‘भ्रष्टाचार’ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

‘भ्रष्टाचार’

खै किन गर्छन मान्छेहरु धेरै कुरा

राम्रा कुरा, नराम्रा कुरा

हुने कुरा, नहुने कुरा

खाँटी कुरा, लोलेपोते कुरा

ज्ञानका कुरा, अज्ञानका कुरा ।

अरु विभिन्न कुरा पनि गर्छन मान्छेहरु

उपयोगी कुरा, अनुपयोगी कुरा

सिधा कुरा, बांगाटिंगा कुरा

अनाडी कुरा, अनादि कुरा

अनादरी कुरा, अनि अनाचारी कुरा ।

खै किन बन्छन मान्छेहरु थरी थरी

कोहि अशल बन्छन, कोहि खराब

कोहि भरका बन्छन, कोहि बेभरका

कोहि हक्की बन्छन, कोहि पेन्डुलम

कोहि बिबेकी बन्छन, कोहि अविवेकी ।

अरु विभिन्न थरीका पनि बन्छन मान्छेहरु

शिष्ट-अशोक बन्छन, बिन्दास-अशिष्ट बन्छन

इमानी-जमानी बन्छन , बेइमानी-घाती बन्छन

शहिद जस्ता बन्छन, मतियार-लेन्डुप जस्ता बन्छन

सुद्ध-शिव पनि बन्छन, अशिव-भ्रष्ट पनि बन्छन ।

खै किन थाल्छन मान्छेहरु

कसैले जुटाउन थाल्छन कसैले टुटाउन थाल्छन

कसैले बनाउन थाल्छन, कसैले भत्काउन थाल्छन

कसैले रंग देख्न थाल्छन, कसैले रंग सोध्न थाल्छन

कसैले गर्नहुने कुरा गर्न थाल्छन, कसैले गर्न नहुने कुरा गर्न थाल्छन।

अरु विभिन्न किसिमका क्रियाकलाप पनि गर्न थाल्छन मान्छेहरु

एकथरिले सुद्ध आचरणका क्रियाकलाप गर्छन, अर्काथरीले भ्रस्ट आचरणका

एकथरीले मानो खाने क्रियाकलाप गर्छन, अर्काथरीले सीनो खाने किसिमका

एकथरीले शीर उठाउने क्रियाकलाप गर्छन, अर्काथरीले शीर झुकाउने किसिमका

एकथरीले बंश जोगाउने क्रियाकलाप गर्छन, अर्काथरीले बंश मास्ने किसिमका

अनि, मरे पछि स्वर्ग जाने, र जिउँदै नर्क जाने किसिमका क्रियाकलापहरु गर्छन मान्छेहरु।

गौतम ‘उदय’
हवाई, अमेरिका

2 Comments on “‘भ्रष्टाचार’”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु