श्रृखलावद्ध बम विस्फोटमा १ सय बढीको मृत्यु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

श्रृखलावद्ध बम विस्फोटमा १ सय बढीको मृत्यु

२७ पुस, काठमाडौं । पाकिस्तानमा भएको श्रृखलावद्ध बम विस्फोटमा कम्तिमा १ सयभन्दा बढीको मृत्यु भएको छ । सय ६० भन्दा बढी घाइते भएका छन् ।

दक्षिण पश्चिम प्रान्त बलूचिस्तानको राजधानी क्वोटास्थित स्नूकर क्लबमा भएको विस्फोटमा सबै भन्दा धेरैको मृत्यु भएको छ । पहिलो विस्फोटपछि उद्धारकर्मी, प्रहरी, पत्रकार र मानिसहरु जम्मा भएका बेला अर्को विस्फोट भएकाले धेरैको ज्यान गएको अधिकारीहरुले बताएका छन् । मारिनेमा अधिकांश शिया समूदायका छन् भने ५ उद्धारकर्मी, ५ प्रहरी र ३ पत्रकारको पनि विस्फोटमा ज्यान गएको छ ।

प्रहरीका अनुसार पहिलो विस्फोट आत्मघाती थियो भने दोस्रो एक कारमा भएको थियो । विस्फोटको सुन्नी चरमपन्थी लश्कर–ए–झागवीले जिएको छ ।

त्यसअघि बजारमा भएको विस्फोटमा ११ को मृत्यु भएको थियो भने २७ घाइते भएका छन् । कबायली इलाका स्वात घाटीमा भएको विस्फोटमा २० भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

One Comment on “श्रृखलावद्ध बम विस्फोटमा १ सय बढीको मृत्यु”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु