भाउजूको फर्सी र बाबुराम सरकारको विवाद :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

भाउजूको फर्सी र बाबुराम सरकारको विवाद

डा. डोलेश्वर भण्डारी

काँइली भाउजूको बारीमा रोपेको फर्सी लहरिँदै गएर साहिँली भाउजूको बारीमा फलेछ । फर्सी बढ्दै गयो र भाउजूहरु पनि खुशी हुँदै गए फर्सी बढेकोमा । काँइली भाउजू खुसी थिइन् किनकि उनले रोपेको फर्सी राम्ररी फलेको छ । साहिँली भाउजू पनि खुशी थिइन् किनकि आफुले दुखै नगरी फर्सी आफ्नो बारीमा आएर फलेको छ । आफ्नो बारीमा आएको फर्सी मेरै त हो नि भनेर साहिँली भाउजूले फर्सी के टिपेकी थिइन् काँइली भाउजू फर्सी खोस्न पुगिन् । तर, साहिँली भाउजू पनि के कम थिइन र ! मेरो बारीमा आएर फलेको फर्सी मैले नै टिप्न किन नपाउने भनेर उफ्रिइन् । मेरा बारीको मल र माटो खाएर बढेको फर्सी कसरी तिम्रो हुन्छ भनेर काँइली भाउजू पनि उफ्रिइन् ।

आफुले नै खाने विचार थियो भने किन फर्सीको लहरो मेरा जग्गामा आउन दियौ त ? के मैले तिम्रा बारीबाट फर्सी चोरेको हो र ? साहिँली भाउजूको तर्क यस्तो थियो । काँइली भाउजूलाई असैहृय भयो र छेउको बारवाट भाटो निकालिन् र साहिँली भाउजूतिर सोझ्याउँदै लखेटिन् । साहिँली भाउजू कसोकसो जोगिएर भाग्दै पूर्व गाविस उपाध्यक्षको घरमा पुगिन् र उपकी श्रीमतीलाई बेलीविस्तार लगाइन् । यो झगडामा दुबै भाउजूहरुका राम्राराम्रा तर्क छन् । साहिँली भाउजूको जग्गाको सीमानाभित्र फर्सी फलेको छ, उनले त्यो फर्सी टिप्न पाउनुपर्ने तर्क पनि बेठीक छैन । मल, पानी, मेहनत सबै गरेर खाने बेलामा अर्काले फर्सी टिप्दा काँइली भाउजूलाइ पनि चित्त बुझ्ने कुरै भएन । उनीमाथि पनि अन्याय नै भएको देखिन्छ । उनले साहिँली भाउजूलाई चोरीको अभियोग लगाए पनि ठीकै हुनेजस्तो देखिन्छ । तर, साहिँली भाउजूले आफ्ना बारीको फर्सी टिप्दा चोरको आरोप सहनु पनि अलि अन्याय नै हुने देखिन्छ । यसरी दुवै पक्षले आफुले गरेको कामलाई ठीक ठान्दाठान्दै पनि समग्रमा स्थिति ठीक देखिएन । भनेपछि कहाँ रह्यो त कमजोरी ?

यो कमजोरी न त फर्सी टिप्ने साहिँली भाउजूको हो, न त काँइली भाउजू को नै । यो झगडाको मूल कारण भनेको स्वामित्वको स्पष्ट नियम नहुनु हो । यदि काँइली भाउजूलाई अर्काको बारीमा फलेको फर्सी अर्काकै हुन्छ भन्ने नियम थाहा भैदिएको भए उनले फर्सीको लहरो आफ्नै बारीमा लगाउँथिन् । किन यो झगडा गर्नु पथ्र्यो र । अर्कोतर्फ यदि फर्सी जसको बारीमा गएर फले पनि जसले रोपेको हो, उसैको हुन्छ भन्ने नियम भैदिएको भए साहिँली भाउजूले त्यो फर्सी टिप्ने थिइनन् । जब नियम कानुनमा स्पष्टता हुँदैन, त्यसले झगडाको वीउको काम गर्छ । जग्गाधनी र मोहीवीचको झगडा, अंशवण्डाको झगडा, लेनदेन व्यावहारको झगडा, धेरैखाले झैझगडाहरु अन्दाजी र अस्ष्टता भएकै कारण जन्मिन्छन् ।

राजनीति पनि फर्सीको लहरोजस्तै

देश र समाज भनेको शत्रु र मित्रले बनेको नभै विभिन्नखाले खेलाडीहरु मिलेर बनेको हुन्छ । जब खेलका नियमहरु स्पष्ट नभैकन खेल खेल्न थालिन्छ, तब हरेक खेलाडीले खेलको नियमलाई आफ्नो अनुकूलले व्याख्या गर्न थाल्छन् र फोहोरी खेलको शुरुवात हुन्छ ।नेपाली राजनीतिलाई पनि काँइली भाउजू र साहिँली भाउजूको झगडासँग दाँजेर हेर्न सकिन्छ । हरेक पार्टीहरुले गर्ने तर्कहरु सबै सही नै देखिन्छन् । उनले अर्को पार्टीलाई लगाउने दोष पनि केहि हदसम्म ठीकै लाग्छन् । हरेक पार्टीका नेताले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने भनी गरेको तर्कमा पनि राम्रै दम देखिन्छ । यी सबै हुँदाहुँदै पनि कहाँ गएर बिगि्रयो त ? पार्टी विधान र अन्तरिम संविधानमा सबै सम्भाव्य परिणामहरुलाई राम्रोसँग नकेलाइकन हचुवामा बनाइएको हुनाले अहिलेको स्थिति आएको हो ।

पार्टीभित्रबाट प्रधानमन्त्रीको नाम छान्ने कुरामा होस् वा सानातिना फरक मतहरुलाई तह लगाउने कुरा होस, आफुले भनेजस्तो भएन भने आफुखुसी गर्ने परिपाटी छ । कतिले पार्टी पनि फुटाउँछन् । विधान स्पष्ट हुने भैदिएको भए सबै कुराको लाइन लाग्थ्यो । केन्द्रीय समितिको बैठकले जुनसुकै कुरालाई पनि विधानसम्मत तरिकाले हल गर्न सक्थे ।अन्तरिम संविधानको पनि यही हालत छ । ६ सय १ को जम्बोले के गर्ने भन्ने कुरा ५ वर्ष हुदा सम्म थाहै पाएन । आमसहमतिमा निर्णय गर्ने भनेको हुन सक्ने कुरै होइन । आम सहमति नभए बहुमत अल्पमत वा जनमतसंग्रह जस्ता कुराहरुतिर अन्तरिम संविधान मौन छ ।

ए बाबा ! मान्छेको जात हो ! नियम कानुनले राम्रोसँग नबाँध्ने हो भने आफूलाई ठूलो भाग परोस् भनेर त जसले पनि खोज्छ नि । त्यसमा पनि सत्ताको कुरामा त झनै धेरै महत्वको हुने भयो । यो अवस्थामा बाबुरामले सत्ता छोडेनन् भनेर उनलाई गाली गर्नु भनेको समग्र स्थितिलाई बुझ्न नसकेर सतही निर्णयतिर लाग्नु हो ।

गोलपोष्ट नै सारेर गोल नगरौं

अब राजनैतिक पार्टीहरुले गोलपोस्ट नै सारेर गोल गर्ने भन्दा पनि खेलका नियमको खाका कोरेर ती नियमलाई राम्रोसँग पालना गरेर राम्रो गोल गर्ने माहौल सिर्जना गर्नेतर्फ राष्ट्रपतिको ध्यान जानु पर्छ । पहिलै स्पष्ट नभएको नियममा फेरि राष्ट्रपति पनि अर्को भगडियाको रुपमा धुर पसेर समस्या घट्दैन, बरु झनै वढ्छ । कामचलाउ सरकारले नै चुनाव गराउने सर्वमान्य पद्दतिलाई राष्ट्रपतिले मान्यता दिनुबाहेक अरु समाधान खोज्ने कुराले झनै स्थिति बिग्रन्छ । किनकि नियमको पालना गराउने कुनै गतिलो आधार छैन । डा. बाबुराम भट्टराईको सरकारमा अरु दलहरुलाई सामेल गराएर चुनाब गराउनु अहिलेको संकटको निकास हुन सक्छ । झगडियाहरुले मागेको कुरा नै न्यायालयले दिँदा न्याय हुन्छ भन्ने छैन ।

36 Comments on “भाउजूको फर्सी र बाबुराम सरकारको विवाद”
  • ध्रुवे wrote on 7 January, 2013, 8:53

    डोलेsorजी को बुद्धि र विवेक पनि डावाँडोले नै रहेछ, किन लेख्ने दुःख गरेको होला , खुरूक्क बाल्वाटर गर हल्वाटार नगरी ?

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 20 Thumb down 52

    [जवाफ फर्काउनुहोस्]

    jesika Reply:

    धुर्बे जी सभ्य ढंगले कमेन्ट गर्न आउँदैन? कि नाम जस्तै काम पनि…??

    Well-loved. Like or Dislike: Thumb up 48 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

    Jeeban Gurung Reply:

    तिमि पनि चितवन को जंगल मा गैर तेही ध्रुबे संग बस !

    Like or Dislike: Thumb up 8 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Dpn Reply:

    Nam pani dhurbe…comment pani dhurbe…Teit …

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Kamal Lamsal wrote on 7 January, 2013, 9:17

    धन्यवाद छ, डा डोलेश्वर भण्डारीलाई, अबुझले पनि बुझ्नसक्ने यस्तो स्पष्ट विचारका लागि। यसले नेपाली राजनीतिक दलका नेताहरुको चित्त त अबश्य बुझाउनसक्दैन, मलाई थाहा छ। तर कांग्रेसका कर्यकर्ताले घेरिनुभएको भए पनि राष्ट्रपति महोदयलाई भने यसले सही मार्गदर्शन गर्नसक्छ, र सकोस भन्ने कामना!

    Well-loved. Like or Dislike: Thumb up 49 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • Krishna Sharan Dhungana wrote on 7 January, 2013, 9:24

    Very good analysis

    Like or Dislike: Thumb up 21 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • khagendra wrote on 7 January, 2013, 9:33

    Ramro udaharan ma pani sahamat 6u tara ahileka sarkar le chunab garaune ho bhane arule walkover diye hun6 ni

    Like or Dislike: Thumb up 9 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • satya wrote on 7 January, 2013, 9:42

    कामचलाउ सरकारले नै चुनाव गराउने सर्वमान्य पद्दतिलाई राष्ट्रपतिले मान्यता दिनुबाहेक अरु समाधान खोज्ने कुराले झनै स्थिति बिग्रन्छ

    Well-loved. Like or Dislike: Thumb up 39 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • shreepramod wrote on 7 January, 2013, 9:47

    manparyo.

    Like or Dislike: Thumb up 10 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • sanu rai wrote on 7 January, 2013, 9:53

    100% Agree Lekhak Tara Rastrapatile nai rajniti garna thalyo loktantra birsi hale// Aba nirbachn adhyades rastrapatile roknu hun6 ki hudaina bhanera adalatle phaisala dinu par6 ra roknu hudaina bhanyo bhane rastrapati biruddha andola garnu parchh yadi roknu hun6 bhanyo bhane Adalat le nai naya bikalpa dinu par6

    Like or Dislike: Thumb up 10 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • ram wrote on 7 January, 2013, 9:56

    मनासिब तर्क |

    Like or Dislike: Thumb up 11 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • himal subedi wrote on 7 January, 2013, 10:17

    sorahai aana thik lagyo yo lekha padda Nepal ko politics herda

    Like or Dislike: Thumb up 10 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

    binod Reply:

    सहि कुरा

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • kale wrote on 7 January, 2013, 10:19

    thikai ho kuro…..

    Like or Dislike: Thumb up 5 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • MANI wrote on 7 January, 2013, 10:38

    very nice kura

    Like or Dislike: Thumb up 7 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • milan wrote on 7 January, 2013, 10:42

    maobadi le chunabai garaudaina vako paisa lutera harulai badera khattam parchha ho kati nabujheko

    Like or Dislike: Thumb up 7 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • gelbu wrote on 7 January, 2013, 10:59

    गोलपोष्ट नै सारेर गोल नगरौं

    अब राजनैतिक पार्टीहरुले गोलपोस्ट नै सारेर गोल गर्ने भन्दा पनि खेलका नियमको खाका कोरेर ती नियमलाई राम्रोसँग पालना गरेर राम्रो गोल गर्ने माहौल सिर्जना गर्नेतर्फ राष्ट्रपतिको ध्यान जानु पर्छ । पहिलै स्पष्ट नभएको नियममा फेरि राष्ट्रपति पनि अर्को भगडियाको रुपमा धुर पसेर समस्या घट्दैन, बरु झनै वढ्छ ।

    Like or Dislike: Thumb up 17 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Dahal Saroj wrote on 7 January, 2013, 12:19

    एकसय प्रतिशत ठीक लाग्यो डोलेश्वरजीको तर्क।

    Like or Dislike: Thumb up 17 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Himal Thapa wrote on 7 January, 2013, 13:08

    नियम कानुनले राम्रोसँग नबाँध्ने हो भने आफूलाई ठूलो भाग परोस् भनेर त जसले पनि खोज्छ नि । त्यसमा पनि सत्ताको कुरामा त झनै धेरै महत्वको हुने भयो । यो अवस्थामा बाबुरामले सत्ता छोडेनन् भनेर उनलाई गाली गर्नु भनेको समग्र स्थितिलाई बुझ्न नसकेर सतही निर्णयतिर लाग्नु हो ।

    Like or Dislike: Thumb up 9 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • bperson wrote on 7 January, 2013, 13:42

    Sarahai bujhne vasha ma lekhnu vayo…yathartha yahi nai ho jasari tapaile lekheko hamile bujheu tyasari niyama kanun banaune ,prayog garne haru le bujne 6an vanne aasha 6a…once again this is a one of the best article in my life and in onlinekhabar ..jaya nepal

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Bijay Panday wrote on 7 January, 2013, 13:42

    Sarahai bujhne vasha ma lekhnu vayo…yathartha yahi nai ho jasari tapaile lekheko hamile bujheu tyasari niyama kanun banaune ,prayog garne haru le bujne 6an vanne aasha 6a…once again this is a one of the best article in my life and in onlinekhabar ..jaya nepal

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Binod Duwadi wrote on 7 January, 2013, 23:41

    Estai lekh ko aabasyakata 6.

    Like or Dislike: Thumb up 3 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Buddhi ram thedi magar wrote on 8 January, 2013, 4:31

    नियमकानुनको कमजोरिकै कारण नेपालामा यो भाको हो|

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • shailesh kc dahal wrote on 8 January, 2013, 5:51

    DUDH KO SACHHI BIRALO BHANDA NI NATIONAL GOVERNMENT HUNU PAR6.

    Like or Dislike: Thumb up 1 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • मनोज wrote on 8 January, 2013, 6:42

    सहि नै हो !

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • bhim kasti wrote on 8 January, 2013, 8:49

    Chor Kura,

    Baburam bata gatilo pad paune Aashale yo bhajan lekheko hunu parchha.

    Like or Dislike: Thumb up 2 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • Prajun Kumar adhikari wrote on 8 January, 2013, 10:11

    यो कुरा १००% ठिक हो यो काम चलाऊ सरकार लाई नै चुनाव गराऊन दिन प्रछ सबै राजनीतिक दल यो सरकार मा जानु पछ यो भन्दा अरू बैधानिक सरकार हुन सक्दैन् बाबु राम भटराई को सम्बिधीन सभाको चुनाव गराऊन प्रछ बरू मन्त्री मण्डल भाग बन्डा मिलाऊने काम हुन प्रछ प्रधान मन्त्री एमाओबादी गृहय कांग्रेस रक्षा एमाले अथॅ फ़ोरम भयो भने मिल्छ २०७० जेस्ठ पहिलो हप्ता मा चुनाव हुन पछॅ

    Like or Dislike: Thumb up 3 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • neerose wrote on 8 January, 2013, 11:36

    सोह्रै आना सहि र सरल लेख! दिमागै नभयको हरूले पनि सहजै बुझ्न सक्ने प्रस्तुति गर्नुभयो डा डोलेश्वोर ज्यु धन्यबाद्! तर, दिमाग नभयको ले यो पढेपछी बुझ्दछन र बुझाउन सकिन्छ पनि तर आदो दिमाग ले घाडो प्रब्रित्तीको जन्म गराई समस्या उब्जाउने प्रब्रित्तीले घेरेको हाम्रो राजनीति नाई सबै भन्दा ठुलो समस्या हो! ती दुई भाउजुहरूले फर्सी खुरुक्क आधा आधा बाढेर आइन्दा यस्तो समस्या भएए यसरी सुल्झाउने भनेर सहमती गरे वा एउटा नियम बनाय त हुन्छ नी तर दुबैलाइ फर्सी सिङै चाहिने, आधा आधाले नहुने यदि गरि हालेमा पनि आफूलाई ठुलो भाग चाहिने वा भेट्नु आफ्नो भागमा चाहिने जस्तो घाडो प्रबितिनै सबै कुरा र सबै समयको बाधक हो!
    होईन रास्ट्रपतीले अर्को प्रम बनाय पनि अर्को ले यस्तै घाडो बनेर अत्तो थापे के गर्ने नी? ल मानौ शुशिललाई प्रम बनायो, अब सबै समस्या सुल्टिन्छ? सबै समाधान हुन्छ्? त्यो कत्तिको आधिकारिक र बिधान सम्मत हुन्छ? आनि शुशिल प्रम भयपछी माओवादी वा एमाले को कुनैपक्ष वा काङ्रेसको कुनै पक्षले अहिले जसरी आफ्नै ब्यक्ति प्रम हुनुपर्ने वा आँफै हुनुपर्ने नभय चुनाव नगर्ने भनेर अत्तो थापे के गर्ने नी?
    तेसैले घाडो बन्ने अत्तो थाप्ने कसैलाई पनि कसैले पनि साथ् दिनु हुदैन!
    अर्को चुनाव भाई नयाँ प्रम नचुनिउन्जेल बाबुराम सबैभन्दा उपयुक्त जायज बिधान सम्मत आधिकारिक र नैतीक हुन यो भन्दा बाहेक बाबुरामलाई बिस्थापित गरि आउने तताम प्रम जे जसरी बनायपनी ती अनाधिकारिक, अनैतिक र बुख्याचा हुन!

    Like or Dislike: Thumb up 4 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Sundar wrote on 8 January, 2013, 12:45

    example rmaro cha tara follow garne manchala pani bugnu parro ..

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Khim Bahadur Pun wrote on 8 January, 2013, 13:57

    Dolesworjee kati paisama bikera yesto lekh lekheko? Dr. ko digri ta abasyai chorekai hunu par6. Padheka praniko budhhi ta yesto nahunu parne ho. Nam, manchhe ra buddhi yekai parako jasto 6.

    Like or Dislike: Thumb up 1 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • khem wrote on 8 January, 2013, 18:27

    mathika jati pani bipakchhe ma comment garne le kasto asavye vayer comment gareko ho. yehi ho harek nepali ko kamjori. kun thau ma kasto sabda prayog hunchha thaha chhaina, netaa dekhi janataa samma ka nepali ko yo kamjori le garda kehi huna nasakeko ho nepal ma. pahile aafu sabvye banau. ani samaj sabvye hunchha. samaaj sabvye vaye desh sabvye hunchha.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Han wrote on 8 January, 2013, 19:41

    16rai Ana thik lekhnu bhayo lekhak ji murkhale dhukur lai dhunga hanera maileta dhunga takera hanekai thiya dhukur bangomabase6 like this

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • kishna gare wrote on 9 January, 2013, 8:25

    a t rammro kura garnu bhayo 6ut kahi ni dekhiyan

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane gorkha, manbu wrote on 9 January, 2013, 16:00

    Lekh thìk ho .kam chalau sarkar le nai chunab garaune sarba manya paddati lai rastrapati le bujnu abasyak 6.

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • PawanKumar Karki wrote on 10 January, 2013, 5:15

    Pratikriya ta sathi haru le nai ramro pathaisaknu bhaya6
    ta pani lekh ramro lagyo. uhi gitma bhane jastai jati maya laya pani jati sapath khaya pani rajnitigyaharu le bato lagda manma pair ta parne nai bhayo yo man tyasai marne nai bhayo hahahahahhhhhhh .

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ramesh kandel wrote on 20 January, 2013, 3:09

    all right view

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु