सरकार गठनको आह्वान बन्द गर्न राष्ट्रपतिलाई आग्रह :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सरकार गठनको आह्वान बन्द गर्न राष्ट्रपतिलाई आग्रह

पूर्वमन्त्री मैनाली भन्छन्- कांग्रेसकै हितमा निर्दलीय सरकार

२१ पुस, काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रपति डा. रामवरण यादवलाई सरकार निर्माणको आह्वान बन्द गर्न आग्रह गर्नुभएको छ । शनिबार शीतल निवासमा राष्ट्रपतिसँग लामो छलफल गर्नुभएका आचार्यले भन्नुभयो- ‘परिणाम ननिस्कने आह्वान पटक-पटक गरेर राष्ट्रपतिले संस्थालाई किन बद्नाम गरिराख्ने ? अब यो प्रक्रियालाई यहीँ अन्त्य गर्नुपर्छ ।’

राष्ट्रपतिसँगको भेटपछि आचार्यले अनलाइनखबरसँग भन्नुभयो- ‘दलहरुले सहमति गरेर आए भने सरकार गठनको प्रक्रिया शुरु गरे हुन्छ, तर अब राष्ट्रपतिले दलहरुलाई सोच्न दिनु राम्रो हुन्छ ।’ आचार्यका अनुसार राष्ट्रपतिले धारा ३८ -१) को प्रक्रिाय आफूले बन्द भएको औपचारिक घोषणा गरिरहनु नपर्ने तर पुस २५ गते म्याल सकिएपछि चुप लागेर बस्नु राम्रो हुन्छ । दलहरुलाई समय नदिइकन उनीहरु मिलेर आएपछि राष्ट्रपतिले सरकार गठनको प्रक्रिया थाल्नु उत्तम हुने भन्दै आफूले राष्ट्रपतिलाई यही सुझाव दिएको उहाँले बताउनुभयो ।’राष्ट्रपति पनि यसमा चिन्तित देखिनुभएको छ ।’- आचार्यले भन्नुभयो ।

स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउन संविधानतः सकिने भएता पनि त्यसले खासै समाधान दिन नसक्ने आचार्यको कथन छ । ‘संसद नभएका बेला सुशील कोइरालालाई प्रधानमन्त्री बनाउनु र अरुलाइृ बनाउनु एउटै कुरो हो ।’ उहाँले भन्नुभयो ।

राष्ट्रपतिले निर्दलीय सरकारको आह्वान गर्नुपर्छ- मैनाली

यसैवीच पूर्व शाही सरसकारका मन्त्री एवं एमाओवादी सल्लाहकार राधाकृष्ण मैनालीले अनलाइनखबरसँग कुरा गर्दै राष्ट्रपतिले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनाबी सरकार गठनको आह्वान गर्नुपर्ने बताउनुभएको छ । ‘नेपाली कांग्रेसकै हितका लागि पनि स्वतन्त्र व्यक्तिको नेतृत्व जरुरी छ । तर, स्वतन्त्र व्यक्तिबारे कांग्रेस वा माओवादीले प्रस्ताव गर्दा दलीय गन्ध आउन सक्ने भएकाले राष्ट्रपतिले नै त्यस्तो व्यक्तिको प्रस्ताव गर्नुपर्छ ।’-मैनालीले भन्नुभयो ।

विगतमा वीपीले वामपन्थीसँग सहकार्य नगर्दा दुइृतिहाई बहुमत ल्याएको र गणेशमानले कम्युनिष्टसँग सहकार्य गरेपछि सामान्य बहुमतमा झरेको मैनालीले बताउनुभयो । त्यस्तै गिरिजाले माओवादीसँग सहकार्य गरेपछि कांग्रेस अल्पमतमा झरेको हुनाले कम्युनिष्टसँग सहकार्य गर्नुहुन्न भन्ने कांग्रेस नेताहरुलाई परेको हुनाले नेपाली कांग्रेसकै हितका लागि पनि दलीय भन्दा निर्दलीय व्यक्तिको नेतृत्वमा चुनावमा जानु उचित हुने मैनालीको तर्क छ । ‘माओवादीले कांग्रेसको नेतृत्व नमान्ने र कांग्रेसले एमालेको नेतृत्व नमान्ने अवस्थामा स्वतन्त्र व्यक्तिको नेृतत्वमा चुनावमा जानु नै अहिलेको उत्तम निकास हो ।’-उहाँले भन्नुभयो ।

शाही सरकारका शिक्षामन्त्री रहनुभएका पुराना वामपन्थी नेता मैनाली भन्नुहुन्छ- ‘विगतमा राजाले दलहरुलाई बेबास्ता गरेर अगाडि बढेका थिए । तर, अहिले राष्ट्रपतिले दलहरुकै सल्लाह अनुसार चल्ने बताएर दलगत स्वार्थभन्दा आफूलाई माथि देखाएका छन् । त्यसैले अब स्वतन्त्र व्यक्तिको प्रस्ताव पनि राष्ट्रपतिबाटै आउनुपर्छ । दलहरुले प्रस्ताव गरेको व्यक्तिमा विवाद आउन सक्ब्छ ।’

यो पनि पढ्नुस 

7 Comments on “सरकार गठनको आह्वान बन्द गर्न राष्ट्रपतिलाई आग्रह”
  • krishna timilsina wrote on 5 January, 2013, 14:11

    वास्तबमा भन्ने हो र यदि बिपक्छी दल चुनाबमा नै जना चाहन्छन भने किन अड्को हालिराख्ने बरु चुनाब गराउनु पर्छ भन्ने सर्त र सहमतिका साथ बाबुरामलाई नै चुनाब गराउने जिम्मा दिएर सहमतीय प्रधान मन्त्रि बनाउनु पर्छ अनि प्रचण्डको दाउपेच पनि फेल खान्छ/यदि चुनाब जित्छु भन्ने आश छ भने चुनाब गर्दैनकि भन्नु भन्दा चुनाब गर भनेर दबाब दिन सजिलो होला/ यदि चुनाब गरौन सकेन भने त जनता आफै बालुवाटार पसेर बाबुरामलाई निकाली हाल्छन नि भने अब यसो गर्छ कि उसो गर्छ कि भन्नु भन्दा बाबुरामलाई नै उदघोस गरेर चुनाबी दबाब दिनु एक मात्र सहि विकल्प हो तर धेरैलाई चुनाब जिद्दिनकि भन्ने छ यो कुरा प्रस्ट पनि छ कि बाबुरामले गर्न नसक्ने होइन बाधा अडचन ले गर्दा गर्न नपाएको हो यदि उसले यो कामलाई पर लायो भने जनता मा अझ विश्वास बढ्छ बाबुराम प्रतिको र उसको छबि को अगाडी हाम्रो पालो आउदैन भन्ने दरले नै कसरि हुन्छ यो गोलचक्कर लाई घुमाएर म पसु भन्ने मात्र सबैको दाउ छ /त्यसैले यो होटबाजी न सकिन्छ न त संबिधान नै बन्छ यसको लागि कोहिना कोहि निरंकुस बनेर एकलौटी रुपमा देसको भलो हुने गरि संबिधान ल्याउनु पर्छ /

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Khagen dhakal Reply:

    Really good comment. I like it.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ANIL wrote on 5 January, 2013, 14:17

    nepali nagarik haru ko nagarikata number anusar chitta kholnu parchha jas lai parchha uhi hunchha pradhan mantri. chhita pare ko nagaraik kunahi pani faujdari muda lageko hunu bhayana JAY NEPAL

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 5 January, 2013, 14:22

    Jantalai manya hune ra antarim sambidhan anusar ta baburam le nai chunab garaya ramro. Adi teso huna nasake sotantra byakti nai sabailai manya hun6.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ANIL wrote on 5 January, 2013, 14:23

    नेपाली नागरिक हरु को नागरिकता number अनुसार चिट्टा खोल्नु पर्छ जस लै पर्छ उही हुन्छा प्रधान मन्त्रि . चिट्टा पर्ने नागरिक कुनैइ पनि फौजदारी मुद लागेको हुनु भयन जय नेपाल

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nana khanal wrote on 6 January, 2013, 0:05

    धेरैलाई चुनाब जिद्दिनकि भन्ने छ यो कुरा प्रस्ट पनि छ कि बाबुरामले गर्न नसक्ने होइन बाधा अडचन ले गर्दा गर्न नपाएको हो यदि उसले यो कामलाई पर लायो भने जनता मा अझ विश्वास बढ्छ बाबुराम प्रतिको र उसको छबि को अगाडी हाम्रो पालो आउदैन भन्ने दरले नै कसरि हुन्छ यो गोलचक्कर लाई घुमाएर म पसु भन्ने मात्र सबैको दाउ छ /त्यसैले यो होटबाजी न सकिन्छ न त संबिधान नै बन्छ यसको लागि कोहिना कोहि निरंकुस बनेर एकलौटी रुपमा देसको भलो हुने गरि संबिधान ल्याउनु पर्छ ..!!!!!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • surendra dhimal wrote on 6 January, 2013, 1:42

    Nepali janta lai katigaribi chapeta ma dhekeliraheko e netaharu amale congress ani aru partilai sarkar chahi jasto cha nabhae baburam bhattrai sahmati ma chunab jan kin daraeko aba aama jantale thaha pae sake netaharuko niyat banna lageko sambhinanai samanta gare feri kasari biswas garnu chunab pachi sambhidhan banincha bhaner .

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु