रिचार्ज कार्ड आपूर्ति गर्न सक्षम बोलपत्रदाताले मात्र भाग लिन पाउने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

रिचार्ज कार्ड आपूर्ति गर्न सक्षम बोलपत्रदाताले मात्र भाग लिन पाउने

 २१ पुस, काठमाण्डौ । नेपाल टेलिकमले बजारमा गुणस्तरीय र सुरक्षित रिचार्ज कार्ड उपलब्ध गराउनु कम्पनीको मुख्य लक्ष्य रहेकाले सोहीअनुरूपको आपूर्तिकर्ताको चयन गरेको स्पष्ट पारेको छ ।

बोलपत्रको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी हुने गरेको उल्लेख गर्दै योग्यता र क्षमताको आधारमा कम्पनीबाट माग गरिएको सङ्ख्यामा रिचार्ज कार्ड आपूर्ति गर्न सक्षम बोलपत्रदाताले मात्र भाग लिन पाउने गरी योग्यता निर्धारण गरिएको हो ।

 कम्पनीका प्रवक्ता गुणकेशरी प्रधानका अनुसार बोलपत्रमा उल्लेख गरिएका यी योग्यताहरुको सर्त पूरा गर्ने कुनै पनि स्वदेशी तथा विदेशी आपूर्तिकर्ताबाट बोलपत्र आहृवानमा सहभागी हुन सक्ने प्रावधानअनुसार नै गरिएको छ । नेपाल टेलिकमले विगतदेखि नै राष्ट्रिय उद्योग तथा आपूर्तिकर्ताहरुलाई प्राथमिकता दिँदै आएको र सोही उद्देश्यका साथ बोलपत्र पेस गर्ने अन्तिम म्याद थपिएको उहाँको भनाइ थियो ।

 कम्पनीले गत मङ्सिर ३ गते ५० करोड थान रिचार्ज कार्ड आपूर्ति गर्न बोलपत्र आहृवान गरेको थियो । रासस

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु