काठमाडौं । काम छैन भनेर बरालिने र जागिरको लागि चारतिर भौंतारिनेहरु भन्छन्- ‘देशमा काम गर्ने ठाउँ नै छैन, बेरोजगार भइयो ।’ तर, यही समाजमा सानातिना काम गरेर मनग्गे कमाउनेहरु प्रशस्तै छन् । सडकपेटीमा नाङ्लो पसल थाप्ने, चटपटे बेच्ने, ठेलागाडा धकेल्ने, भारी बोक्ने, कपडा धुने र बच्चा स्याहार्ने र साइकलमा तरकारी ओसार्ने जस्ता काम गर्नेहरुको कमाइ सरकारी हाकिमको भन्दा कम छैन ।
‘मेहनत र धैर्य गर्ने हो भने आफ्नै गाउँठाउँमा बसेर मजाले आम्दानी गर्न सकिन्छ ।’ सडकमा ‘साना’ काम गर्नेहरु भन्छन्- ‘सानोतिनो व्यवसाय गर्ने मान्छेलाईर् हेप्ने चलन बदलिनै पर्छ र कामलाई सम्मान गर्ने चलन शुरु गरिनुपर्छ ।’ यस्तै काम र सोचाइ भएका केही जाँगरिला मान्छेहरुलाई हामीले राजधानीमा भेटेका छौं
७५ पैसा पोका दूध बेच्ने मनबहादूर
भोजपुरका मनबहादुर राई ठेलामा दूध राखेर काठमाडौंको चोकचोकमा पुग्नुहुन्छ । ‘मैले काम थाल्दा दूधको भाउ पोकाको ७५ पैसा थियो ।’ ७२ वर्ष उमेर काटेका राईले भन्नुभयो-’हेर्दाहेर्दै भाउ कहाँबाट कहाँ पुग्यो, मचाहिँ जस्ताको तस्तै ।’ दूधको मूल्यजस्तो उहाँको आम्दानी त बढेको छैन । तर, उहाँ आफ्नो कामप्रति सन्तुष्ट हुनुहुन्छ । ‘दिनको ५/६ सय रुपैंया -मासिक १८ हजारसम्म) कमाउँछु ।
पाँच वर्षपछि राजधानीको तापक्रम माइनसमा पुगेपनि यही राजधानीमा बस्ने काभ्रेका रामबहादुर भण्डारीलाई त्यति जाडो लागेको छैन । ‘बिहान उठ्ने काममा निस्कने, रिक्सा तान्ने हिँड्ने, खै मलाई त जाडो बढेको जस्तै लागेको छैन’ चप्पल र पातलो कपडा लगाएर रिक्सामा भारी तानिरहेका भण्डारीले भन्नुभयो-’काम गर्नेलाई केको जाडो ? जाडो त अल्छीलाई मात्रै लाग्छ ।’
जाडोमा पनि काम गरेर नथाक्ने भण्डारीले दिनमा पाँच सयदेखि सातसय रुपैंयासम्म कमाउनुहुन्छ । ‘बिहान उठेर काममा निस्कँदा दाम त मिलिहाल्छ’ उहाँले थप्नुभयो-’त्यसमाथि ट्याम पनि पास, जाडो पनि खलास ।’ माथिका यी उदाहरणीय व्यक्तित्व प्रतिनिधि पात्र मात्रै हुन् । सानोतिनो काम गरेर आफू र परिवारको गुजारा चलाउने मात्रै होइन, जग्गाजमीन जोड्नेहरु पनि हाम्रो समाजमा प्रशस्तै छन् । यस्तो चर्को महंगीमा पनि आफ्नै देशमा काम गरेर पैसा बचाउन सक्ने यी महान् मान्छेबाट तपाई-हामीले पनि पाठ सिक्ने हो कि ?
सर्लाहीका १४ वर्षीय दीपक सुन्दासले आमाले काम गरेको हेर्दाहेर्दै लुगा सिलाउन सिके । अहिले उनी आमालाई सघाउने पक्का ‘दर्जी’ भएका छन् । काम खोज्दै राजधानी पसेको उनको परिवारले यही कल घुमाउन सिक्यो । दिनभरि कल चलाएर जम्मा भएको पैसाले सुन्दासको परिवारको गुजारा चल्छ । कल चलेन भने गुजारा पनि चल्दैन । ‘अहिलेसम्म काम पाइएन भन्न परेको छैन’ सडकपेटीको एकातिर कल राखेर लुगा सिइरहेका दीपकले भने-’दिनमा ५ सयदेखि ७ सय रुपैंयासम्म कमाइ हुन्छ, घरखर्च मजाले चलिरहेको छ ।’
नुवाकोटकी ५६ वर्षीया यी आमैलाई घरगाउँले र आफन्तले ठूलीमाया तामाङ भनेर चिन्छन् । कसैकसैले ठूली पनि भनेर बोलाउँछन् । तर, राजधानी पसेर काम गर्न थालेपछि उहाँको नाम फेरियो । गाउँका आफूजस्तै दौंतरीहरुले बदाम बेचेको देखेर उहाँले पनि त्यही काम थाल्नुभयो । सडकमा डालो राखेर बदाम बेच्दाबेच्दै उहाँलाई धेरैले बदामे आमै भनेर बोलाउन थाले । ‘जे भनेर बोलाए पनि के भो र, मेरो काम बदाम बेच्ने हो’ आमैले भन्नुभयो- ‘जे जानियो, जे थालियो, त्यही काम गर्दैछु ।’ बदाम बेचेर दिनमा ३/४ सय रुपैंयासम्म कमाइ हुने ठूलीमायाले सुनाउनुभयो । तर, उहाँ बदाम मात्र बेच्नुहुन्न । बदाम बेच्न बसेका बेला कपासको बत्ति पनि कात्नुहुन्छ । ‘बुढेसकालमा मलाई किन चाहियो धेरै पैसा ?’ सन्तुष्ट हुँदै आमैले भन्नुभयो-’छोराहरुले कमाइ हाल्छन्, मैले पनि यसो भरथेग गर्ने हो ।’
धादिङका कुमार भण्डारीलाई पढ्न त्यति जाँगर चलेन । काम खोज्दै राजधानी पसे । यताउता केही नसोची तुरुन्तै पाइहाल्ने भारी बोक्ने काममा हात हाले । राजधानीका ठाउँ-ठाउँमा रिक्सामा भारी खेपेर ओहोर-दोहोर गर्नु उनको दैनिकी हो । ‘काम पाइएन भनेर खाली बस्नु पर्दैन’ आफूभन्दा अजंगको भारी खप्ट्याएर रिक्सामा हिँड्दै गरेका उनले भने-’दिनको चार-पाँच सय रुपैंया बचत हुन्छ, खान मजाले पुगिरहेको छ ।’
गोरखाकी शर्मिला थापा दुई वर्षअघिसम्म आफ्नै घरमा गोबरमाटोले लिपपोत गर्नुहुन्थ्यो । तर, अहिले उहाँको अरुको घर र पर्खालमा सिमेन्ट पोत्ने काम गर्नुहुन्छ । काम खोज्दै शहर पस्ने क्रममा उहाँले ज्यामी काम सिक्नुभयो । यही काममा आफूलाई खार्दै लैजानुभयो । ‘जे इलम जान्यो, त्यही त गर्ने हो नि’ राजधानीको सानेपामा सडकवाल बनाउने काममा व्यस्त शर्मिलाले भन्नुभयो-’सन्तुष्ट नै छु, खाली हात बस्न परेको छैन ।’ दिनमा चार पाँचसयदेखि कहिलेकाहीँ हजार रुपैंयासम्म कमाई हुने उहाँले सुनाउनुभयो ।
काभ्रेका पुष्पबहादुर थापाले हाते ट्याक्टर चलाउन थालेको २२ वर्ष भयो । ‘पहिलेदेखि यही काम थालियो, अरुतिर हात हालिएन’ थापाले भन्नुभयो-’हेर्दाहेर्दै दुईदशक नाघिसकेछ ।’ नयाँ घर बनाउन चाहिने बालुवा, सिमेन्ट, इर्ंटालगायतका सामग्री ओसार-पसार गर्न उहाँलाई खोज्दै मान्छेहरु आइपुग्छन् । ललितपुरको पुल्चोक नजिकै अरु सहकर्मीसँगै ट्याक्टर लाइनमा राखेर काम पर्खिरहेका उहाँले भन्नुभयो-’कहिलेकाहीँ त यत्तिकै खाली हुन्छ, तर धेरैजसो काम पाइन्छ । दिनको पाँचसयदेखि कहिलेकाहीँ हजार रुपैंयासम्म कमाइ हुने उहाँले बताउनुभयो । यो हिसाबले थापाको मासिक कमाइ १५ हजारदेखि ३० हजारसम्म हुन्छ ।
‘तर हामीलाई ट्राफिकदेखि बाटो हिँड्नेसम्मले हेप्छन्’ थापाले गुनासो गर्दै भन्नुभयो-’सरकारले हामीलाई कहिल्यै वास्ता गरेन, हाम्रो कामको सम्मान छैन ।’
धेरै नेपाली कामका लागि भारतलगायत विदेशका धेरै ठाउँ पुगेका छन् । तर, भारतबाट नेपाल आएर बिभिन्न पेशा व्यवसाय गर्नेहरुको संख्या पनि धेरै छ । कपाल काट्ने, तरकारी-फलफूल बेच्ने, चटपटे र पानीपुरी बेच्ने जस्ता काममा लागेका भारतीय धेरै छन्-नेपालमा । तिनैमध्येका एक हुनुहुन्छ, मोतिहारीका रामस्वरुप पण्डित । काठमाडौंका सडक-सडकमा पानीपुरी बेच्दै हिँड्ने पण्डितले दिनमा ५ देखि ६ सय रुपैंया कमाउनुहुन्छ । ‘अरुले कमाएको देखेर लोभ गर्नु पनि हुन्न, केही भएन भनेर आत्तिन पनि हुँदैन’ पण्डितले भन्नुभयो-’मेहनत र धैर्य गर्ने हो भने सानोतिनो कामबाट पनि कमाइ गर्न सकिन्छ ।’
काभ्रेकी शान्ता रेग्मीले राजधानी आएर काम थालेको चार महिनामात्रै भयो । ‘पैसा कमाउन भनेर राजधानी आएँ, अरु साथीहरुले देखेर गर्न थालेको राम्रै भैरहेको छ’ शान्ताले भन्नुभयो । शान्ताको रिक्सा घरमा चिया, अण्डा, खाजा धेरै परिकार पाइन्छ । होटलमा भन्दा सस्तोमा पाइने भएकाले खाजा खाने धेरैले यस्तै ठाउँ रोज्छन् । ‘दिनको ५ सयदेखि कहिलेकाहीँ एकहजार रुपैंयासम्म पनि कमाइ हुन्छ’ शान्ताले भन्नुभयो ।
वास्तवमा नेपालमा अवसर नभएको हैन तेसलाई हामीले चिन्न नसकेकोमात्र हो नत्र हामी ईन्डिया कामको लागि जान्छौ फेरी तेही ईण्डियनहरु यहाँ आएर महिनको ३० हजर भन्दा बढी कमाउछन अर्को कुरा हाम्रो देशमा कामको सम्मान गर्ने सन्स्कार छैन काम जस्तोसुकै होस् तेस्ले समाजमा समान महत्तो पाउनु पर्छ हामीले हाम्रो सोचाइ बदल्नुपर्छ !
Well-loved. Like or Dislike:
205
5
[जवाफ फर्काउनुहोस्]
Ramraja Reply: February 9th, 2013 at 6:28 am
yes, it’s sure and i appreciate the article and salute these. but one thing that the writer do not still show the way of business that youth appreciate and implement in their real life.one good suggestion for these writer, kindly search and identify such business that we guys trust and start business.
You writer, do not mind for this suggestion
Like or Dislike:
4
4
[जवाफ फर्काउनुहोस्]
shiva dhital Reply: February 12th, 2013 at 10:58 am
sahi news
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
good job guys and we nepali have to learn from them ..
Well-loved. Like or Dislike:
47
1
[जवाफ फर्काउनुहोस्]
babu ram kharal Reply: January 9th, 2013 at 2:48 pm
good job god bless
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
its really good news…CONGRATES ONLINE KHABAR TEAM & especially THANKS to reporter who wrote this article…for this kind of ture and heart touched story….KEEP IT UP ONLINE KHABAR…..BEST OF LUCK!!! for more GOOD news
Well-loved. Like or Dislike:
31
1
[जवाफ फर्काउनुहोस्]
ma pani aba kera bechne kaam garnu parla jasto cha
Like or Dislike:
22
3
[जवाफ फर्काउनुहोस्]
karma yogi lai salam,
Like or Dislike:
15
0
[जवाफ फर्काउनुहोस्]
good job. god blace the .
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
काम कहिले सानु हुदैन विचार सानु हुन्छ | मान्छेको सोच ठुलो भयो भने कुनै काम सानु हुदैन |
Well-loved. Like or Dislike:
63
0
[जवाफ फर्काउनुहोस्]
सारै राम्रो लेख ।
हामी कामलाई कहिले सम्मान गर्न सक्ने हौला ।
Well-loved. Like or Dislike:
43
0
[जवाफ फर्काउनुहोस्]
SALAM TE MAHAN KARMABIR HARULAI . HAMRA KHATE NETAharule yeniharu bata path sikun.
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
I Like it…. NIce..
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
kam garna keko lajj
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
We have to respect their job and we have to learn from them.
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
एक्दम राम्रो लेख। वास्तवमा हामी नेपालीको प्रगती नबयको नै कामलाई ठुलो र सानो देखेर हो। हामी काम छैन भनेर फगतमा दिन बिताउन्छौ नभय खाडीमा लाग्छउं तर आफ्नै गाउ शहरमा काम गर्ने जमर्को गर्दैनौं। १०-१२ पास गरेको युवा गाउं घरको काम गर्न मन गर्दैन। हाम्रो समाज पनि उस्तै। गाउमा खेतिको लागि दोली बोकेको एस यल सि पास गरेको मान्छेले दोको बोके भनेर खिसी गर्छन्। महिनाको ३-४ हजार तलब पाउने जागिर खोज्छन तर दिनमा ५-७ सय कमाइ हुने आफ्नै गाउ शहरको काम गर्दैनन। त्यो पनि भयन भने खाडी ताक्छन। बिहारको भाईया काठमाडौंमा एऔता थोत्रो साइकल र २ ता तोकारीको भरमा खैनी मोल्दै दिन्को ५-७ सय कमाउन्छन। भन्छन – महिनामा भारु १००००- घर पठाउन नसके यो साइकल यही तुकुचा खोलामा फाल्दिन्छु। मुख्य कुरा काम सानो र ठुलो हुँदैन भन्ने आँफैले सोच्नु पर्यो अनी समाजले पनि काम गर्नेलाई होच्याउने हैन प्रोत्साहन दिनु पर्यो।
Well-loved. Like or Dislike:
50
0
[जवाफ फर्काउनुहोस्]
सकारात्मक संदेश दिनुभएकामा धेरै धेरै धन्यवाद !!!
Well-loved. Like or Dislike:
25
0
[जवाफ फर्काउनुहोस्]
मेहनत र धैर्य गर्ने हो भने आफ्नै गाउँठाउँमा बसेर मजाले आम्दानी गर्न सकिन्छ
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
SBM Reply: January 8th, 2013 at 7:46 pm
yo path ramro lagaiyo.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Bastabma Nepal ma paisa nai paisa ko bot chha tipna matrai jannu parchha
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
maan paryo.
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
I m from Nepal n I have been living in usa pennsilvania since 2012.what I suggest to nepali guys is that there are lots of work in our country Nepal bt young generation only feels that there is no higher jobs, there are bt think that jobs wount be smaller or bigger,see I have graduated from Nepal bt then I m working in entry level jobs like cleaning in hospital, so please work whatever you got the job. I love my country Nepal.
Like or Dislike:
12
0
[जवाफ फर्काउनुहोस्]
Bidesh gayera tyo bhanda gayegujreko kaam garna laaj hudaina nepali lai, Nepal mai chai kehi kaam chhan bhanna chahi laaj lagdaina
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Encouraging news. Positive news gives positive message. Let us be positive, think positive, publish positive news.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
खोजमूलक सामाग्री, धन्यबाद।
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
ma pani benta ra kera bechnu parla hoo..
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
mathi savhar gariye ko kam pratinidi patra matra hun
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
dherai ramroo news…this is wot i call news…this is definitely gonna inspire people to do something instread of just sitting and blaming govt and others for not getting a proper job….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
सहि तरिकाले जिन्दकी चलाउनेको लागि साधारण कमायेर पनि काफि छ|
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
very good article, critical analysis,,,,gr8,,,,i like it
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
यस्तै डकरमीले र पलमवरले कामले पिन हासीको २5-30 हजार कमाई छ नेपालमा । यो छुटेछ लेखमा । यस्तै झोलामा पानराग चकलेट यस्तै सामान राखेर पसल पसलमा पुर्याउने कामले पनी सरकारी जागीर मास्टरको भन्दा धेरै कमाउँछन् ।
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
DHARAI RAMRO KAAM.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
HO ra ni ……..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Ho ta ni ………
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
All The Best|:|)
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
सारै राम्रो लेख, हे विदेश मा गएर कम गर्दै रहनु वाक नेपाली दाजु भै, दिदि बहिनि तपाई हरु बिदेशी हरु को नोकर हुनु भन्दा देस मा आएर येस्तई कम गर्नुस ….. तपाई हरु सधै आदर का पात्र हुनु हुने छ……. .
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
nepali haruma kamko samman bhaneko thaha nae 6aen aru desh ma jsle kam gar6 usko ejjat hun6 hamro samaj ma padheko le sano tino kam garda arkae dristi le her6n kam ko herne dristi saman bhaye matra desh ma parivartan garna sakin6 haena bhane nepali haru sadhae aruko desh ko gulam hunu par6 aphno desh ma dhaleko sinka nauthaune bides gae j pani garne ani tyehi byekti bhan6 desma absar nae 6en kam ko samman garau
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
काम कहिले सानु हुदैन विचार सानु हुन्छ | मान्छेको सोच ठुलो भयो भने कुनै काम सानु हुदैन |
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
esto kaam ko barema sabailai thaha chha…but we have society around us…ramro society ma janmeko manchhelai yo kaam ali odd pani lagna sakchha ra mehenat garera garyo vane jun kaam le pani ramro amdani garchha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
पौरखी हातहरु कहिल्यै थाक्दैनन् र त समाज वन्छ र मालिकहरुको चुलो वल्छ । पौरखी हातहरुलाई सलाम र सलाम अनलाईन खवरलाई जनताको समाचार सम्प्रसण गरेकोमा ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
काम जस्तो सुकै होस काम गरेर खानु आफैमा महानता हो ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
thanks for your positive suggestion.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Manis haru paisa kamauna lakhau rin garera bides janchan ani tyo rin tirna 6 mahina kam garchan tyo bhanda tehi paisa nepal ma nai lagani gareko bhaye ???? I appreciate the writer… pls keep it up n flow the msg to everyone.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
विदेशिन खोज्ने नेपालिले यस वाट पाठ सिकी केही गर्न थाल्नेकी …..
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
Nepal ma ta sano kam garyo bhane ejjat nai jaje darle kothama basi basi hero baner khane haru pani paenchha. aama baule banayako gharma wife ko kamae khane haru pani paenchha. bichari wife sana naniharu bohkai hune darle aarkako gharma bhada majhi, luga fata dhoe dhoe lyayako kamaema jad raksi khae feri wife lai kutne haru pani paenchha. yati matra kaha ho r aama baule jain tenle kamae gari budhes kalko lagi bhaner rakheko chha bhane yo budha budhi kahile marchha r aafule moj masti garchhu bhaner basneko pani kami chhaena. Amerika ma kam garneharule yastae media bata time time kam ko kadar bare lekhi dinu bhayo bhane sayad sudhriyala ki.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
good job
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kamal theeng Reply: March 25th, 2013 at 1:34 pm
malai sarai khusi lagyo yo news padna pauda. ra pheri2 aasa garda6u ki yesta kisim ka news haru padna paiyos, suvakamana onlinekhabar lai dherai-dherai.sachi nai mero pani sahamati chha ki kam garne le sano thulo bhandaina uslai ta bas kam garnu chha vanne thaha hunchha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
DHERAI RAMRO LEKH HAMRA JIWAN KA TITO SATYA HARU YESTAI YESTAI BATA SURU BHAYAKO HUNU PAR6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
When I read this report, i became very glad.Its true that our country is full of opprrtunityt. we need positive thinking,patience and respect to all job.Here are enough money
but plese seek differently.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
मैले सोचेको नया नेपाल पनि यस्तै हो …. सबैले आफुले सकेको र जानेको काम गर्ने ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
धेरै राम्रो काम
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
काम सानो ठूलो हुदैन नेपालमा 2-4 हजार को जािगर खाने चाहि रोजगार अथवा सरकारी जागिर मात्र रोजगार अरु चाहि बेरोजगार भन्ने सोच छ । सरकार पनि काममा हौसला बढाउने भन्दा गरिवको परिचय पत्र पो वाड्दै हिडछ । जागिरेको हैन कामदार र कामको सम्मान गर्न सिक्ने हो भो न देशमा वेरोज गार रहन्छ । देशमा नेै कमा गरौ अनि न आफ्नै देश वन्छ ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
युवा शक्तिको पसिनाले देश भिज्यो भने देश बन्न कुनै समय लाग्दैन । चन्दा उठाउन र असुली गर्न हैन मिहेनत गर्न सिकाउनु पर्यो नेताहरुले युवालाई ।
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
i will comeback nepal very soon i have to do something in my country.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
thanks for research. it helps to un employed nepalese people.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
nepali haru ali bides ko mukh takne khal ka hun6n so yasari nai afno bebasaya suru gare afno jiban istar ukasna ra des
bikas hun6
i produf them
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
It is really good news for all who believe own work and likes any work which gives survive for life. I like that [people who believe them work. Work is not bad because all works good just u satisfy our work.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Really good news . I like it.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
khai aru lai k bhannu sathi haru.Sochau na hamile nai garidaina yeha lekhera matra k garnu?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
ho, sachaii kam ko man hunu par6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
karmanne wadhka raste, mafale su kadaxhana
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
syabbas online khabar…. sarai chitta bujhyo !!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yo ho k tarika.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
साच्चिक्कै येा लेखले हामि सबैकेा मनमा उर्जा थप्ने काम गरेकेा छ । लेख प्रशसा गर्न लायक छ ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Yest ramro kaam garne aafno desh ko maya grnelai Dherai Dherai saalaaaaam chha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Good work and tips for us
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अरुलाई भन्ने हैन पहिला आफुले कामको सम्मान गर्न जानेका छौ कि छैन जाँचेर हेरौं ? सबैले कामको सम्मान गर्न सिकौं ! कसैले पनि काम छैन भनेर हात पोको पारेर नबसौं !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]