अमेरिकामा एकजना नेपाली चेली छिन्, बिन्दू परियार । केही बर्षपहिले एक अमेरिकी वृद्धसँग बिहे गरेर अमेरिका भासिएकी बिन्दू अमेरिकामा बिन्दू, बिन्दिया जस्ता उपनामले चर्चित छन् । उनको कामै हो नांगिनु । नांगो बन्नु उनको दैनिकी हो । जति नांगिन सक्छिन्, त्यसैले उनको दिनको सफलता या असफलता निर्धारण हुन्छ । बिन्दूको अहिले पनि इन्टरनेटमा छ्याप्छ्याप्ती कामुक फोटो भेटिन्छन् । फरक के छ भने उनी जहाँ छिन्, त्यहाँको समाजलाई उनको काम पाच्य छ । तर, पछिल्लोपटक नेपाली सिने जगतमा चर्चित हुन चाहने केही हुल ‘बिन्दू’हरु उदाएका छन्, जो बिन्दूलाई समेत माथ गर्ने गरी ‘मागेजति’ नाङ्गनि सहजै तयार हुन्छन् । अर्थात, नेपाली सिने उद्योग पोर्नोग्राफी उत्पादन गर्ने कारखानाझैं देखिन थालेको छ । समाजमा महिला हिंसा बढेनुको कारणबारे खोजी भइरहेका बेला नेपाली चलचित्रले दिने सन्देशका विषयमा पनि बहस गर्नैपर्ने भएको छ ।
पछिल्लोपटक आएका चपली हाइट, एटीएम, थ्री लभर्स, लूट जस्ता नेपाली चलचित्रमा जबर्जस्त यौन मनोविज्ञान, छाडापन छिरेको छ । अर्थात बर्ष ०६८ लाई नाङ्गा फिल्महरुले नै धान्यो । चलचित्रको कथावस्तु वा सन्देश स्तरीय वा मौलिक भएर होइन, हिरोइनले दिएको नग्न दृश्य र फोहोरो शब्दले ती चलचित्रलाई बिकायो । एकै किसिमको कथावस्तु अनि प्राचीन शैलीका चलचित्र हेरिरहेका दर्शकका लागि चलचित्रमा प्रयुक्त छाडा शब्द र नग्नताले केही नौलो स्वाद त दियो, तर, आफ्ना परिवारका सदस्यबीच हेरेर बस्नै नसक्ने चलचित्र कलाकारको हितमा छ कि समाजको ? कलाकारहरु नयाँपन दिएका छौं भन्छन्, तर खोक्रो कुराबाहेक फिल्ममा केही हुँदैन । पछिल्ला चलचित्रमा पनि यौन क्रियाकलापका दृश्य र त्यसलाई सघाउनेबाहेक केही दृश्य देखिँदैन । टिकट किनेर फिल्म हलसम्म पुग्न पनि लाजै मान्नुपर्ने ।
यादहरु ताजै छन्, लमजुङ सदरमुकाम बेंसीशहरमा हामी कुनै बेला परिवारका सदस्य एकसाथ फिल्म हेर्न जान्थ्यौं । नयाँ नेपाली चलचित्र लाग्नासाथ हल भरिभराऊ हुन्थ्यो । राजेश हमालको फाइट आउँदा ताली बज्थ्यो, शिव श्रेष्ठ, दिलीप रायमाझी, श्रीकृष्ण श्रेष्ठको नृत्यले दर्शक फुरुङ्ग हुन्थे, अनि दर्पण छाँयाजस्ता थुप्रै चलचित्र हेर्दै बर्रर्र आँशु खसाल्थे दर्शक । सायद त्यो नेपाली चलचित्रको एउटा युग थियो । जतिबेला नेपाली दर्शकलाई कलिउडप्रति अपनत्व थियो, कलाकार गहनाझैं थिए । चलचित्र हल नै सामाजिक, सांस्कृतिक संवाहक थिए ।
अहिले त चलचित्र हेर्न हलमा जानु त परै जाओस्, टेलिभिजनमा नयाँ चलचित्रका प्रोमो बज्दा च्यानलै परिवर्तन गर्नुपर्ने अवस्था छ । नांगो शरीर र जिब्रै टोक्नुपर्ने फोहोरी शब्द । प्रोमो हेर्दा नै फिल्म हो कि पोर्नोग्राफी खुट्याउनै मुश्किल । पत्रिका हेर्न थाल्यो उस्तै नग्नता ।
नेपाली चलचित्र भनेपछि मुखै बिगार्नुपर्ने अबस्थाका भागिदार स्वयम कलाकारहरु नै हुन । लाग्छ, नेपाली चलचित्र एउटा घृणा र अपमानको घृणाको बिम्ब हो । हुन त नेपालका कथित ठूलाबडाहरुका लागि नेपाली चलचित्र सदैव लाजलाग्ने विषयवस्तु थिए । अर्थात, उनीहरु नेपाली चलचित्र हेर्न थिएटरमा छिर्दैनन । न त भोलि नै छिर्लान । तर, जो कलिउडलाई माया गर्थे । र, अझै पनि नेपाली फिल्म हेर्न चाहन्छन, उनीहरुले पनि सोच्नुपर्ने बाध्यता बनेको छ, परिवार, आफन्त र साथीभाइसँग फिल्महल छिर्नै कि नछिर्ने भनेर ।
हुन त टपलेस हिरोइन बिनिता बरालले एकदिन टेलिभिजन अन्र्तवार्ताका क्रममा भनेकी थिइन- ‘नेपाली युवापुस्ता सेक्सप्रति जानकार छैन, या सेक्सका विषयमा खुल्न चाहन्नन, त्यसैले नांगिने फिल्म खेल्या ।’ हो, सेक्सका सन्दर्भमा नेपाली समाज अझै पनि उदार छैन । फिल्मले सेक्सका विषयमा समाजमा केही जागरण त ल्याउला । तर, त्यसका लागि नांग्गिनु नै एकमात्र उपाय हो त ? बिनिता बराल, सुष्मा कार्की, स्नेहा शर्माका परिवारले आफ्नै छोरीचेली नांगो बनेको चलचित्रसंगै बसेर कसरी हेर्न सक्लान् ? उदारता या दर्शकको मागका नाममा शरीरका सबै अंग देखाउँदै जाने हो भने बिनिता, सुष्मा कार्की, स्नेहा शर्मा, जिया केसी, पुजना प्रधान जस्ता नायिका र पोर्नस्टार बिन्दूमा अन्तर नै के र≈यो र ?
बिनिता बरालले आफै अभिनित चलचित्रका नायकबाट फोहोरी एसएमएसको बाढी झेल्दै ललितपुर प्रहरीको ढोका धाउनुपर्यो । रेखा थापाका विषयमा समाजमा अहिले पनि अधिकांशको गलत बुझाई छ, भलै अंग प्रदर्शनसँगै अभिनयमा समेत निखारपन ल्याउन सकेकै कारण रेखा आजसम्म टिकेकी छिन् । कथाले मागेजति अंग प्रदर्शन गर्न कुनै कसर बाँकी नराख्ने सारंगा श्रेष्ठ र तुलसा सिलवाल आज चलचित्र जगतबाट टाढा छन् । हर्ट गर्ल भन्न रुचाउने जिया केसीले चलचित्र एटीएममा आफ्नो वक्षस्थल समेत नायक दिनेश थापालाई समाउन लगाइन् । जुन दृश्य नेपाली सिनेमामा अहिलेसम्मकै घृणित मानिएको छ । एटीएम फिल्म प्रदर्शनमै बन्देज लाग्यो । वक्षस्थलमा सूर्यको टाटु बनाउने सुष्मा कार्कीलाई सी ग्रेडको फिल्मले प्रगतिको साटो अधोगति बनायो । लामो समयपछि फिल्ममा फर्केकी पुजना प्रधानले चर्चामा आउन सी ग्रेडको फिल्म र नग्नता रोजेकी छिन् ।
यौन मानव जीवनलाई मात्र नभई हरेक प्राणीलाई चाहिने अत्यावश्यक जैविक आवश्यकता हो । ग्ल्यामर आफूमा भएको प्रतिभा हो । जिउ नग्याउँदैमा ग्ल्यामर देखिने हैन, ग्ल्यामर शरीरकको जुनसुकै अंगमा पनि हुनसक्छ । तर, नग्नतालाई चलचित्रको चर्चा बटुल्ने अस्त्र बनाउनु गलत हो । ग्ल्यामरबाट नग्नता तहमा पुगेपछि हिरोइनहरु आफै यौन हिंसाको शिकार हुन्छन् । जो उनीहरुका प्रगतिका सदैव अवरोधक हुन् । नत्र भने श्रीषा कार्की, जेसिका खड्काजस्ता हिरोइनले अल्पायुमै ज्यान गुमाउनुपर्थेन । त्यसको एउटै कारण थियो, विगतमा उनीहरुले गरेको गल्ती । अर्थात, विगतमा नांगिएकै कारणले उनीहरुलाई मृत्युको मुखसम्म पुर्यायो । विगतलाई भुलेर वर्तमानमा राम्रो घर बसाउने उनीहरुको सपना त्यसै तुहियो ।
चलचित्रको पर्दामा नग्नता र अश्लीलता जति बढी प्रस्तुत गर्न सकियो, त्यति नै धेरै कमाइन्छ र सबैको वाहवाही पनि कमाइन्छ भन्ने सिनेकर्मीको मानसिकता नेपाली सिने उद्योगका लागि घातक छ । आर्थिक उपार्जन राम्रो भए पनि नग्नता र सेक्स बेचेर जम्मा गरिएको त्यो कमाइले नेपाली चलचित्रलाई केही दिन बिकाउला तर टिकाउँदैन । जुन जान्दाजान्दै पनि बुझ पचाइरहेका छन्, सिनेकर्मीहरुले ।
चलचित्र यस्तै बन्नुपर्छ भन्ने छैन । विषयवस्तु एउटै हुनसक्छ । तर, त्यसलाई दर्शक सामु पस्कने शैली मौलिक हुनसक्छ । या जसले कलामा जादू देखाउन सक्छ, उही टिक्छ । सस्तो मनोरन्जनका नाममा नायिकाको शरीर सकेपछि एक्स्पोज गराउने प्रवृत्तिले निर्माता-निर्देशकको शैलीमाथि मात्रै प्रश्न उब्जाएको छैन, यही मानसिकता नत्याग्ने हो भने भोलि ब्लू फिल्म समेत नबन्ला भन्न सकिन्न ।
अझ सबैभन्दा रोचक त कुनैबेला मिस नेपालबिरुद्ध राजधानीमा बम पडकाउने माओवादी यतिबेला सरकारमा छ । संस्कृतिलाई बिचलन गरेको भन्दै विगतमा कतिपय कलाकारले यिनै माओवादीबाट सास्ती पनि भोग्नुपर्यो । माओवादीकै सरकार र उसकै तर्फबाट चलचित्र विकास बोर्डमा प्रतिनिधि रहेको बेला यस्ता ‘भल्गर’ चलचित्रले कसरी अनुमति पाइरहेका छन् ? महिलाको अंग प्रदर्शनको खेतीको विरोध गर्ने माओवादीले नेपाली संस्कृतिकै हुर्मत लिने चलचित्रको किन विरोध गरिरहेको छैन ? या यो विषय माओवादीले मात्रै उठाउनुपर्छ भनेर एमाले र कांग्रेस चुप छन् ?
सटिक विश्लेसण !महिला हिंसा वढ्नुमा भल्गर सिनेमा पनि दोषी छन;सिनेकर्मीहरुले आफ्नै वर्गीय सदस्यहरुलाई आचार संहिता पालन गर्न प्रेरित गरे कसो होला ?
Like or Dislike:
12
1
[जवाफ फर्काउनुहोस्]
ishwar Reply: January 5th, 2013 at 6:54 pm
Basanta ji ko comment ajha satik chha. nepali cine jagat ko yehi prakriya narokine ho bhane delhi ko jasto ghatana yaha din pratidin nahola bhanna sakidaina. tesaile ahile nai testo kupratha ko rokawot ko lagi sabai janata lai sajag garauna ma yehi kantipur le suruwat garne ki?
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
Bimala ghimire Reply: January 6th, 2013 at 4:50 am
ठिक हो समाज अब उन्नतितिर हैन अघोतितिर जादै छ नेपालका सिनेकर्मी कलाकारहरु ब्लुफील्म तिर जादै छन यो सत्य हो यो सोह्रै आणा राम्रो संकेत हैन,नेपाली उठ्नु पर्छ र जाग्नु पर्छ यसको खूलेर बिरोध र कडा कानुन पारित गर्नु पर्छ हनि मात्र समाज सहि बटोमा हिड्छ ।
Like or Dislike:
8
4
[जवाफ फर्काउनुहोस्]
your way of thinking is responsible for such crimes not the media and the film Mr. Ganesh. Do not claim without enough evidences in such a grave issues. Violence against women has been happening not only in the urban area but also in remote areas. Why dont you see problem with the wild nature of yourself ( I mean the writers, academicians..etc.). When you claim something without enough research …you may easily blame anyone or anything and keep yourself far from it.
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
illuminati Reply: January 5th, 2013 at 12:36 pm
its writer perspective dude,its also one of the cause,and certainly nepali movie industry is taking wrong turn!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Nice lagyo …..nepali mahilale ra sarkarle yas bisayama dhyan din jaruri 6..
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
I hate bahun. Negtive r chorrBahunko,chorr Sochaaai hoo. Yini harrulaai t, jsri out grnaai prrchha.
Like or Dislike:
0
14
[जवाफ फर्काउनुहोस्]
PK Reply: January 5th, 2013 at 2:13 pm
yasari jadiya satbhaw bhadkaune kura garer pani sambridha nepal banla ra LL Hajur
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Ramesh Khanal Reply: January 7th, 2013 at 5:05 am
बाहुनहरु चोरेर बाहुन बनेका होइनन् , लेखेर पढेर दु:ख गरेर धन सम्पत्ति भविष्यको लागि जोगाएर नै बाहुन बनेका हुन् । अरु जातिले बाहुनको रिस गर्ने होइन, पढेर लेखेर बौद्धिक छलफलमा सहभागी हुन सिक्नु पर्छ ।
Like or Dislike:
20
3
[जवाफ फर्काउनुहोस्]
harikrishna adhikari Reply: January 7th, 2013 at 10:08 am
ta jasta khate chorharu jatiya bikhandan lyera des bhandaune haruko bigbigi bhayeko yo desma kaile mathi lagna sakchha ra?
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Maowadi haru sab khaowadi hunn… dont expect anything from them.. once they get power and money they are like dogs!
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
it is all borrowing culture in nepal which come from western society , nepal suffered from cultural colonization which is latest form of political colonization , why we can not adopt punctuality and accountability of westerners . why we confined negative aspect of westerners. Pronography and voulgerity is saturation of the western economy which country regulary is facing decline condition .this is chetana bhaya to all
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Yes, Must Think About IT!!!!???
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
समय सान्धर्विक लेख….महिला हिंसा वढ्नुमा यस्ता बिबिध कुराको पनि अवस्य ठुलो हात छ.
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
khem Reply: January 6th, 2013 at 12:52 pm
haina, kina hamro samajle khali nagetive matra socheko bhanya, yaha nepali movies matra haina sansar ma kati chhan movies industries,ke nepali movie le yo raped ani aru kura nimtyako hora, kura lekhakko, ho timi sano chhanda ta jane bhayeu ni yar aama baba sanga, hamile dirghakalin upaya khojna parchha, haina body show garna paaune ni mahila ko adhikaar ho ni, mahila harule luga chhoto or laamo lagaun, mahhila ko dress up ma kina hamile dhyann dine bhaneko, keta le galti garne ani keti haruko swatantra ta ma kaichi chalaune, yo ta bhayena. asti maile face book ma status dekheko thiye, asal budhi tyo jasle face book chalauna jandaina bhanera, kina hamile nagetive matara sochne, tyo wakkya ma nimahila ko adhikar lai sidhai stope garna lageko dekhinchha, kati news ma aayo, 4 and 5 years ko balika lai raped gareko, ke ti balika harule body show gareko bhayera, raped bhayeko hora, tesma ta keta ko galti chhani, galti keta le garne ani mahila ko nai adhikar hanann garera bikriti rokna khojne, tyo thik haina, baru hamile nepal ma kanunn banayera beshyalaya kholnu dina parchha, ho yo kura suruma pachauna garo hola tara yo kura lai hamile aatma saat garnu parchha, rojgari pani ani tii abodh balika ma aparadh huna rokinchha ani mahila ko adhikar ma ni hanan hudaina, dui tira milera gareko sex lai yonn laap bhaninchha, please wee need to be serious about it
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
well said!! good article !!! this is very true n touched my heart!also nepali film should stop selling sex!!n only the local nepali film, is respected n the cases like rape n sex assult is decreased significantly!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
bhane pachi shati aaja bhanda 10 bharsa pahila ko khura gardiee huu cha….. jamana kaha phugi sakyo.. jamana sanga didtda hajur lie kina garorro..? bhala bhla nepali film ali ramro bhana lageko cha hajur chahi yasto bhakbas khua gatrnu huncha..hajur na hernu na hamilie ballyy b hayna…..
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
लेखक महोदय पनि पोर्न साइत प्रसस्तै हेर्नु हुने रहेछ नत्र यी चेलीको बारे यत्ति धेरै ज्ञान नहुनु पर्ने हो । आफू चाही खोजि खोजि हेर्ने अनि दोष उनैलाई दिने, आफू चोखो हुने । महिला हिंसालाई महिलालाई दोष दिने बानी छोडी दिउँ । तपाईको लेखमा पुरुषलाई खाशै दोष दिएको देखिएन । समाजमा नराम्रा कुरालाई रोक्न सकिदैन, नेपाली सिनेमामा छैन भने हजुर जस्तो महोदयहरु अरु साइत हेरी हाल्नु हुन्छ, हेर्ने मान्छेलाई छेक्न सकिदैन । बरु समातिएका अपराधिलाई कसरी दण्डित गर्ने र हाम्रो देशका नेता भनाउदाहरु, पुलिस र न्यायाधिशहरु बलात्करिलई बचाउने र चेली बेचबिखन गर्नेलाई बचाउने जून गोरखधन्दामा लागेका छन् तिनीहरुको पर्दाफाश गरि तिनीहरुको बिरुद्ध कलम चलाउनु भए महिला हिंसा बिरुद्धको आन्दोलनलाई केहि सहयोग हुने थियो ।
Like or Dislike:
11
6
[जवाफ फर्काउनुहोस्]
GOOD APPROACH…
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
महिलाहरुमा यौन-सुचिताको आग्रहमा कमी आएको छ. पोर्नोग्राफीले पुरुषलाई उत्तेजित बनाएको छ. महिलाहरू अधिकाधिक श्रंगार र उत्तेजक परिधान लगाऊन थालेकी छन. परिणाम यौन हिंसा नै हुन्छ.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
GANESH PANDEY JI LAI DHANYEBAD, WAHALE NEPAL KO SAMASAMAYIK BISHAYEBASTU ATI SARAL RASATIK TARIKA LE OPERATION GARNU BHAYEKO CHHA. WAHALE UTHAUNU BHAYEKO KURA HARU AHILE HAREK SAMAJ KA BOUDDIK BARGALE MANAN GARNU PARNE BELA AAYOKO CHHA.
NEPAL KO CINE JAGAT AILE PATHBHRASTA BHAYERA GU RA GOBARKO PAHICHAN GARNA NASAKNE AWASTHAMA PUGEKO CHHA.TESAILE USLAI SAHIBATOMA LYAUNA KO LAGI HAMRO SAMAJ, SARKAR RA SURAKSHYA NIKAYEHARU BIUJHINU PARNE BHAYEKO CHHA. KHABARDAR FERI DELHI NAHOS HAMRO NEPAL
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
I totally agree with whatever karma has said …… I guess the writer doesn’t know the difference between vulgar and porn ….:
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
youn(sex ) sikshya jaruri chha nepal ma tara nepal ma baneka yata film le ramro sikshya ra message didainan.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
I gree with writer.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sathi haru tarka sangat comments garna tapaima 6emata 6ain bhane jathabavi bolnu ra lekhnu ko kunai tuk 6ain yas le tapai lai nai nagna dekhau6. lekha padher matra comments garne bani basalnus
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
so u meant to say still we have to watch rajesh hamal’s shiva shrestha’s movies anyhow rght?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Ganesh Sir its really nice and real current issues at Nepal, we all nepali should interract about this issues.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
लूट जस्ता नेपाली चलचित्रमा जबर्जस्त यौन मनोविज्ञान, छाडापन छिरेको छ ।
संचारमाध्यममा यस्ता कुरा प्रकाशन गर्दा तथ्यको पनि ख्याल गर्नु पर्छ की?
Like or Dislike:
3
5
[जवाफ फर्काउनुहोस्]
लेखक महोदय पनि पोर्न साइत प्रसस्तै हेर्नु हुने रहेछ नत्र यी चेलीको बारे यत्ति धेरै ज्ञान नहुनु पर्ने हो । आफू चाही खोजि खोजि हेर्ने अनि दोष उनैलाई दिने, आफू चोखो हुने
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
गणेश दाइ, लेख मिठो लाग्यो । मन छुने खालको छ ।दर्शकले फिल्म हलवालालार्इ पैशा बुभmाउन मात्र हेर्दैन । फिल्म जस्तो सुकै होस, दर्शक एउटा फिल्म बाट भर पुर मनोरञ्जन चहान्छ । फिल्मको अन्तिम उदेश्य नै मनोरञ्जन हो चाहे त्यो प्रोनिक नै किन नहोस …………
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
ani rekha le chai jati dekhay pani ramro ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
राम्रो छ | आवस्यकता अनुसार खुल्नु नराम्रो होइन तर खुलाउनका लागि आवस्यकता सृजना गर्नु गलत कुरा हो | बिकाउन कै लागि मात्र बनाउने हो भने त २ दुई नम्बरी काम गरेर पनि मान्छेले पैसा कमाएकै छन् | तर त्यो गैर कानुनि भए जस्तै नेपाली सिनेमा को यो स्थिति गैर सामाजिक हो जस्तो लाग्छ मलाई | नेपाली सिनेमामा परिवर्तन अत्यन्त आवस्यक छ तर परिवर्तन सही दिशा मा हुनुपर्छ | कलिवुड को सट्टा नेपाली सिनेमा व नेपाली सिनेमा उध्योग भनेको भए राम्रो हुन्थ्यो ||
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
nepali le kalakar le off air ma na nangia samma kunai pani chance paudaina ma 100% gurentee dinchhu kala bina ko manchhe kalakarita ma uvinu pani tesko aauta jolnta example ho
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
अति कमजोर कानूननै मुख्य दोषी हो |
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
good i
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
jasjako tastai
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
LAST POINT VERY INTERESTING.SANKSKRITIK KRANTI KO LAGI MISS NEPAL KO BIRODH GARNE MAO KO SARKAR 6 TEHI SARKAR KO PALAMA SABAI BHANDA BADI NAKED MOVIES BANE ESKO ARTHA BUJNUS MAOBADI LEADERS LE SATTAKO LAGI 17 THOUSAND PEOPLE MARNA MATRA HAINA
JAHA J PANI GARCHHAN JANA YUDDA DEKHAUNE DANT MATRA HO.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
जस्ले जे गरे पनि खुल्ला छ नेपाल कि कसो मित्र ? कस्लाई बाधेको छ र् नेपाली कानुनले भन्ने लाइराछ हामीलाई !!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
porn said dhery hernele dhery kura garchha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]