कृष्ण अविरल
‘नेपालको प्रहरी अरु कुरामा वद्नाम भए पनि अपराधको अनुसन्धान गरेर दोषी पत्ता लगाउनमा छिमेकी मुलुकभन्दा एक कदम अगाडि छ । …कुनै पनि केशमा प्रहरीले अपराधी पत्ता लगाउन सकेन भने सम्झनू, दाल मे कुछ काला है ।’यतिखेर पंक्तिकारको हातमा ‘सम्झनामा यादव पौडेल स्मृतिग्रन्थ’ छ । यसमा समेटिएका पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका अनुसन्धान रिपोर्ट पढिरहँदा कानमा भने प्रहरीका एक उच्चअधिकारीले कुनैबेला भनेका माथिका वाक्य गुन्जिरहेछन् ।

अझ नेपाल प्रहरीको अनुसन्धान प्रतिवेदनभित्रको ‘औपचारिकता’ देखेपछि त पंक्तिकार झस्केको छ, कतै फेरि कुनै पत्रकारले यादव पौडेलझैं मारिइनु पर्ने त होइन !यादव पौडेल २०६८ चैत २१ गते राति झापाको बिर्तामोडमा योजनाबद्ध एवम् पाशविक ढंगले हत्या गरिएका पत्रकार हुन् । उनको स्मृतिमा उनकै पथप्रदर्शक एवम् सहकर्मी तीर्थ सिग्देलले प्रकाशन गरेको स्मृति ग्रन्थ पढेपछि एकप्रकार खुशी पनि लागेको छ । कुनै दिन म पनि मरेँ वा मारिएँ भने कसै न कसैले स्मृति ग्रन्थ निकाल्ने रहेछन् । तर, त्योभन्दा बढी दुःख लागेको छ, योजनावद्ध हत्याको चुरोसम्म कोही पुग्न नसकेको र खास अपराधीहरु खुलेआम हिँडिरहेको दृश्य देखेर
ग्रन्थमा तीनवटा प्रतिवेदन, र स्मरणीय तस्वीरसँगै यादव निकटमा ४५ जनाले उनीसँग विताएका अनुभव र आत्मानुभूतिलाई शब्दमा उनेका छन् । तर, अधिकांशका अनुभव र विचार दोहोरिएका छन् । पत्रकार महासंघका सभापति शिव गाउँले, अमेरिका निवासी पूर्वपत्रकार अमृता लम्साल, बालसखा पदम गौतम, यादवको स्मरणीय फोटो खिच्ने सुब्रत न्यौपाने, टिभी पत्रकार इन्द्रजीत मुखिया र तीर्थ सिग्देलका आलेखले चाहिँ मन छुन्छन् ।ग्रन्थमा झापामै रहेर सक्रिय पत्रकारिता गरिरहेका मदन ढकाल, चन्द्र भण्डारी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, लीला बराल, चिन्तामणि दाहालजस्ता पाका पत्रकारहरु अनि लीला उदासी, लीला सापकोटा, अशोक पोख्रेल जस्ता अनुभवी अधिवक्ताहरुका विचार नसमेटिएको देख्दा अलि खल्लो लाग्छ ।ग्रन्थभित्रको सबैभन्दा अब्बलचाहिँ ‘जनसंसद टीम’को नाममा लेखिएको आलेख छ । यसका ‘भूमिगत’ लेखक नेपाल पत्रकार महासंघका पूर्वाञ्चल संयोजक मोहनकाजी हुन् भन्ने अनुमान गर्नचाहिँ गाह्रो पर्दैन । यो आलेख घटना किन र कसरी भयो भन्ने कुराको संकेत गर्न खोजे पनि चुरोसम्म चाहिँ पुग्नसकेको छैन ।
झापाली भइकन पनि धेरै अघिदेखि काठमाडौंलाई कर्मथलो बनाएकाले होला, पत्रकार पौडेलसँग पंक्तिकारको निकटता रहेन । तर, स्थानीय स्तरमा खोजी पत्रकारिता गर्ने भएकाले उनका बारेमा जानकारचाहिँ थियो । उनको पाशविक हत्या भएलगत्तै झापा गएका बेला चुरो थाहा पाउने जिज्ञासा हुने नै भयो । त्यसबखत जिल्ला अदालतको एउटा सूत्रमार्फत् पंक्तिकारले जे पत्ता लगाएको थियो, त्यसले उसलाई झस्काएको थियो ।पंक्तिकारले सोच्यो, यसबारे मैले लेख्नै पर्छ । तर त्यसबेला घटनाबारे अनुसन्धान गरिरहेका पत्रकार महासंघ, प्रेस युनियन, प्रहरी कसैको पनि प्रतिवेदन आएको थिएन । आधिकारिक अनुसन्धान टोलीको प्रतिवेदन नै नआई अघि सर्नु अनुचित हुने ठानेर यो पङ्तीकार पछि हटेको थियो । तर, अहिले स्मृतिग्रन्थमा समेटिएका ‘औपचारिक’ प्रतिवेदनहरु पढेपछि केही लेख्नैपर्ने बाध्यता आइलागेको छ ।
केही अनुत्तरित प्रश्नहरु
पंक्तिकारले भेटेको दिन अदालतको त्यो सूत्र केही दिनदेखि असाध्यै चर्को तनावमा थियो । कारण, उसले पौडेल हत्याकाण्डमा संलग्नहरुका विरोधाभाषापूर्ण बयान र पौडेल मारिएको होटेलमा काम गर्ने किशोर उमेरको राई थरको केटोको कारुणिकता सुनेको थियो । उसको भनाइमा “१३-१४ वर्षको त्यो केटो बयानका लागि प्रहरीले अदालतको कोठाभित्र लैजाँदा पनि डराइरहेको थियो, थर्थरी कामिरहेको थियो । बयानका लागि धेरैबेर फकाएपछि उसले गहभरि आँसु पार्दै भनेको थियो, ‘यहाँ त मलाई करेन्ट लगाउनु हुन्न होला नि हजुर….?’
त्यो केटो र अरुको बयान तथा घटनाप्रति प्रहरीको सन्देहपूर्ण व्यवहारको हवाला दिँदै त्यो सूत्रले जे बताएको थियो, त्यसबाट पंक्तिकार निष्कर्षमा पुगेको थियो, यो हत्यामा प्रहरीको कुनै न कुनै तह नियोजित रुपमा संलग्न छ । युवराज गिरी त मतियार मात्रै हुन् । घटनामा संलग्न भनिएकी मन्जु ढकाल उर्फ फूलमाया कार्की र उनका पति सोमनाथ ढकाललाई त घटना हुनुभन्दा केही घन्टाअघिसम्म पनि योजनाका बारेमा जानकारी थिएन होला ।
आफूसँग असाध्यै रिस उठेको मान्छेलाई सिध्याउन आपराधिक गिरोहलाई प्रयोग गरिएका घटना हिन्दी फिल्ममा थुप्रै देख्न पाइन्छन् । यादव पौडेल हत्यामा पनि त्यही शैलीको प्रयोग भएको दावी पंक्तिकारको सूत्रको छ । ‘पौडेलले पटक-पटक प्रहरीलाई सताएका कारण उच्च तहका प्रहरीबाटै उसलाई सिध्याउने योजना बनाइएको हुनुपर्छ ।’ सूत्रको अनुमान छ । मृतक पौडेलका सहकर्मी तीर्थ सिग्देल भने पौडेलबाट कुनै पनि प्रकारको ब्ल्याकमेलिङ भएको छनक आफूले नपाएको बताउँछन् । ‘उसले पटकपटक त्यस्तो गरेको भए उसको सम्पादकको हैसियतले प्रहरीको कसै न कसैले त मलाई गुनासो त गर्नुपर्ने नि ।’ मेची टाइम्सका सम्पादक रहेका उनले दाबी गरे, ‘एकपटक पनि कतैबाट गुनासो नआएकाले पत्रकार पौडेलबाट ब्ल्याकमेलिङ भयो होला भन्नेमा विश्वास लाग्दैन ।’
पंक्तिकारले आफूले पाएको सूचना सुनाएपछि तीर्थले भने, ‘यादवले प्रहरीमा भएको नक्कली प्रमाणपत्रका बारेमा पटकपटक रिपोर्टिङ गरेको थियो । उसको समाचारकै कारण डेढ दर्जन बढी प्रहरीले खाइरहेको जागिरबाट राजीनामा दिएको सुनिएको थियो । कतै त्यही कारण त होइन ?’कारण अरु नै पनि हुनसक्छ । जे होस्, पत्रकार पौडेल हत्यामा प्रहरीको कुनै तहको संलग्नता अकाट्य सत्य बनेर उजागर भइसकेको छ । हरेक जघन्या हत्यामा तुरुन्तै रहस्य पत्ता लगाउन सक्षम प्रहरी संगठनले यादव पौडेल हत्याकाण्डको अनुसन्धानमा झारा टार्नुले पनि आशंकालाई थप बल मिलेको छ ।प्रहरीले आफ्नो हिरासतमा राख्दा ‘आफू अनुकुल’को बयान दिन बाध्य पार्न करेन्ट लगाएर चरम यातना दिएको त्यो केटो अहिले कहाँ छ ? एउटा कलमजीवीलाई त त्यति सजिलै सिध्याउनेले त्यो गरिबको छोरोलाई अहिलेसम्म सकुशल राखिरहेको होला भन्ने विश्वास पंक्तिकारलाई छैन । यदि कसैले घटनाको पौडेल हत्याको चुरो पत्ता लगाउन चाहने हो भने सबैभन्दा पहिला त्यो केटोको खोजी गरी संरक्षण गर्नुपर्छ । सँगसँगै त्यसबेला प्रहरीको जिल्ला तहमा रहेका शंकास्पद अधिकारीहरु, केटोलाई करेन्ट लगाउनेहरु र अनुसन्धानमा संलग्न भइटोपलेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गर्नुपर्छ ।
प्रधानमन्त्री र गृहमन्त्रीले त्यसबेला गरेका प्रतिवद्धता पूरा गर्ने हो भने पनि सरकारले यो काम गर्नै पर्छ । नेपाल पत्रकार महासंघले त्यसका लागि दवाव दिनै पर्छ । नत्र यो घटना सधैँका लागि गोप्य रहने र अपराधीको मनोवल अरु बढ्ने मात्र छैन, खोजी पत्रकारिता गर्ने अरु पनि पत्रकारले यादव पौडेलको नियति भोग्नुपर्ने दिन आउन सक्छ ।
‘हेर्दै जानुस्, एउटालाई मुख्य आरोपीको रुपमा उभ्याएर प्रहरीले अरु सबैलाई केही महिनापछि नै छाड्छ । अनि घटना सामसुम भएपछि त्यो मुख्य आरोपी पनि आचरण सुधि्रएको बन्दी बनेर एक दुई वर्षमै बाहिर आउँछ ।’ अनुसन्धानका बेला पंक्तिकारलाई सूत्रले भनेको थियो । देख्दैछु, अहिले त्यही भइरहेको छ ।
लेखक ज्यू, मानिसलाई हत्या गर्नु भनेको क़ानूनी राज्य बिरुद्ध हो चाहे त्यो पत्रकार हो वा सर्व साधारण !
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
SHIVA PRASAD KHANAL Reply: January 7th, 2013 at 8:58 am
TAPAIO NSAGA K PRAMAN 6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
SHIVA PRASAD KHANAL Reply: January 7th, 2013 at 8:59 am
OH SORRY YO CHAI NARESH JI KO LAGI HO
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अर्काकी स्वास्नी सग लब पर्ने कुरामा झगडा भएर मर्ने पत्रकार यिनै होइनन ?
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
prabin dhakal Reply: January 5th, 2013 at 2:15 pm
naresh ji arka ko swasni sanga love parera jhagada bhaera mareko bhanne aadhikarak praman k tapaisanga chh yo ghatana police le nai garaeko ho ra patrakar lai badnam pani police le garaeko ho
Like or Dislike:
2
5
[जवाफ फर्काउनुहोस्]
manita Reply: January 6th, 2013 at 9:20 pm
naresh ji, yesto halka rup ma coment garnu vanda paila ekpalta reality k ho bujna khojeko vaye hune.. tyo ghatana ko pachadai thulai conspiracy cha.. body dekhne le vaneko anushar usko body vari tyo sekuwa polne jhir le poleko cha re … bivatsya hatya gareko cha re,, hatya pani garyo badnam pani …
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
SHIVA PRASAD KHANAL Reply: January 7th, 2013 at 9:00 am
HELLO NARESH JI TAPAI J PAYO TEI BHANNE HOINA HAI
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
2069 haina hola 68 hola hajur
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
tirtha sigdel Reply: January 5th, 2013 at 2:00 pm
2069 ho hai
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
tirtha sigdel Reply: January 5th, 2013 at 2:01 pm
2068 ho hai
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
इतार्थ हो । म शतप्रतिशत सहमता छु ।यादव पौडेल मात्र होइन उमा सिंहको हत्या पछि पक्राउ परेका र अदालतमा पुग्ने कति जना थिए । यहाँ जिल्ला जिल्लामा पत्रकार महासंघको शाखा छ र तीनका अध्यक्षाहरु एजेन्ट छन । पत्रकार मारिदा ब्यानेर लिएर सडक परिक्रमा गर्न मात्र जान्द छ । पत्रकार जिउदो हुदा दिएको उजुरी लाई वास्ता नै गर्दैन । प्रहरीको दारु खादा नै ठिक छ । होइन भने तराइका जिल्लामा पत्रकारलाई नै एक पटक अनुसन्धानको घेरामा हाल्नु । के पाउनु हुन्छ । यहाँ अपराधि भन्दा पत्रकार ठुलै अपराध गरेको पाउन सक्नु हुने छ ।
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
यहि पंक्तिकारलाई प्रहरी को जागिर मा लाइदिनुपर्छ सबै अपराधी पत्ता लगाउँछ ब्यक्तिगत रिसिइबि का कारण कसैले हत्या गरेपनि पपत्रकारिताको नाममा जे पनि बोल्ने यि पत्रकार पनि नेता झैँ बन्न थाले
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]