङ ब्लक हो, त्यसैले हामीलाई प्राथमिकता देऊ, हाम्रा समस्या पनि समाधान गर भनेर लविङ गर्ने थिएँ । अनि पाँचौं कुरा, अमेरिकामा नेपालीको पहिचान केवल बिद्यार्थी, ब्यापारीमात्र हैन कि राजनीतिज्ञका रुपमा पनि बनाउन सक्ने थियौं । म कँग्रेस म्यान बन्नु भनेको हाम्रा सन्तानहरु भोलि अमेरिकी राष्ट्रपतिको चुनावमा उठ्न पाउनु पनि हो । त्यसैले नेपालीको पहिचान राजनीतिक तहमा पनि हुने थियो ।
तपाईले हार्दा यी सबै सम्भावनाहरु गुमेका हुन् त अब ?
त्यसो हैन । मेरो हार नै जीत हो भन्ने गरेको छु । किनभने अहिले म पहिलोचोटि लड्दा पनि निकै राम्रो रेस्पोन्स पाएँ । पार्टीले मलाई ‘क्रेडिवल क्यान्डिडेट’का रुपमा लिएको छ । मलाई पनि के आत्मविश्वास भएको छ भने म कुनै न कुनै दिन, कुनै न कुनै पदमा जित्छु, अमेरिकामा मेरो पोलिटिकल करियर सुरक्षित छ ।
भन्नुको अर्थ राजनीतिक करियरको जग राम्रो बनेको छ भन्नेमा तपाई विश्वस्त र आशावादी हुनुहुन्छ ?
हो । मलाई कसैले ग्रुम गरेको हैन, पोलिटिक्समा मेरो कुनै गडफादर छैन, कसैको पछि लागेर यो स्थापनमा पुगेको हैन । जेजति गरेँ, मेरो आफ्नै क्षमताले गरेँ । यस्ता उम्मेदवार निकै कम हुन्छन् । त्यसैले मैले पोलिटिकल करियर छाड्दिन । त्यहाँ सफल भएरै छाड्छु ।
चुनाव प्रचारका दौरान कुनै रोचक अनुभव छन् ?
नेपाली समुदायमा चन्दा संकलन अभियान चलाएको थिएँ । त्यहाँका ४० वटा राज्यबाट सहभागी हुनुभयो । एकजना कनेटिकटमा बस्ने बहिनी हुनुहुन्थ्यो । उहाँ डिभी परेर जानुभएको रहेछ । तर, उहाँको श्रीमान दुर्घटनामा परेर तीन महिनादेखि कोमामा हुनुहुँदो रहेछ । त्यस्तो अवस्थाको श्रीमानलाई छाडेर उहाँ मेरो चन्दा संकलन अभियानमा आएर २५ डलर दिनुभयो । त्यो देखेर मेरो आँखामा आँसु आए । बिचरा उहाँलाई पैसाको निकै समस्या थियो, एकएक डलरको महत्व थियो, तर मलाई चन्दा दिएर जानुभयो ।
अर्को एकजना हुनुहुन्थ्यो ट्याक्सी ड्राइभर । बेलाबेला फोन गर्नुहुन्थ्यो । उहाँ ट्याक्सी चलाइरहेका बेला पनि रोकेर आफ्नो क्रेडिट कार्ड नै दिनुहुन्थ्यो । उहाँको मप्रतिको लगाव देखेर साँच्चै भावविह्ल हुन्थेँ । चुनाव प्रचार दौरान जब म घरघर पुगेँ, निकै पीडीत अमेरिकीहरु पनि देखेँ । रोजगारी छैन, शहर खाली खाली छन, कारखाना बन्द भइरहेका छन् । राजनीतिज्ञहरु हाम्रा कुरा सुन्न आउँदैनन, हामीले सिनेटर र कँग्रेसम्यान देखेकै छैनौं भन्थे । म गएर उनीहरुका समस्या सुन्दा दंग परे । ठूलो पानी परिरहेका बेला म एउटा घरमा भोट माग्न पुगेको थिएँ, ती महिलाले मलाई भोट दिने बचनमात्र दिइनन्, खुसी भएर छाता दिँदै भनिन्- पानीमा भिज्यौ भने बिरामी पर्छौ र चुनाव हार्छौ, त्यसैले छाता ओढेर जाऊ । उनीहरुको मप्रतिको भरोसा देखेर म अचम्म मान्थेँ ।
तपाईं त मतदातादेखि त्यहाँका नेतासम्म सम्र्पकमा हुनुहुन्छ, नेपालबारे थाहै नभएका अमेरिकन पनि होलान् । कसरी चिनाउनुहुन्छ ?
हो, धेरै नेताहरुलाई नै थाहा छैन नेपालबारे । मैले सगरमाथाको देश भनेर चिनाउँथे । भारत र चीनको बीचमा छ भन्थेँ, खासगरि हिमालय, ट्रेकिङ, गोर्खा र गौतम बुद्धको कुरा गर्थेँ । यति भनेपछि उनीहरु नेपाल भनेर चिनिहाल्थे । तर धेरै कँग्रेसम्यानहरुलाई नै नेपाल कहाँ छ भन्ने थाहा छैन ।
अमेरिकाको नेपाली समुदायमा राजनीति गर्ने नेपालीहरु कति छन् ?
त्यहाँको राजनीतिमा संलग्नहरु त मैले खासै भेटिन । त्यहाँ ५० बर्षदेखि बसिरहेका नेपालीहरु पनि भेटेँ । तर, राजनीतिमा संलग्न छैनन् । शिक्षामा नेपालीको स्थान राम्रो छ, धेरै सम्मानित प्रोफेसरहरु हुनुहुन्छ, ब्यापारमा हुनुहुन्छ तर राजनीतिमा भने हुनुहुन्न । तर, मेरो चुनाव प्रचारका दौरान मैले त्यहाँका नेपालीहरुलाई सक्रिय राजनीतिमा ल्याउने प्रयत्न गरेको छु । आफैले पनि एउटा टीम बनाएको छु । जसले भोलि सक्रिय राजनीति गर्न सकोस् । मैले उहाँहरुलाई भनेको छु- अमेरिकामा नेपालको राजनीति गर्ने हैन, यहाँको समुदायको राजनीति गर्ने हो । बरु साना-साना पदहरु जस्तो सिटी काउन्सील, काउन्टी काउन्सील वा स्कुल बोर्डमा उठ्नुस् । तर, समुदायमा आफुलाई भिजाउन सुरु गर्नुस् भनेको छु । नेपालको राजनीतिक दलको झण्डा बोकेर राजनीति गरेर, म कांग्रेस, म एमाले, म माओवादी भनेर राजनीति गरेर केही अर्थ छैन भनेको छु । मेरो उम्मेदवारीले सायद नेपाली समुदायमा राजनीतिकर्मीहरु जन्मिन सहयोग गर्ने छ । मैले बाटो देखाइदिएँ ।
राजनीतिबाहेक उच्च तहमा पुगेका नेपालीहरु कति छन् अमेरिकामा ?
मैले त धेरै भेटेको छैन । नेपाली प्रोफेसरहरुको संख्या राम्रै छ । सेनामा पनि एक दुईजना नेपाली भेटेको छु । अनुसन्धान संस्थाहरुमा काम गर्ने, चिकित्सक, नर्स लगायत टेक्निकल फिल्डमा पनि धेरै नेपाली छन् । तर, अन्य क्षेत्रको टप लेभलमा पुगेको देखिन्न । त्यहाँ आम नेपालीहरु संघर्षकै अवस्थामा छन् । ग्रोसरी सप, ग्यास स्टेशन र रेष्टुँराहरुमा काम गर्ने नेपालीको संख्या धेरै छ । पछिल्लो समय नेपालीहरुले रेष्टुँरा चलाउने क्रमचाहिं खुब बढेको छ ।
डायस्पोराकै कुरा गर्दा विश्वका अन्य मुलुकमा नेपालीहरु व्यापार-व्यवसायमा स्थापित भएको देखिन्छ । तर, अमेरिकामा किन नेपालीहरु बिजनेसभन्दा जागिरतिर बढी लागेका होलान् ?
मुख्य कारण त त्यहाँ सबै क्षेत्रमा हुनुपर्ने जति काम भइसकेको छ । अर्थात् नयाँ अवसर निकै कम छ । बिजनेस भन्या त नयाँ अवसर भए न चल्ने हो । एकदम नयाँ मार्केट एक्सप्लोर गर्नुपर्छ र पैसा पनि चाहिन्छ । त्यसैले नेपालीहरु बिजनेसको रिस्क लिनेभन्दा पनि जागिर खानेमै केन्दि्रत देखिन्छन् । जागिरमा अल्भिmएपछि त्यहाँबाट उक्लिन गाह्रो हुन्छ ।
नेपालको नयाँ पुस्ता राजनीतिलाई ‘डर्टी गेम’ भन्दै टाढै रहन खोजेको देखिन्छ । अमेरिकामा चाहिं युवापुस्ताको राजनीतिमा संलग्नता वा लगाव कस्तो पाउनुभयो ?
त्यहाँचाहिं चासो दिनुपर्ने कारण नभएर पनि हो । धेरै चाहिँ जागिर खानेतिरै ध्यान दिन्छन्, राजनीतिसँग कुनै मतलव छैन । आप्रवासी अमेरिकनहरुको भने राजनीतिप्रति चासो बढ्दै गएको पाइएको छ । पहिले पेशा व्यवसाय गर्ने अनि राजनीतिचाहिँ अन्तिममा गर्ने जस्तो कल्चर छ ।
अमेरिकामै हुर्किरहेको नेपाली दोस्रो पुस्ताचाहिं कस्तो प्रवृत्तिको छ ? नेपालसँगको नाता पनि नहुने र अमेरिकन नागरिकहरुसँगै घुलमिल पनि हुन नसक्ने अबस्था त हैन ?
दोस्रो मात्र हैन, अमेरिकामा नेपाली तेस्रो पुस्ता पनि आइसक्यो । परिवार-परिवारले नेपाली भाषा, संस्कृति जोगाइराखेका कारण नेपालीपनदेखि बिमुखै हुने अवस्था त छैन । नेपाली संघसंस्थाहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्छन्, नेपाली भाषाका विद्यालय पनि चलिरहेका छन् ।
त्यहाँका नेटिभ अमेरिकनसँग घुलमिल गर्ने र उनीहरुसँग प्रतिस्पर्धामा खरो उत्रिने कुरामा चाहिँ नेपाली मूलको नयाँ पुस्ता अलिक पछाडि नै छ । पहिलो कुरा त हामी भारतीय, दक्षिण एशियाली र एशियाली समुदायसँग घुलमिल हुन सक्नुपर्यो । कुनै कुनै राज्यमा त्यस्तो देखिन्छ । तर, वृहत रुपमा भएको देखिन्न । त्यसपछि मात्र स्थानीय अमेरिकीसँग घुलमिलको कुरा आउँछ ।
उम्मेदवार बनेपछि थुप्रैपटक नेपाल आउनुभयो । नेपाली नेताहरुसँग पनि भेट हुन्छ होला । उहाँहरु के भन्नुहुन्छ ?
उहाँहरुले शुभकामना दिनुहुन्छ, बधाइ दिनुहुन्छ । हाम्रो नेपालीले अमेरिकाको राजनीतिमा करियर बनाउँदै छ भनेर गौरव गर्नुहुन्छ । मेरो अनुभवबारे पनि सुन्न खोज्नुहुन्छ । प्रधानमन्त्री बाबुराम भट्टराईले त अघिल्लो एनआरएन सम्मेलनमा मेरो नामै लिएर तारिफ गर्नुभएको थियो । अन्य नेताहरुले मलाई राम्रो हौसला दिनुभयो । नेपाल-अमेरिकाको सम्बन्ध राम्रो बनाउन सहयोग गर्नुस् भन्नुहुन्छ ।
अब तपाईको योजना के छ ?
अमेरिकन साथीहरुले कुनै न कुनै पोजिसनमा बस्नुस् भन्नुभएको छ । काउन्टी लेभलमा पनि एउटा पोष्ट खाली छ । त्यहाँ बस्दा पछि कँग्रेसम्यानमा लड्न पनि सकिन्छ र जित्न पनि सहज हुन्छ भनेर साथीहरुले भन्नुभएको छ । अब गएर बुझ्छु र कुनै न कुनै पोजिसन लिन्छु ।
तपाई अब पेशेवर राजनीतिज्ञ बन्ने कि आफ्नो व्यवसायलाई पनि सँगसँगै लैजाने र साइड जबका रुपमा मात्र राजनीतिमा लाग्ने ?
अब त फुललाइम पोलिटिक्स नै होला जस्तो छ । म व्यवसायमा थिएँ, अहिले व्यवसायमा सक्रिय छैन, सेयर होल्डर मात्र छु । मेरो योजनाचाहिं व्यवसाय भन्दा पनि पूर्णकालीन राजनीतिमा लाग्ने नै हो । कुनै दिन कँग्रेसम्यान बन्ने नै हो । त्यसका लागि प्रशस्त अवसर पनि देखेको छु ।
ko ho yo america ko agent?
America ko influence badhaunuparchha po bhanchha baa !
Like or Dislike:
21
16
[जवाफ फर्काउनुहोस्]
yo ta america ko pucchar po jasto lagyo baaaa
Like or Dislike:
16
20
[जवाफ फर्काउनुहोस्]
hahahahahaha haso lagyo yasto kura sunera manche haru pani kasta kasta hudo rahecha yerrr
Like or Dislike:
10
13
[जवाफ फर्काउनुहोस्]
Nepali ko cover ma American nagarik ko furti !!! American hastakshep hamilai swikarya chhaina. Nepali Neta haru le aba pai bujhdainan vane aachi khaye hunhha.
Like or Dislike:
10
12
[जवाफ फर्काउनुहोस्]
mahasay jiu aafu chahi kun thau ma ho nepalmai ho ki america ko chakari gardai ho
Like or Dislike:
8
8
[जवाफ फर्काउनुहोस्]
ramro ho kinaki yesma duita kura chan , hamro manle positive soche ramro ho hamro man negative cha ta ramro bhanne kurai bhayena tara mero lagi ramro lageko hunale hardik badhai ra jebanko pargatiko kamana chahanchu .
Like or Dislike:
14
2
[जवाफ फर्काउनुहोस्]
uha ko kura bhujnai garo uhale syria .libiya ma jasto ameriki hastachep bhannnu bhako ho .ke yo des haru ma bhako hasta chep ramro cha ra .sakne bhaye sakaratmak kura tarpha lagna mahasaya lai anurodha cha .
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
kasto bebakuf rai6 yo man6e? Americako hastakshep badhaune re. Nepal lai siriya, irak, libiya banaune sonch ho yasko. Yaslai turunta nepal bata lakhetnu par6.
Like or Dislike:
5
6
[जवाफ फर्काउनुहोस्]
khedau yeslai america tirai…
Like or Dislike:
5
10
[जवाफ फर्काउनुहोस्]
Jati khoki pani NRN ho Nepal ma thau chhaina.. netalai gali garnu gryo ani malai Babu Ram le namai liyer bhannu bhayo bhaner garva garchha..
Like or Dislike:
7
7
[जवाफ फर्काउनुहोस्]
मेरिकामा आन्तरिक पार्टी को निर्वाचनमा पराजित भएक दर्शन रौनियार भन्ने मान्छेको अन्तर्वाता पढ्न पाइयो र उनले आफ्नो घमन्ड लाई राम्रो सित उजगार गरेका छन। उनी के बोल्छन त्यो उनको ब्यक्तिगत कुरा हो। तर आपतिजनक यसमा हो कि उनी के भन्छन भने रास्ट्रपती लाई यो सल्लाहा दिए , दलहरु लाई यो सल्लाहा दिए , युवा नेताहरु लाई यो सल्लाहा दिए , नेपालमा राम्रा मान्छे छैनन , बिदेशमा बस्ने नेपालीहरु लाई ल्याएर सरकार बनाउनु पर्यो आदी इत्यादी। उनी को हुन यसरी नेपालको राष्ट्रपती लाई यो सल्लाह दिए भनेर भन्ने। हिम्मत छ भने नेपालमा फर्केर राजनीति गर/ हो नेपालीदलहरुमा र नेताहरु मा धेरै कमजोरी छन तर रौनियार जस्ता हरु जो अमेरिकन को स्वार्थी राजिनिती नेपालमा घुसाउने नियोजित सल्लाह को जरुरुत छैन। हाम्रो देश का राष्ट्रपती पनि के भएका हुन बिदेशमा बसेको त्यो पनि अमेरिका जापान र युरोप बसेका र टाइ लगाएर बेकारका गफ चुटेन हरु लाई भेट दिने तर एरपोर्ट मै इज्जत लुटिएका, खाडी देशमा चरम शोषण परेका हरु लाई उनी भेट्न त परै जाहोस रास्ट्र्पती कार्यलय को ढोका बाट भित्र पनि छिर्न दिदैनन।
यि बेकार का गफ चुटेन हरुका अन्तरवार्ता छाप्ने अल्पपत्रकारहरु देखेर पनि गजब लाग्छ।
Like or Dislike:
33
14
[जवाफ फर्काउनुहोस्]
प्रतिक्रया दिने नेपाली दाजु भाई दीदी बहिनीहरू , सुन्नुस! दर्शन अमेरिकाको एजेंट होइन । उहाँले त अमेरिकाको इन्फ़्लुयेन्स मात्र बढाउनु पर्छ भन्नु भएको छ । दिमाग ले राम्ररी सोचम। नेपालमा अमेरिकाको सैनिक अखाड़ा खोलुम भनेको छैन। तिमी झारेहरु, के फुर्ती गर्छस ! बिदेशको सहयोग न आएको भये भोक भोके मर्थिस। जुन देशका जनता त एडमा बांच्या छ उसको फुर्ती ? याद गर, नेपाल जलास्रोतको धनि भनेर ढांक दिन्छ तर जाबो एउटा पानी त राजधानीको मान्छेलाई ख्वाउनु सक्या छैन, गाऊं को त कुरै छोदम । आफै सोचम कसरी देश बिकाश गर्ने भनेर। क्रिसिसाइज मात्र गरेर नबसम । यी चोर फटाहा नेताहरूलाई जेलां कोचम ।
Well-loved. Like or Dislike:
46
13
[जवाफ फर्काउनुहोस्]
Baniya Reply: January 26th, 2013 at 12:12 pm
Kohe pani Neprican haroo le foorti nalaye pani hunchha. Dv parera, Buddhist Monk Banera, Political refugee banera, Program liyera gayera bhagera, wa versatile visa ma America gaye vandaima hijo America janoo bhanda agadi ko situation birsana laaj Lagdaina. Desh lai America ko gulaam banauna chahanchhau haina timiahroo? Feri kina Nepali sanskriti jogayekachhau bhanera dhong garna paryo?Pahila timiharoo jasto Neprican haroolai rokna parchha…..
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
प्रतिक्रया दिने नेपाली दाजु भाई दीदी बहिनीहरू , सुन्नुस! दर्शन अमेरिकाको एजेंट होइन । उहाँले त अमेरिकाको इन्फ़्लुयेन्स मात्र बढाउनु पर्छ भन्नु भएको छ । दिमाग ले राम्ररी सोचम। नेपालमा अमेरिकाको सैनिक अखाड़ा खोलुम भनेको छैन। तिमी झारेहरु, के फुर्ती गर्छस ! बिदेशको सहयोग न आएको भये भोक भोके मर्थिस। जुन देशका जनता त एडमा बांच्या छ उसको फुर्ती ? याद गर, नेपाल जलास्रोतको धनि भनेर ढांक दिन्छ तर जाबो एउटा पानी त राजधानीको मान्छेलाई ख्वाउनु सक्या छैन, गाऊं को त कुरै छोदम । आफै सोचम कसरी देश बिकाश गर्ने भनेर। क्रिसिसाइज मात्र गरेर नबसम । यी चोर फटाहा नेताहरूलाई जेलां कोचम ।
Like or Dislike:
21
9
[जवाफ फर्काउनुहोस्]
yesto buddhi bhayeko manche rahecha ani kina naharos ta?? america ko prabhav badhaunu parcha re?? paisa nabhayera chunav hareko re??? kasto hawa dari kura gareko hola ani kaha jitcha ta??? yesto lai nepal auna nadiye nai besh huncha…nepali ko naam ma kali dhabba yesto le ta ho ni desh bechne…
Like or Dislike:
8
9
[जवाफ फर्काउनुहोस्]
Baniya Reply: January 26th, 2013 at 12:17 pm
Sahi bahneko ho Hem bro. Paisa navayera tallo sadan ko chunav harne le voli gayera mathillo sadan ko chunav ladna Nepal kai Dau launa pani berr chhaina!! Hosiyaar yasta Neprican haroo dekhi…Hami labour class ko re..Yini haroo chyahi toilet cleaner, sweeper, Beer top up garne, dish washer, Potter garera Dollar$ kamaye vandaima aroo sabai inferior?
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
नेपालको राजनीतिक दलको झण्डा बोकेर राजनीति गरेर, म कांग्रेस, म एमाले, म माओवादी भनेर राजनीति गरेर केही अर्थ छैन भनेको छु ।
Like or Dislike:
14
1
[जवाफ फर्काउनुहोस्]
नेपालको राजनीतिक दलको झण्डा बोकेर राजनीति गरेर, म कांग्रेस, म एमाले, म माओवादी भनेर राजनीति गरेर केही अर्थ छैन|
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
the only good person,,, staying @ us and still wants the changes of nepal. im proud of this…. keep it up.!!!!!!
Like or Dislike:
10
5
[जवाफ फर्काउनुहोस्]
Baniya Reply: January 26th, 2013 at 12:19 pm
Nepal ko paristhiti lai agenda banayera American Strategy liyera aaune ho bhane timiharoo jasto Neprican naaye pani hunchha….
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
kehi kura thik pani lagyo..bt kehi kura le dukhi banayo…syria,libia jasto….
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
yo hawadari ho jaba usa ma 2500 jana chanda dinay madhya 2200 ta nepali nai cha bhanay yesko k pahuch amerikako rajnitima, bahalwala ko ta pahuch huna garo huncha teha, yo manchay ta kangress ko umedwar pani haina, yeni ta umedwarko lagi pani umedwar matrai ho. laatako desh maa gaad tanneri banna aayeko matrai ho, American banayra.
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
kuro ta thikai ho tara hamro jasto deshko aagwa le kai na gare pa6e janta ta bidesh jani paryo ni aafno jiwika chaluna lai hamro desh ka karnadhar haru aarka ko desh ko nokar bhayera basi rakhda kaha ramailo lag6 ra..
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
अमेरिकी र युरोपेली प्रभावले नै देश चली रहेको छ. यत्रा आई.एन.जी.ओ. हरुले डलर मुखमा कोंचेर हुन्छ की विदेश यात्राको प्रलोभनले हुन्छ नेपालको ब्यूरोक्रेसीलाई र नेतालाई गुलाम बनाएर राखेका छन.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Rauniyar ji, Ameriki Gent ko Nepalma Basne sthan 6aina, Arko Christian ko biridh Garne Christian rastra USA ma basna laj lagdaina?
Like or Dislike:
3
13
[जवाफ फर्काउनुहोस्]
kura thikai ho, Nepal ma United States ko influence badhdyo bhane hami sabai lai faida nai huncha, US le aafno swartha pura garne jastai oil ra natural resources nabhayeko thau athawa long term strategic intrest nabahyeko desh ma kahile pani pratkkchya hastachap gardaina. US ma Nepal ko prabhav badhda bishwa rajniti ma Nepal ko sahabhagita badhcha. tyesbata Financial aid ra technology, investment pani ramrai bhitryauna sakincha. tyata patti pani sochau na. khali kura lai ektarfi rup ma matrai bujhne Nepali haru ko “vedo” bani tyagda ramro huncha. US sanga najik bhayera sansar ka thuprai desh le ramro pragati gareka udharan haru lai pani herum.
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
Baniya Reply: January 26th, 2013 at 12:22 pm
Neprican Murdabaad…Nepali bahyera lekha bhai……
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Yesta bidesi bharaute fataha haruko paani kura sunera hunchha raa ? aafno desh ko pida ra byatha taa hami swadeshi nagarik lai po thaha chha taa. Ameriki dadagiri prabritti kina hamro deshma ghusaunu paryo ra ? Samay aaye paachhi hamro desh maa paani euta sachcha neta udaune chha raa aahileka yee chor netaharu ko nash gari desh lai sahi marga maa lane chha. Nepal lai Kunai paani bidesi gulam haru ko sallah chahidaina.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
daile sabai kura ramro garnu bho tar nepalko party yo ramro yo naramro bhani nabhanekai ramro huntyo.
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
यी व्यक्ति त्यति माथि होइनन भन्ने मेरो व्यक्तिगत बुझाई हो, हुन् पनि सक्लान ….उमेद्वार भनेको त नेपालको संसदीय निर्वाचनमा कति र कस्ता हुन्छन ? रौनियारले कति प्रतिसत भोट पाए , त्यो पनि आफ्नै पार्टीमा ? गफै ठुला ….उफ …. . /
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
SP Chaudhary Reply: January 7th, 2013 at 11:30 pm
He received only about 1.8% of the vote casted in his primary election.
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
America ko nagiraita liyar aaila badhi janne hunu parkao hola ne himmat cha bhane aba farkara aayra nepal ko rajniti safal bana ani balla 3 karoe nepali janalata taila bhanko kura manna chan and biswas garnechan natra jhuto aasha dine neta ta nepal ma nai dharai chan taro kuani jarurat chaaian neta jiu …
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
Nepali haru ko icon re? Democratic party bata nominate hune chunab ma 1% vote lyaeko ho elle. I didn’t hear any bright ideas from him either..
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
म दर्शनजिको बिचारप्रति सहमत हुन सकिन। उहाँको अभिब्क्तिवाट यो कुरा देखिन्छ कि, उहाँ निक्कै घमन्डी र अर्काको भावनाको कुनै मतलब नराख्ने ब्यक्ति देखिन्छ। नेपाललाई सहयोग गर्ने भन्दा नेपाली लाई गरिब, पिछडिएको भन्दै हेला गर्दै त्यैसैलाई आफ्नो ब्यबसाय बनाएर नाम र दाम कमाउन लागिपरेको देखिन्छ। नेपालमा अमेरिकाको प्रभाब बढाउने होईन, नेपाली लाई अमेरिकन र पश्चिमिहरुले गरेको प्रगति को अनुसरण, र प्रेरणा दिने काम गर्नु पो राम्रो।
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
दर्शनजीले प्रभाव भन्नु भएको हो। प्रभाव भनेको दुइ किसिमको हुन्छा,राम्रो अनि नराम्रो। पोसितिव अनि नेगतिव .नेपालमा अमेरिकाको राम्रो प्रभाव बदौना पर्छ भनेको हो मुर्ख हरु। कुकुरलाई घेउ पच्दैन भनेको येही हो। खाडी मा गएर महिनाको $400 कमौना थाल्येउ अनि लप्तोप मा बसेर समाचार पढ्ने हैसियत बनायेउ भन्दैमा येत्रो फुर्ति छै गर्न पर्दैन है। बोल्न पायो भनेको प्याछा नबोल्नु अनि बस्न पायो भन्दैमा जून देश को नेताले गर्दा आज खाडीमा कुल्ली भएका छौ अजै तेही देशको नेताको पछि लाग्छु?? थुक्क तिमीहरु को बुद्धि सधै नीच सोचाई मा नै सिमित हुने भयो। गू का कीराहरू गू भयेक केहि तह हुदैन।कुवाका भगुतहरुयु थ्यछा नबस्नु। little knowledge is dangerous भन्छन साछी हो रहेछ। टेस्ट फाइल भएकाहरु ले कमेन्ट गर्ने अवसर पाए पछ्ही त बादरको हात मा नरिवल जस्तो भयो। जिन्दगि भर नै कुल्ली, ढाक्रे, दास भएर बस्ने विचार छ मुसलमान को कोर्रा खाएर??? समय भएको बेला मा पढ्ने गर, ज्ञान बढौ अनि समिक्ष्य गर्न सक्छौ ठुला मान्छे ले भनेको कुरा। अमेरिका भन्ने बित्तिकै रिस देखौन पर्दैन। अमेरिका ले राम्रो कुरा पनि गरेको छ संसारमा।
Like or Dislike:
3
4
[जवाफ फर्काउनुहोस्]
Baniya Reply: January 26th, 2013 at 12:30 pm
Timi haroo jasto Neprican muji haroole pani foorti nalaye pani hunchha….timiharoo chyahi laundryman, waiter, driver, potter, dishwasher, sandwichmaker, aadi ityadi dollar ma khaye bhanera foorti nagaro.timi haroo America ko 3rd class manchhe hau ra timharooko haisiyaat pani tyahi ho.Nepali lekhera Neprican koora garna laaj lagdaina talai?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Darshan like people who wants Human Rights, peace and progress in our country should be always invited and given some space
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
Chor amerika ko dalal …..tero nepal ma kam xaina..
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
Yasta rajnitik agenda banyayera ghoospaith garna khojne harek Neprican dekhi hosiyaar hunaparchha…..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]