विधान सम्मेलन गर्न अनेरास्ववियुलाई एमालेको निर्देशन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

विधान सम्मेलन गर्न अनेरास्ववियुलाई एमालेको निर्देशन

२१ पुस, काठमाडौं । नेकपा एमालेले पार्टीको विद्यार्थी संगठन विधान सम्मेलन गर्न निर्देशन दिएको छ । साथै वर्तमान अध्यक्ष माधव ढुंगलकै नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ ।

पार्टी मुख्यालय बल्खुमा शनिबार बसेको स्थायी समितिको बैठकले ढुंगलकै अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाउने निर्णय गर्दै विधान सम्मेलन गर्न निर्देशन दिएको उपाध्यक्ष विद्या भण्डारीले जानकारी दिनुभयो । भदौं दोस्रो साताका लागि तोकिएको विधान सम्मेलन हुन नसक्दा अनेरास्ववियुको असोजको महाधिवेशन समेत हुन सकेको थिएन ।

बैठकमा नेताहरुले सहमतिको प्रयासमा दलहरुबीच भएको छलफल र राष्ट्रपतिसँगको भेटबारे जानकारी गराएका थिए ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु